कीवर्डहरू -

ग्याजेट्स

१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रो नेपाली बजारमा

साओमीले आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो ।

साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाज्युले नयाँ-नयाँ प्रविधि र नयाँ-नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको बताए ।

साओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने जनाइएको छ । यसले एटके सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन्, जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो ।

नेपालमा साओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ, जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।

साओमी १२ प्रोमा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । यो १२ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज रहेको छ ।

फोनमा एट जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो र ५० मेगापिक्सेलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ ।

तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ, जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ ।

सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा-क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ ।

साओमी १२ प्रो बैजनी र नीलो रङमा उपलब्ध छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको साओमी १२ प्रोको मूल्य १ लाख १४ हजार ९९९ रूपैयाँ रहेको छ । साओमी १२ प्रो मी स्टोर र रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।


ग्याजेट्स

वानप्लस टेन प्रो फाइभजीको बुकिङ खुला, बुकिङ गर्नेलाई गिफ्ट र १० हजारको सुविधा

वानप्लस १० प्रो फाइभजी स्मार्टफोनको अग्रिम बुकिङ नेपालमा खुल्ला भएको छ । चैत १ट गते…

ओपो ए ७६ स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए ७६ सार्वजनिक गरेको छ । ओ…

८ महिनामा ३ अर्ब बढीका राउटर आयात 

नेपालमा ८ महिनामा ३ अर्ब बढीको राउटर आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार…

सामसङको नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक

सामसङले आफ्नो नयाँ स्मार्टफोन ए ५३ फाइभ जी सार्वजनिक गरेको छ । यसले एआई सपोर्ट दिन…

रियलमी ९ प्रो प्लस फाइभजी नेपाली बजारमा आउँदै, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो प्लस फाइभजी ने…

४ जीबी र्यामसहित आईफोन एसई थ्री सार्वजनिक हुने

एप्पलको पछिल्लो आईफोन एसई थ्री सार्वजनिक हुने भएको छ । आईफोन एसई थ्री पनि सन् २०२० …

९ मिनेटमै स्मार्टफोनलाई फूल चार्ज गर्न सक्ने आप्पोको चार्जर

ओप्पोले ९ मिनेटमा चार्ज गर्न सक्ने स्मार्टफोन चार्जरको डेमो दिएको छ ।

बोटका उत्पादन नेपालमा

इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको संस्था टेलिटक प्राइभेट लिमिट…

प्रिमियम फ्लागशिप रियलमी जिटी २ सिरिज सार्वजनिक गर्दै रियलमी

रियलमीले मोवाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी जिटी २ सिरिज सार्वजनिक गर्ने घोषणा ग…

सामसङको ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ सार्वजनिक, यस्तो छ मूल्य

सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बज…

सामसुङ एस २२ पहिलो दिनमा नै ५० पिस भन्दा बढी बुकिङ

भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २…

राम्रो ब्याट्री लाइफको फिचरसहित आईफोन १४ उपलब्ध हुने

एप्पलले आईफोन १४ मा राम्रो ब्याट्री लाइफको फिचर राखिने भएको छ । आइफोनमा प्रयोग हुन…

नेपालमा सामसङको ‘एस२२’ सिरिज सार्वजनिक, कति पर्छ मूल्य अनि कस्ता छन् फिचर ?

सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्…

रियलमी ९ आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन न…

आइफोन १४ को डिजाइन लिक, आइफोन १४ प्रो र प्रो म्याक्समा ८ जिबी र्‍याम हुने

एप्पलको आइफोन १४ को डिजाइन लिक भएको छ । एप्पलको सही लिक दिने साईट ईलेकको अनुसार…