कीवर्डहरू -

ग्याजेट्स

नेपाली बजारमा बोटका दुई स्मार्टवाच र एक ब्लुटुथ स्पिकर, ३४ रूपैयाँमै स्मार्टवाच जित्ने अफर

नेपालमा बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएका  छन् । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो ।

यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

स्टोन १९०

ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स ७  रेटिङ पाएको छ । बोक्नलाई कम्फर्ट र हलुका यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री समावेश गरेको छ ।

यसलाई फूल चार्ज गर्न डेढ घण्टा लाग्नेछ भने एक पटकको चार्जमा चार घण्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ ।

स्पिकरलाई कन्ट्रोल गर्न विभिन्न तीन बटनहरू उपलब्ध गराइएको छ, जसमा दुई ओटा बटनले भोलुम अप डाउन र एउटाले म्युजिक प्ले पज गर्छ । ५ वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले २६९९ रुपैयाँ तोकेको छ ।

स्टोर्म कल

कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, स्टोर्म कल स्मार्टवाच । ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकता अनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिन्छ । त्यसै फोनमा आएका तथा सामाजिक सञ्जालका नोटिफिकेसन पनि वाचबाटै हेर्न सकिन्छ ।

कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन् । यो स्मार्टबाचमा १.६९ इन्चको एचडी डिस्प्ले छ भने सो डिस्पले २.५डी कर्भ्ड छ । यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड रहेको छ । जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ ।

१५० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम छ । यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ ।

२२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चा‍र्जमा यो स्मार्टवाचलाई सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड ६.० र आईओएस १३ भन्दा माथिको डिभाइसमा सपोर्ट गर्छ । कम्पनीले स्टोर्म कलको मूल्य ४४९९ रुपैयाँ तोकेको छ ।

वेभ बिट

बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ । यो फिटनेस ट्रयाकर स्मार्टवाच वाच हो । यसमा १.६९ इन्चको एचडी डिस्प्ले छ।

मल्टिपल एक्टिभ स्पोर्ट मोड अन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा वास्केटबल मोड राखेको छ । जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ ।

१०० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम रहेको छ । यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ । २२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवालाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ ।

एक पटकको फुल चा‍र्जमा यो स्मार्टवाचलाई १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यसले एन्ड्रोइड ६.० र आईओएस १३ भर्सनभन्दा माथिका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ । वेभ बिटको मूल्य ३४९९ रुपैयाँ तोकेको छ ।

दराजमा अहिले कमिङ सुनमा रहेका तीन ओटा बोटका नयाँ प्रडक्टहरु स्टोन १९० ब्लुटुथ स्पिकर र स्ट्रोम कल वेभ बिट स्मार्टवाच साउन १ गतेबाट दराजमा सार्वजनिक हुँदै छन् । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ ।

यसअन्तर्गत लाइभ भइसकेपछि पहिलो पटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र रु १९९९, वेभ बिट स्मार्टवाच मात्र रु २९९९ र स्टोर्म कल स्मार्टवाच मात्र रु ३९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यस्तै सोमबार दिउँसो १२ बजे दजारको लाइभ सेसनमा ‘फास्टेस्ट फिङ्गर फ्रस्ट’ भन्ने अफर अन्तर्गत छनोट भएका पाँच जनाले ३४९९ पर्ने वेभ बिट स्मार्टवाच मात्र रु ३४ रुपैयाँमा पाउनेछन् । उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुनु पर्ने छ ।

उक्त लाइभ सेसनमा रु ३४६५ को डिस्काउन्ट भौचरहरु फ्लाश हुने छन्  र ग्राहकहरुले उक्त भौचर को प्रयोग गरेर ३४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र रु ३४ मा खरिद गर्न सक्नु हुनेछ ।

ग्याजेट्स

रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै

रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएक…

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक, कति छ मूल्य ?

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक भएको छ । सिमलेस ब्लुटुथ कलिङ सुवि…

रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्दै साओमी

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने भएको छ । चाँडै चिनिया…

तपाईका यी सात बानी, जसले तपाईको मोबाइल बिग्रिरहेको हुन्छ 

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धे…

नर्ड सिइ थ्री स्मार्टफोन ल्याउँदै वानप्लस

वानप्लसले नर्ड सिइ थ्री स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्ना आगामी डिभाइ…

क्वालकमको स्न्यापड्रयागन ४ प्रोसेसर प्रयोग भएको पहिलो स्मार्टफोन सार्वजनिक

साओमीले रेडमी नोट १२ आर स्मार्टफोन सार्वजनिक गरेको छ । क्वालकमको नवीनतम स्नापड्रागन…

सामसङ ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुँदै

सामसंगको ग्यालेक्सी एम ३४ फाइभजी सार्वजनिक हुने भएको छ । कम्पनीको नयाँ स्मार्टफोनको…

आईओएस १६.५.१ तुरुन्तै इन्स्टल गर्न आग्रह

आइफोन निर्माता कम्पनी एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ…

ग्यालेक्सी वाच ६ प्रो र ग्यालेक्सी वाच ६ सार्वजनिक गर्दै सामसङ

सामसङ्गले अर्को महिना कोरियाको सोलमा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा नयाँ फोल्ड …

नेपाली बजारमा आउँदै भीभोको नयाँ स्मार्टफोन वाई ३६ 

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन वाई ३६ सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्…

न्वाइज फिट भर्टेक्स स्मार्टवाच सार्वजनिक

न्वाइजले आफ्नो स्मार्टवाच न्वाइज फिट भर्टेक्स सार्वजनिक गरेको छ । यो नयाँ सार्वजनिक नो…

मार्क जुकरबर्ग भन्छन्ः एप्पलको भिजन प्रो चाहिनेभन्दा धेरै महंगो भयो

एप्पलले सोमबार वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्लुडीसी) २०२३ मा आफ्नो बहुप्रतीक्ष…

नेपाल भित्रियो ताइवानको परिचित बाण्ड ‘प्रोमेट’

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वि…

फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले फोल्डे…

साओमीको रेड्मी नोट १२ फाइभजी नेपालमा, कति छ मूल्य ?

शाओमीले रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ …