कीवर्डहरू -

ग्याजेट्स

अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो

सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । आईतबादेखि अनर एक्स नाइन बीको प्रि बुकिङ समेत खुला भएको छ । 

'द अनब्रेकेबल स्मार्टफोन'  ट्यागलाइनको साथ अनर एक्स नाइन बी सबैभन्दा बलियो डिस्प्लेका लागि विश्वभरि प्रख्यात रहेको छ । यसलाई SGS बाट फाइभ स्टार पनि प्रदान गरिएको सेलट्रोन नेपालको भनाइ छ । 

ग्राहकले यो फोन प्रि-अर्डर गर्दा पहिलो ४०० ग्राहकले पाँच हजार ९९० रुपैयाँ मूल्यको ‘अनर इयरबड्स एक्स फाइभ’ निःशुल्क पाउने छन् । प्रि-बुकिङ २७ जनवरीसम्म जारी रहनेछ । 

अनर एक्स नाइस एभन्दा क्यामेरा, ब्याट्री र सबै जस्ता अन्य पक्षहरूमा अपग्रेड गरिएको छ ।  

फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ।

१२ जीबी र्याम र २५६ जीबी स्टोेरेज भएको अनर एक्स नाइन बीको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको  छ। ग्राहकहरूले अनर एक्स नाइन बी दराज वा हुकुट अनलाइन स्टोर र नजिकको आधिकारिक स्टोरबाट समेत बुकिङ गर्न सक्ने छन् । 

ग्याजेट्स

घट्यो रेड्मी १२ सीको मूल्य

साओमीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन ग…

अंग्रेजी नयाँ वर्षको अवसरमा सामसङले घटायो ५ स्मार्टफोनको मूल्य

सामसङले आफ्नो ग्राहकहरुको अंग्रेजी नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा स्मा…

क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका उपकरण किन्न सकिने

सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै…

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले रहेको यस फोनमा एक्सिनोस १२८…

सन् २०२४ को जानवरीमा अनर एक्स ५० जीटी सार्वजनिक हुने

अनरले गत वर्ष अक्टोबरमा चिनियाँ बजारमा अनर एक्स ४० सार्वजनिक गरेको थियो । धेरै रिपोर्टहरूको अनुसार कम्पनीले आफ्नो अपग्रेड गरिएक…

एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो

अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।…

ओप्पो ए७७ का लागि एन्ड्रोइड १४ सार्वजनिक

ओप्पोले आफ्ना प्रयोगकर्ताहरूको अनुभव सुधार गर्न एन्ड्रोइड १४ अपडेट रोल आउट गर्न थालेको छ । ओप्पोले यस अपडेटलाई धेरै महत्त्वपूर्ण पर…

भिभो एक्स १०० सार्वजनिक, यस्ता छन् फिचर

प्रख्यात स्मार्टफोन कम्पनी भिभोले आफ्ना ग्राहकहरुका लागि नयाँ फ्ल्यागशिप सिरिज भिभो एक्स १०० सार्वजनिक गरेको छ । यस सिरिजमा दुईवटा…

कस्तो होला आईफोन १६ ?

सेप्टेम्बर २०२३ मा, एप्पलले आफ्ना ग्राहकहरूको लागि नवीनतम आईफोन १५ श्रृृंखला लन्च गरेको थियो । यस श्रृंखलामा चारवटा स्मार्टफोनहरू…

रियलमीका २ इयरबड्स नेपालमा उपलब्ध, के के छन् सुविधा ?

शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई इयरब नेपाली बजारमा ल्याएको छ । आकर्षक…

सामसङका तीन नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् सुविधा ?

सामसङले आफ्ना प्रयोगकर्ताका लागि ए सिरिजमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए १५ फाइभजी मा ए१५ को फोरज…

भिभो वाई २७ एस स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् सुविधा

भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई २७ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शानदा…

आरओजी फोन ८ ल्याउँदै असुस

असुसले आरओजी फोन ८ ल्याउने भएको छ । असुसले एक्समार्फत एउटा पोष्ट साझा गरेको छ, जसमाआरओजी फोन ८ ल्याउन लागेको जनाइए…

यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !

तपाईले अहिलेसम्म कति मूल्यसम्मका फोनहरु देख्नु भएको छ वा बोक्नु भएको छ ? सायद धेरैको उत्तर हुन सक्छ ३-४ लाख रूपैयाँ ।

<…

आफ्नो ग्यालेक्सी फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? यी तीन उपाय अपनाउनुहोस्

विश्व धेरै बिक्री हुने फोन मध्ये एकमा सामसङ पनि पर्छ ।  के तपाई पनि सामसङको ग्यालेक्सी फोन प्रयो…