ग्याजेट्स
रियलमीको सर्भिस सेन्टर पोखरामा पनि सुचारु
स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौं । नेपालभरी छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरुलाइ राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरेका छौं । हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ।”
रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले भने , “हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरुको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरु प्रति आभारी छौं ।”
यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरुलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाईमा पु¥याएकोछ । यस सेवा केन्द्रमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरु लगयत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।
त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरु छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्नसक्ने जुनैपनि समस्याहरुको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनिले जनाएको छ ।
रियलमीले कम मूल्यमा फ्ल्यागशिप स्तरका सुविधाहरू प्रदान गर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको छ ।
पोखराको चिप्लेढुङ्गास्थित मोबाईल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्छ । ग्राहकहरूले आधिकारिक रियलमी वेबसाइट र एप मार्फत अनलाइन पनि सपोर्ट पाउन सक्नुहुनेछ ।
ग्याजेट्स
अल्टिमाको एक्सचेन्ज मेला, पुराना इयरफोनसँग नयाँ इयरबड साट्न सकिने
अल्टिमा लाइफस्टाइलले अल्टिमा एक्सचेन्ज मेला गर्ने भएको छ । अल्टिमाले अडियो प्रमीहरूका…
ल्यापटप स्लीप मोडमा राख्ने वा शटडाउन गर्ने ?
प्रविधिको विकाससँगै कार्यालयको धेरै काम आजभोलि ल्यापटबाटै हुन्छ । धेरैको हातमा मो…
नेपालमै बनेको ‘निजी पावर’ र ‘जुनकिरी’ सार्वजनिक, के के छन् सुविधा ?
यार्सा टेकले दुई ओटा प्रडक्टहरु सार्वजनिक गरेको छ । यार्सा टेकले नेपालमै बनाएका २ …
विश्वकै पहिलो एयरोस्पेस ग्रेड थ्री डायमेन्सल कुलिङ सिस्टमका साथ वानप्लस एस २ प्रो सार्वजनिक हुने
वानप्लस एस २ प्रोको लन्च मिति सार्वजनिक भएको छ । वानप्लस एस २ प्रो अगस्ट १६ मा चीनमा…
ग्यालेक्सी एफ ३४ फाइभजी सार्वजनिक गर्दै सामसङ, के के छन् हुनेछन् सुविधा ?
इलेक्ट्रोनिक कम्पनी सामसङले चाँडै आफ्ना ग्राहकका लागि नयाँ स्मार्टफोन सार्वजनिक गर्ने …
ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक
ओपोले बिहिबार नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । यसले एफएचडी प्लस एएमओएलइडी डि…
ओप्पोको फोल्डेबल फोन फाइण्ड एनथ्री सार्वजनिक हुँदै, के के छन् फिचर ?
ओप्पोको फोल्डेबल फोन ओप्पो फाइण्ड एनथ्री चाँडै सार्वजनिक हुने भएको छ । फोनले ओप्पो फ…
हिताचीका नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर बजारमा
हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम …
क्यासपरस्कीका ३ नयाँ प्रडक्ट नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य
नेपालमा क्यासपरस्की एन्टिभाइरसका ३ नयाँ प्रडक्ट सार्वजनिक भएका छन् । नेपालका लागि क्य…
वानप्लसले आफ्नो पहिलो फोल्डेबल फोन चाँडैं सार्वजनिक गर्ने
इलेक्ट्रोनिक कम्पनी वानप्लस आफ्नो पहिलो फोल्डेबल फोनको साथ छिट्टै बजारमा सार्वजनिक हुनेछ । वानप्लसको फोल्डेबल फोनलाई ल…
आइफोनको सेफ्टी फिचरले बचायो कारसहित ४०० फिट गहिराइमा खसेका व्यक्तिको ज्यान
आइफोन सेफ्टी फिचरले एकजना प्रयोगकर्ताको ज्यान बचाएको छ । लस एन्जलसमा कारसहित ४०० फ…
रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस नेपालमा, के के छन् फिचर ?
सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु-प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइ…
चाँडै वानप्लस १२ सार्वजनिक हुने, यस्ता छन् फिचर
वानप्लस अहिले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको अर्को फ्ल्य…
इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरसहित आईफोन १५ सिरिज सार्वजनिक हुने
केही महिनामा आईफोन १५ को सार्वजनिक हुने भएको छ । आईफोन १४ सार्वजनिक हुनु अघि, य…
१८ मिनेटमै फुल चार्ज हुने रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू, ३ हजार फ्ल्याट छुट
नेपाली बजारमा रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू…