कीवर्डहरू -

ग्याजेट्स

सामसङ ग्यालेक्सी एस२३ सिरिज नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

सामसङ्गले बहुप्रतिक्षित आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस २३ लाई सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ अल्ट्रा सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, लोकप्रिय नायक अनमोल के.सी. र मिस नेपाल २०२२ सुश्री प्रियँका रानी जोशीद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको छ ।

समारोहमा आमन्त्रीत अतिथिहरुले सामसङ्गको नवीनतम उत्पादनको बारेमा जानकारी लिन व्यग्रता प्रदर्शन गरेका थिए ।

सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एस २३ सिरिजमा अल्टिमेट प्रिमियम स्मार्टफोन भएको बताए ।

ग्यालेक्सी एस २३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन् ।

ग्यालेक्सी एस २३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले ग्राहकहरुलाई कुनै पनि लाइतिंगमा फोटोहरु र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ, फ्युचर-रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ ।

यो एको फ्रेन्ड्ली डिभाइस हो जसको निर्माणमा पहिलेको भन्दा दुई गुणा बढि चभअथअभिम  गरिएका सामग्रीहरु प्रयोग भएको छ ।

क्यामेरा
सामसङ्ग ग्यालेक्सीको अत्यन्त उत्कृष्ट क्यामराले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता जस्तैः ट्रान्सफरमेटिभ एआइको साथमा वास्तवमै सिनेम्याटिक नाइतोग्राफि भिडियोहरु खिच्ने कलालाई प्रदर्शन गर्ने व्यापक स्वतन्त्रता प्रदान गर्दछ ।

सामसङ्ग ग्यालेक्सीमा- पहिला, ग्यालेक्सी एस२३ अल्ट्रामा व्यापक अपग्रेड गरिएको एडप्टिभ पिक्सल २०० मिलियन पिक्सल सेन्सर छ, जसले अतुलनीय प्रिसिजनका साथ एपिक क्षणहरुलाई क्याप्चर गरिदिन्छ । यसले एकैपटकमा उच्चतम रिजोलुसनका धेरै स्तरहरुलाई साथ दिन पिक्सल बिनिङ्ग प्रयोग गर्दछ ।

हिजोआज हामीले आफूलाई कसरी प्रस्तुत गर्छौं भन्न सेल्फी क्यामराको महत्व ज्यादा भएकोले ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ ले छिटो अतो फोकस हुने र पहिलो ग्यालेक्सी सुपर एचडिआर सेल्फी क्यामरा प्रस्तुत गरेको छ, जुन ३० एफपिएसबाट एकैपटक ६०एफपिएसमा पुगेको छ, जसले तीक्ष्ण रुपमा फ्रन्ट फेसिङ फोटोहरु र भिडियोहरु खिच्न सहज बनाउँछ ।

ग्यालेक्सी एस२३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाइदिन्छ । सबै प्लेटफर्महरुमा कुविक सेरेका साथ उच्च रिजोलुसनका फोटोहरु आदानप्रदान गर्ने सुविधा भने छ ।

प्रोसेसर

ग्यालेक्सी एस२३ सिरिजका कुनै पनि डिभाइसमा अधिक शक्तिशाली चिपसेट जडान गरिएको छ । क्वालकोमसंगको नजिकको सहकार्यका साथ यसले ग्यालेक्सीको लागि स्न्यापड्रागन® ८ जेन २ मोबाइल प्ल्यात्फोर्ममा प्रदान गरेको छ, जसले फ्युचर-रेडीे मोबाइल गेमिङ्ग अनुभव र शक्तिशाली दिगो गेम प्ले उपलब्ध गराउँछ । साथै जिपियुले रे ट्रेसिङ्ग मोड्युललाई सक्षम बनाउँछ, जसले पिसिमा जस्तै वास्तविक गेमिङ्ग अनुभव दिन्छ ।

डिस्प्ले

ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ ९भहउबलकष्खभ० डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमा उत्कृष्ट र उज्यालोे भिजुअल अनुभव दिन्छ । ग्यालेक्सीमा भएको युनिक इन्हान्सद कम्फोर्टले तपाईंलाई मधुरो प्रकाशमा तपाईंको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकी ग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरु आँखामा तनाव कम गर्ने गरी डिजाइन गरिएका छन् ।

उत्कृष्ट दृश्यावलोकनका लागि ग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दा उज्यालो छ । यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ । भिजन बूस्टरले उज्यालोपना र रङ्ग समायोजनका साथ वातावरणको प्रकाशलाई अनुकूल बनाउँने कम्पनीको दावी छ ।

डिजाइन र टिकाऊ

एस २३ सिरिजका नयाँ स्त्यन्डर्ड सेटिङ आविष्कारहरु एक आकर्षक डिजाइनका साथ तयार पारिएका छन्, जसमा कुनै पनि ग्यालेक्सी स्मार्टफोनको अझ पुनः प्रशोधित पदार्थहरुका साथ सामसङ्गको दिगो प्रतिबद्धता झल्किन्छ ।

एस २३ सिरिज युएल इकोलागो प्रमाणित छन्, जसले उत्पादित सामान वातावरणीय असर कम पार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ ।

एकपटक मात्र प्रयोग हुने प्लाष्टिकहरु हटाउन ग्यालेक्सी एस२३ सिरिजले एक दिगो स्रोतको रुपमा रहेको १०० प्रतिशत पुनः प्रशोधित कागजबाट पुन निर्मित बक्समा प्रयोग गरिएको छ ।

ब्याट्री
ग्यालेक्सी एस २३ मा दिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री छ । ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ प्लसमा स्लिक डिजाइनलाई यथावतै राख्दै अब २०० एम ए एच द्वारा वृद्धि गरिएको ठूलो ब्याट्री रहेको छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा ५००० एम ए एच ब्याट्रीको शक्ति छ, जसबाट स्ट्रिम, गेम, स्क्रोल, फिल्म हेर्न र विविध कार्य सजिलैसंग हुन्छ ।

तपाईंले वेबसाइट मा गएर वा नजिकैको सामसङ्ग शोरुमहरुमा फोनको प्री-अर्डर गर्न सकिने छ । प्री-अर्डर फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र गर्न सकिने छ । फोन प्रि अर्डर गर्दा विभिन्न आकर्षक उपहार पाइने सामसङले जनाएको छ ।

ग्यालेक्सी एस २३ अल्ट्रा (१२+५१२ जिबि) को मूल्य २ लाख ९ हजार ९९९, ग्यालेक्सी एस २३ अल्ट्रा (१२+२५६ जिबी) को मूल्य १९१ हजार ९९९, ग्यालेक्सी एस २३ प्लस (८+२५६ जिबी) को मूल्य १ लाख ५१ हजार ९९९, ग्यालेक्सी एस २३ बेस (८+२५६ जिबी) को मूल्य १ लाख २७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

एस २३ सिरिज शुन्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ने.रु.६४००/ बाट सुरु भइ उपलब्ध छ । सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ भने सामसङ्ग फोनहरु अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई उनीहरुको मोबाइलको लागि बढीमा रु.८०००/सम्मको लाभ प्रदान गर्ने गरी साट्ने अवसर पनि दिएको छ ।

ग्यालेक्सी एस२३ स्मार्टफोनले विश्वसनीय प्रिमियम स्मार्टफोनहरुको बारेमा चर्चा चल्दा यसको स्थरजथ बढाउँदै स्मार्टफोनले के सम्म गर्न सक्छ भनेर नयाँ स्ट्यान्डर्र्ड स्थापित गरेको छ ।

ग्याजेट्स

२०० मेगापिक्सेलको क्यामेरा सहित सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक 

सामसङले ग्यालेक्सी एस २३ सार्वजनिक गरेको छ । फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ …

अमेरिकामा नथिङ २ स्मार्टफोन सार्वजनिक हुँदै

नथिङले अमेरिकामा नथिङ २ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले आफ्नो …

आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध हुने

एप्पलले आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध गराउने भएको छ । वाइफ…

सामसङका फ्ल्यागशिप फोनहरू पुनः नेपाली बजारमा

सामसङको सम्पूर्ण सेगमेन्टहरुको फोन ल्याउने योजना बनाएको छ । यसका लागि सामसङले नेप…

भिभोको वाई ०२ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनि…

आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्दै वानप्लस

वानप्लसले आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्ने भएको छ । आगामी महिना वानप्लस ट्याबलेट…

६००० एमएएच ब्याट्री भएको अनर एक्स ७ ए चाँडैनै नेपाली बजारमा सार्वजनिक हुने

सेल्ट्रन नेपालले अर्को पनि मिडरेन्ज स्मार्टफोन, अनर एक्स ७ ए बजार मा ल्याउने तयारी गर्…

कति होला आईफोन १५ को मूल्य ?

आइफोन १५ को मूल्य लिक (बाहिरिएको) भएको छ । फोर्ब्सको रिपोर्ट अनुसार आइफोन १५ र आइ…

म्याकबुक प्रो र म्याक मिनी सार्वजनिक, के के छन् सुविधा ?

एप्पलको एम टू प्रो र एमटू म्याक्स चिप भएको म्याकबुक प्रो र म्याक मिनी सार्वजनिक भएको …

आइसोसेल एचपिटू इमेज सेन्सरका साथ गयालेक्सी एस २३ सिरिज सार्वजनिक हुने

फेब्रुअरी १ मा सार्वजनिक हुने ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसमा आइसोसेल एचपिटू इमेज …

१४ र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक हुँदै

एप्पलले भोलि अर्थात फेब्रुअरी १८ मा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने …

एक वर्षको वारेन्टीसहित मोटिभ सिक्स एस स्मार्टवाच नेपालमा, कति छ मूल्य ?

नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हाँसिल गर्न सफल …

२०० मेगापिक्सेल क्यामेरा भएकाे स्मार्टफाेन सार्वजनिक गर्दै सामसङ

फेब्रुअरी १ मा सार्वजनिक हुने ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसको इमेज लिक भएको छ । डच…

रिभरसङ मोटिभ सिक्सएक्स स्मार्टवाच नेपाली बजारमा

रिभरसङ मोटिभ सिक्सएक्स स्मार्टवाच नेपाली बजारमा सार्वजनिक भएको छ । यसमा कस्टोमाइज ग…

टचस्क्रीन भएको म्याकबुक प्रो बनाउँदै एप्पल

एप्पलले टचस्क्रीन भएको म्याकबुक प्रो विकास गर्ने भएको छ । सन् २०२५ मा सार्वजनिक गर्ने …