ग्याजेट्स
२७ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने स्मार्टफोन रियलमी नाइन प्रो फाइभजी नेपालमा, कति छ मूल्य ?
रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभजी नेपालमा सार्वजनिक गरेको छ ।
उत्कृष्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको युआई भर्जन ३.० रहेको छ ।
यसमा फाइभजी प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्रयागन ६९५ फाइभजी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ ।
क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा रहेको छ । १६ मेगापिक्सेलको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।
५००० एमएएचको शक्तिशाली ब्याट्रि भएको यो रियलमी नाइन प्रो फाइभजी स्ट्यान्ड-बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
अरोरा ग्रिन र सनराइज ब्लु रंगमा उपलब्ध रहेको छ । ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यस फोनको मुल्य ३८ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
ग्याजेट्स
के सामसङ ग्यालेक्सी जेड फोल्ड ४ ले जीपीएस सपोर्ट गर्छ ?
महिनौँ देखि विभिन्न जानकारी हुँदै लिक हुँदै गएपछि हालैमा सामसंगले अनप्याक्ड ईभेन्…
स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको साओमीको दोस्रो फोल्डेबल फोन सार्वजनिक
साओमीको दोस्रो फोल्डेबल फोन ट्याबलेट मोडमा राख्दा ५.४ मिलिमिटरको मात्रै हुने गर्दछ …
सामसङको अनप्याक्ड ईभेन्टमा के के भए सार्वजनिक ?
सामसंगले बुधबार अनप्याक्ड ईभेन्ट आयोजना गरेको थियो । यस ईभेमा कम्पनीले नयाँ फोल्डे…
रियलमी नार्जो सिरिजको नयाँ फोन नेपालमा, ३९ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्ने
रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल-अराउन्डर स्मार्टफोन- रियलमी नार्…
२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक
मोटोरोलाले विश्वकै पहिलो २०० एमपी क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । फोन…
सामसंगको पहिलो फोल्डेबल ट्याबलेट सार्वजनिक हुँदै
सामसंगको पहिलो फोल्डेबल ट्याबलेट आगामी ६ महिना भित्र सार्वजनिक हुने भएको छ । कम्पन…
मल्टिसिसले नेपालमा सार्वजनिक गर्यो ग्राण्डस्ट्रिमका तीन नयाँ प्रडक्ट
अमेरिकी कम्पनी ग्राण्डस्ट्रिम नेटवर्किङका …
भन्सार छलीका १२ थान मोबाइलसहित एक भारतीय पक्राउ
भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित एक जना पक्राउ परेका छन् । …
हिताचीका चार उत्पादन नेपाली बजारमा
हिताचीका चारवटा उत्पादन नेपाली बजारमा उपलब्ध भएका छन् । हिताची माइक्रोवेभ ओभनका ४…
एन्ट्री लेभलको स्मार्टफोन रियलमी सी ३१ नेपालमा, कति छ मूल्य ?
रियलमीले नेपालमा एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । ६.५२ इन्च…
जेड फ्लिप ४ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ
सामसङले आफ्नो केही समयपछि नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ…
साओमीको रेड्मी १० ए स्मार्टफोन नेपालमा, कति छ मूल्य ?
साओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ। सस्तो मूल्यमा रेड्मी १० सिरिज…
रेड्मी बड्स ३ लाइट अब नेपालमा
साओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । साओमीले रेड्मी बडस् ३…