ग्याजेट्स
२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने
के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फोरजी फोनलाई टिज गरेको छ । कम्पनीले नोकियाको आइकोनिक फोन नोकिया ३२१० सार्वजनिक गरेको छ ।
यो २५ वर्ष पुरानो नोकिया फोन हो, जुन सन् १९९९ मा लन्च गरिएको थियो । तर, यसपटक यो फोन सन् २०२४ मा लन्च हुने क्रममा धेरै नयाँ फिचरसहित ल्याइएको छ ।
कम्पनीले पुरानो फोनलाई नयाँ शैलीमा प्रस्तुत गरेको यो पहिलो पटक होइन् । यसअघि कम्पनीले मोबाइल वर्ल्ड कंग्रेस २०१७ मा नोकिया ३३१० नयाँ शैलीमा प्रस्तुत गरेको थियो ।
नोकिया ३३१० लाई कम्पनीले सन् २००० मा पहिलो पटक ल्याएको थियो, त्यसको ठीक १७ वर्षपछि यो फोन नयाँ अवतारमा भित्रिएको थियो ।
नोकियाको नयाँ फोन (नयाँ नोकिया ३२१०) को कुरा गर्दा २५ वर्षपछि यो फोन पुरानो फोनको जस्तै फ्रन्ट डिजाइनमा लन्च गरिएको हो । तर, समयसँगै प्रविधि र सुविधाहरूमा सुधार हुँदै गएकाले नयाँ फोनमा ब्लुटुथ सपोर्ट, रियर क्यामेरा र एलईडी फ्ल्यास उपलब्ध हुनेछ ।
नयाँ फोनको बारेमा, कम्पनीको दाबी छ कि यो डिभाइस लामो ब्याट्री लाइफ र ब्लुटुथ र फोरजी कनेक्टिभिटी जस्ता धेरै ठूला परिवर्तनहरू ल्याइएको छ ।
फोनको ब्रान्डिङको कुरा गर्दा नोकिया र एचएमडी दुवैको ब्रान्डिङ यस नयाँ फोनमा उपलब्ध हुनेछ । फोन अहिले नीलो कलरको अप्सनमा देखिएको छ ।
तर, कम्पनीले यो आइकोनिक नोकिया फोनलाई एकभन्दा बढी आकर्षक रंग विकल्पमा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।
ग्याजेट्स
हाई फ्युचरको एक्सक्लुसिभ एजेन्ट र वितरकमा लानिज हब नियुक्त
लानिज हब प्रालि हाई फ्युचर उत्पादनको एक्सक्लुसिभ एजेन्ट र वितरक नियुक्त भएको छ । अप्रिल २०२४ देखि नेपालका लागि हाई फ्युचर एक्सक्लु…
नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?
नेपाली बजारमा इन्फिनिक्स हट ४० आई स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एचडी प्लस स्क्रीन भएको इन्फिनिक्स हट ४० आई स्…
संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता
पछिल्ला केही महिनाहरूमा, एआईले टेक्नोलोजी संसारलाई नयाँ दिशा दिएको छ । यी दुई वर्षमा धेरै साना–ठूला कम्पनी र स्टार्टअपल…
भारतीय वेरेबल ब्राण्ड बोल्टका लागि नेपालको आधिकारिक वितरकमा जगदम्बा मोबाइल्स नियुक्त
शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालि, भारतीय वेरेबल ब्राण्ड बोल्टको नेपालका लागि आधिकारिक वितरक नियुक्त भएको छ ।&nb…
नेपाली बजारमा सामसङको ग्यालेक्सी एम १४ एलटीई फोन सार्वजनिक
सामसङले नेपाली बजारमा ग्यालेक्सी एम १४ एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ५० मेगापिक्सेलको ट्रिपल क्यामरा…
स्मार्टफोन प्रयोगलाई प्रतिस्थापन गर्न सक्ने केही प्रविधि
स्मार्टफोन जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ । पहिलेका जमानामा फोनबाट सीमित काम मात्र हुन्थ्यो । तर जबदेखि फोनसँग '…
टाइटेनियम पहेलो रङमा आयो ग्यालेक्सी एस २४ अल्ट्रा, खरिद गर्नेलाई ३ हजार बराबरको केस निःशुल्क
सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा टाइटेनियम पहेलो रङमा उपलब्ध भएको छ । १२ जीबी र्याम र ५१२ जीबीन स्टोरेज भएको ग्यालेक्सी एस २४…
वानप्लस,ओप्पो र रियलमीले अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोन ल्याउँदै
वानप्लस, ओप्पो र रियलमीले आफ्ना ग्राहकहरूका लागि ठूलो तयारी गरिरहेका छन् । यी कम्पनीहरूले आफ्ना ग्राहकहरूका लागि अल्ट्रासोनि…
इन्फिनिक्सको स्मार्टफोनमा अब १५ महिनाको वारेन्टी सुविधा
इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ। यस योजना अनुसार ग्राहकहरूले इन्फिनिक्सक…
दुई नयाँ एयरपड मोडेलमा काम गर्दै एप्पल
एप्पलले दुई नयाँ एयरपड मोडेलमा काम गरिरहेको छ । आगामी आइफोन १६ श्रृंखलासँग सार्वजनिक हुने गरी काम गरिरहेको छ । <…
सामसङको नयाँ वर्ष अफर सार्वजनिक, टिभी, फ्रिज र वाशिङ मेसिन खरिदमा छुट पाइने
सामसङ नेपालले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई’ अफर सार्वजनिक गरेको छ ।&n…
कोपाइलट कीसहित नेपालमा सार्वजनिक भयो असुसको जेनबुक १४ ल्यापटप, यस्ता छन् विशेषता
नेपाली बजारमा असुसले जेनबुक १४ ल्यापटप उपलब्ध गराएको छ । असुस नेपालले अल्ट्रापोर्टबल र प्रिमियम सुविधासहितको असुस अनल इन वान …
अनर एक्स सेभेन बी सार्वजनिक, कति छ मूल्य ?
नेपाली बजारमा अनर एक्स सेभेन बी सार्वजनिक भएको छ । अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले अनर एक्स सेभेन बी मोडेल सार्वजनिक…
६ हजार एमएएच ब्याट्री र शक्तिशाली क्यामेरा भएको सामसङ ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक
चर्चित स्मार्टफोन कम्पनी सामसङले आफ्ना ग्राहकका लागि एम सिरिजका दुईवटा फोन सार्वजनिक गरेको छ । यस सिरिजका सामसंग ग्यालेक्सी एम १…
चीनमा एप्पलको भिजन प्रो यसै वर्ष सार्वजनिक हुने
एप्पलले चीनमा भिजन प्रो सार्वजनिक गर्ने भएको छ । एप्पलका सीईओ टिम कुकले सन् २०२४ मा चीनमा भिजन प्रो हेडसेट सार्वजनिक गर्ने बताएक…