ग्याजेट्स
सामसङको ग्यालेक्सी एस २४ एफई स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस २४ एफईको सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिनेछ । ६.७ इन्चको डायनामिक एमोलेड टुएक्स डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री र शक्तिशाली एक्सिनो २४०० ई सिरिज चिपसेटको साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको कम्पनीको दावी छ ।
दृश्य गुणस्तरलाई अविश्वसनीय उचाइहरूमा लग्नको लागि सामसङको डायनामिक एआई–संचालित क्यामेरा इन्जिन, प्रोभिजुअल इन्जिनले क्यामेरा सिस्टमको क्षमताहरू अझ धेरै बढाएको छ । ए
फई सिरिजमा पहिलो पटक आएको प्रोभिजुअल इन्जिनले धेरै सुधारिएको टेक्नोलोजीको सुविधा आएको छ ।
यसमा थ्रीएक्स जुमसहित ५० मेगापिक्सेलको वाइड लेन्स र ८ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ, दुबैमा अप्टिकल इमेज स्ट्याबिलाइजेसन सुविधा रहेको छ । फोनमा १२ मेगापिक्सेलको अल्ट्रा वाईड लेन्स र १० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।
यसमा एआई सुविधा समेत राखिएको छ । पोर्ट्रेट स्टुडियोले सेल्फीहरूलाई कार्टुन, कमिक्स, वाटर कलर पेन्टिङ वा स्केचका रूपमा अनलाइन प्रोफाइलहरूमा फ्लेयर थप्नको लागि रीइमाजिन गर्नेछ ।
एडित सजेसनहरूले एक बटन थिचेर प्रतिबिम्ब जस्ता कष्टप्रद त्रुटिहरू तुरुन्तै हटाउने छ । इन्स्ट्यान्ट स्लो–मोले जीवनका महत्त्वपूर्ण पलहरूको प्रत्येक सेकेन्डलाई क्षणभरमा अमर बनाउन सहयोग गर्नेछ ।
यसमा सर्कल टु सर्च र सर्कल जेस्चर जस्ता एआई सुविधा समेत उपलब्ध रहेको छ । गुगलको साथ सर्कल टु सर्लेचले होम बटनमा लंगप्रेस र सर्कल जेस्चरले मात्र तत्काल खोज परिणामहरू प्रदान गरेर अभूतपूर्व सहजताका साथ जिज्ञासालाई सन्तुष्ट पार्छ ।
साथै यसमा भएको लाइभ ट्रान्सलेट सुविधाले अफलाइन हुँदा पनि इन्टरप्रेटरले तुरुन्तै व्यक्तिगत कुराकानी, व्याख्यान वा अन्य कुनै पनि प्रकारका प्रस्तुतीकरणहरू तुरुन्तै अनुवाद गर्न सक्ने छ ।
सामसङ किबोर्डबाट कम्पोजरले इमेल र समर्थित सामाजिक मिडिया एपहरूको लागि साधारण किवर्डहरूमा आधारित सुझाव गरिएको टेक्स्ट उत्पन्न गर्नेछ ।
नोट असिस्टले नोट लिने प्रक्रियालाई सुव्यवस्थित बनाउँछ र ढाँचा र अनुवादलाई स्वचालित बनाउने सामसङले जनाएको छ । सामसङ नोट्समा तपाईले ट्रान्सक्रिप्शन, अनुवाद, र आवाज रेकर्डिङको सारांश सिधै प्राप्त गर्न सक्नुहुन्छ ।
फोनमा सामसङ नक्स सुविधा समेत छ, जसले महत्त्वपूर्ण जानकारीको सुरक्षा गर्दछ र एन्ड–टु–एन्ड सुरक्षित हार्डवेयर, वास्तविक–समय खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षा गर्दछ ।
ग्यालेक्सी एस २४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ । यसको मूल्य ९४ हजार ९९९ रूपैयाँबाट सुरु हुनेछ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा तपाईँले यो नयाँ फोनलाई शुन्य प्रतिशत ब्याजदरमा ४ हजार ७५० रूपैयाँ महिनादेखि सुरु हुने गरी सजिलो ईएमआईमा प्राप्त गर्न सकिने छ ।
३ हजार रूपैयाँसम्मको विशेष बोनससहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको छ ।
ग्याजेट्स
एप्पललाई उछिन्दै साओमी बन्यो विश्वबजारमा सबैभन्दा बिक्री हुने दोस्रो स्मार्टफोन ब्राण्ड
ग्लोबल स्मार्टफोन बजारमा खरिद गर्ने ट्रेन्डमा ठूलो परिवर्तन देखिएको छ । चिनियाँ स्मार्टफोन कम्पनी साओमी विश्वभर स्मार्टफोन बिक्रीको म…
ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी नेपालमा उपलब्ध
नेपालमा ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी सार्वजनिक भएको छ । नेपालका लागि ट्रान्ससेन्डको आधिकारिक वितरक नागमनी इन्टरनेशनल…
आईएमई पेबाटै अब ईएमआईमा सामसङका स्मार्टफोन किन्न सकिने, यस्तो छ तरिका
डिजिटल वालेट आइएमई पेमार्फत सामसङका सबै प्रकारका मोबाईल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचरबाट जिरो प्रतिशत ब्याजदर इ…
आईफोन १६ सिरिज सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?
एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । सोमबार एप्पलले आईफोन १६ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्रो, आईफोन १६ प्लस…
नेपाली बजारमा सार्वजनिक भयो सामङको एन्ट्री लेभल फोन ‘ग्यालेक्सी ए ०६’, यस्ता छन् सुविधा
नेपाली बजारमा सामसङले ग्यालेक्सी ए ०६ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसङले एन्ट्री–लेभल लाइनअपमा पछिल्लो एडिसनको ग्यालेक्…
उन्नत एआई र फास्ट चार्जिङ सुविधासहित ओप्पो रेनो १२ नेपाली बजारमा सार्वजनिक
ओप्पोले नयाँ एआई फोन रेनो१२ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सा…
अब वानप्लस प्याड गोको ब्याट्रीमा समस्या नआउने, कम्पनीले ल्यायो नयाँ अपडेट
वानप्लसले आफ्नो प्याड गो प्रयोगकर्ताहरूका लागि अक्सिजन ओएस १४.०.०.८०६ अपडेट रिलिज गरेको छ । यो अपडेट ट्याब्लेटमा आइरहेको ब्याट्री…
रेडमी नोट १४ प्रो फाइभजीमा क्वालकमको नयाँ स्नापड्रागन ७ एस जेन थ्री चिपसेट प्रयोग
शाओमी आफ्ना ग्राहकहरूको लागि रेडमी नोट १४ प्रो फाइभजी फोन ल्याउँदैछ । कम्पनीले यस फोनको चिपसेटबारे आधिकारिक जानकारीहरू दिएको…
वानप्लस बड्स प्रो थ्री सार्वजनिक, प्रिमियम अडियो क्वालिटी र सिंगल चार्जमा ४३ घण्टा चल्ने
वानप्लसले आफ्नो नवीनतम फ्ल्यागशिप इयरबड्स वानप्लस बड्स प्रो ३ प्रस्तुत गरेको छ । यी नयाँ बड्स धेरै प्रिमियम फिचरहरूसँग आएका छन् । यस…
नेपाली बजारमा अनर एक्स ६ बी स्मार्टफोन उपलब्ध, मूल्य १७ हजार रूपैयाँ
नेपाली बजारमा अनरले ‘एक्स’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले नेपाली बजारमा ‘अनर एक्…
अलराउण्डर स्मार्टफोन रेड्मी १३, के के छन् सुविधा ?
सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै स…
अघिल्ला फोल्डेबल फोनभन्दा ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को प्रि-बुकिङ झन्डै दुई गुणा बढी
अघिल्लो जेनेरेसनका फोल्डेबल फोनभन्दा सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को लागि झन्डै दुई गुणा बढी प्रि–अर्डर भएको छ । …
भोलि हुकुट स्टोरमा प्रोमेट मेला हुँदै, पुराना इयरवड्ससँग प्रोमेट लिमा इयरवड्स साट्न सकिने
साउन १७ गते प्रोमेट मेला २०२४ आयोजना हुने भएको छ । न्यू रोडमा रहेको हुकुट स्टोरमा हुने मेलामा विशेष अफर र छुटहरू उपलब्ध गराइने छ ।
कार्…
रियलमीको इन्ट्री लेभलको फोन सी ६१ नेपालमा, मूल्य १३ हजार
नेपाली बजारमा रिलयमीको नयाँ फोन रियलमी सी ६१ उपलब्ध भएको छ । मंगलबारबाट बजारमा इन्ट्री लेभलको रियलमी सी ६१ स्मार्टफोन उपलब्ध …
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी रकम
गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रूपैयाँ बाहिरिएको छ। भन्…