कीवर्डहरू -

ग्याजेट्स

नार्जो ५० आइ प्राइम नेपालमा, के के छन् सुविधा ?

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा अर्को एउटा सिरिज थपेको छ । कम्पनीले रियलमी नार्जो ५० आइ प्राइम थप गरेको हो ।

नयाँ स्मार्टफोनले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको भनाई छ ।

यसको पावरफुल युनिसक टी ६१२ प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्ने तथा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधिहरु प्रयोग गर्न तत्पर रहेको जानकारी गराएको छ । रियलमी नार्जो ५० आइ प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको कम्पनीको विश्वास छ ।

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आइ प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मुल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दावी गरेको छ ।

८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ ।

यसमा भएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ । सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपीको एआइ क्यामरा राखिएको छ ।

त्यस्तै यसमा रहेको ५००० एमएएचको शक्तिशाली ब्याट्री स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, ३ जिबी र्‍याम र ३२ जिबी रोम भएको सेटको मुल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ भने ४ जिबि र्‍याम र ६४ जिबी रोम भएको सेटको मुल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ ।

ग्याजेट्स

दराज ११ः११ मा अनरको अफर, मोबाइल खरिदमा एयरबड निःशुल्क पाइने

दराज ११ः११ मा अनरको आकर्षक अफर

लाभाको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक, कति छ मूल्य ? 

भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा भारतमा सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेक…

रियलमी सी थर्टी एस नेपाली बजारमा, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३० एस सार्वजनिक गरे…

वर्ल्डकपलाई लक्षित गर्दै एलजीले ल्यायो यूक्यू सिरिजको टेलिभिजन

एलजीले वर्ल्ड कपलाई लक्षित गरी यूक्यू सिरिजको टेलिभिजन नेपाली बजारमा ल्याएको छ । स…

अब आइफोनमा पनि यूएसबीसी पोर्ट उपलब्ध हुने

एप्पलले आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध गराउने भएको छ । गत महिना यूरोपियन…

बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा सार्वजनिक हुने

इम्याजिन मार्केटिङ लिमिटेडले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै ने…

तपाईको निजी डेटालाई सुरक्षित गर्नका निम्ति सामसंगको मेन्टेनेन्स मोड सार्वजनिक

सामसंगको मेन्टेनेन्स मोडले फोन मर्मत गर्ने समयमा तपाईको निजी डेटालाई सुरक्षित गर्ने…

उत्कृष्ट क्यामेराका साथ भिभो भी २५ सिरिज सार्वजनिक

स्मार्ट फोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर ग…

महंगा मोबाइल फोन आयातमा लागेको प्रतिबन्ध कायमै, अब मंसिर २९ गतेसम्म आयात नहुने

सरकारले ३०० डलरमाथिका फोनमा प्रतिबन्ध कायमै राखेको छ । यसअघि असोज २८ गतेसम्म रहे…

चाडपर्वमा साओमीका मोबाइल खरिद गर्दा ३ हजारसम्म छुट

साओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय र…

विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको एसरको दावी, कति छ तौल ? 

एसरले विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको छ । एसरले स्विप्ट एज ल्यापटप अम…

पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो सार्वजनिक, कति पर्छ मूल्य ? 

पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो स्मार्टफोन सार्वजनिक भएका छन् । बिहीबार आयोजना भए…

गूगलको पहिलो स्मार्टवाच सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

गूगलले आफ्नो पहिलो स्मार्टवाच ‘पिक्सेल वाच’ सार्वजनिक गरेको छ । हार्डवेयर इभेन्टमा ग…

नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ रियलमीको सी३३ फोन सार्वजनिक

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल से…

स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल, कस्तो छ मूल्य ?

साओमी नेपालले साओमी स्मार्ट एयर फ्रायरसँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ …