ग्याजेट्स
रियलमीका २ इयरबड्स नेपालमा उपलब्ध, के के छन् सुविधा ?
शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई इयरब नेपाली बजारमा ल्याएको छ । आकर्षक डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स गर्न सकिने कम्पनीको दाबी छ ।
संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त रहेको रियलमीले जनाएको छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ । ३० डिबीको ए.एन.सी (एक्टिभ नोइज क्यान्सिलेसन) सहितको सो बडमा आफूलाई मनपर्ने गीतहरु आरामसँग सुन्न सकिनेछ ।
रियलमीको यो टि ३०० इयरबड ४६० एम.ए.एचको ब्याट्री र चार्जिङ केसका साथ आउँदछ । ४० घण्टाको ब्याट्री लाइफ भएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ ।
रियलमी टि ३०० ५० एम.एसको अल्ट्रा–लो ल्याटेन्सीका साथ उपलब्ध छ जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिविटी प्रदान गर्दछ । ३६०–डिग्री स्पेसल अडियो इफेक्टले थ्रि–डी साउन्डको अनुभव दिने कम्पनीको भनाइ छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी बड्स टि ३०० र रियलमी बड्स टि १०० बाट उत्कृष्ट अडियोको अनुभव पाउन सकिने बताए ।
४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्ला भएपनि प्रस्टसँग आवाज सुन्न सकिन्छ । रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ । रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ ।
ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध रियलमी बड टि ३०० को मूल्य रु. ५४९९ रहेको छ ।
यसैगरी कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ । यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको र जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिने कम्पनीको भनाइ छ ।
ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा ए.आइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको जनाइएको छ । स्टाइलिश कालो रंगमा उपलब्ध रियलमी बड टि १०० को मूल्य रु.३९९९ रहेको छ ।
ग्याजेट्स
यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !
तपाईले अहिलेसम्म कति मूल्यसम्मका फोनहरु देख्नु भएको छ वा बोक्नु भएको छ ? सायद धेरैको उत्तर हुन सक्छ ३-४ लाख रूपैयाँ ।
<…आफ्नो ग्यालेक्सी फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? यी तीन उपाय अपनाउनुहोस्
विश्व धेरै बिक्री हुने फोन मध्ये एकमा सामसङ पनि पर्छ । के तपाई पनि सामसङको ग्यालेक्सी फोन प्रयो…
डिसेम्बरमा सार्वजनिक हुँदै यी ३ स्मार्टफोन
सन् २०२३ हो अन्तिम महिना डिसेम्बर भर्खर सुरु भएको छ । यो महिना विभिन्न स्मार्टफोनहरू सार्वजनिक हुँदै छन् ।
नयाँ रंगमा एप्पल वाच सिरिज ९ सार्वजनिक
एप्पलले आफ्नो पछिल्लो स्मार्टवाचको लागि नयाँ रंग विकल्प प्रस्तुत गरेको छ । कम्पनीले ल्याएको वाच सिरिज ९ (एप्पल वाच सिरिज ९) नयाँ क…
अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक
अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा आधिकारिक रुपमा सार्वजनिक भएको छ । हालसालै लन्च गरिएको अनर एक्स ७ बी अनरको सबैभन्दा…
ह्वावेको मेटप्याड प्रो ११ सार्वजनिक, स्याटेलाइट सपोर्ट गर्ने संसारको पहिलो ट्याब्लेट
ह्वावेले ह्वावे मेटप्याड प्रो ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोन स्याटेलाइट जडानलाई समर्थन गर्ने संसारको पहिलो ट्याब्लेट हो । कम्पनीको नयाँ फ्ल्यागशिप ट्याब्लेटम…
चाँडै नेपालमा सामसङ ग्यालेक्सी एस२३ एफ इको प्रिअर्डर सुरु हुने
सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ सार्वजनिक भएको छ ।
ग्यालेक्सी एस२३ एफ इः अल्टिमेट फ्यान एडिसन अब चाँडै नेपालमा सार्वजनिक हुँदै
ग्यालेक्सी एस२३ सिरिजको अपार सफलता पश्चात् सामसङ्ग नेपालले सर्वाधिक प्रतिक्षा गरिएको विशेष फ्यान एडिसन– नयाँ ग्यालेक्सी एस२३…
चाँडै सार्वजनिक हुँदै ओप्पो रेनो ११ सिरिज
ओप्पो रेनो ११ सिरिज चाँडै बजारमा ल्याइनेछ । यो फोन रेनो १० सिरिजको उत्तराधिकारी हुनेछ । अब कम्पनीले रेनो ११ सिरिज लन्च गर्ने …
२५६ जीबी स्टोरेज भेरियन्टमा पनि आयो गुगल ८ प्रो
प्रख्यात प्राविधिक कम्पनी गुगलले आफ्नो पछिल्लो स्मार्टफोन सिरिज गुगल पिक्सेल ८ प्रो १२५६ जीबी स्टोरेज भेरियन्टमा पनि…
नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?
टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । कार्तिक १६ देखि १९ गतेसम्म भी २९ ई फाइभ…
सीजीले नथिङ ब्राण्डका स्मार्टफोन नेपाल ल्याउने
सीजी (चौधरी ग्रुप) ले नेपालमा नथिङ ब्राण्डका स्मार्टफोन र इयरफोन नेपाल ल्याउने भएको छ । यसका लागि नथिङ टेक्नोलोजी लिमिटेड र सी…
एप्पलको नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक
एप्पलले नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक गरेको छ । मंगलबार एप्पलले अक्टोबर कार्यक्रममार्फत नयाँ म्याकबुक, आईम्याक …
बढ्यो ल्यापटप र नोटबुकको आयात
चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा २ अर्ब ३ करोड रुपैयाँ बराबरका ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागको तथ्यांक अनु…
३ महिनामा ९० हजार स्मार्टवाच नेपाल भित्रिए, चीनबाट मात्रै ७ करोड बढीको आयात
चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ८ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात भएको छ । भन्सार विभागले सार्वजनिक …