कीवर्डहरू -

ग्याजेट्स

साओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

साओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ, जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्छन् ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी बड्स ६ सिरिजको उत्कृष्ट अडियो गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू सुलभ मूल्यमा प्रदान गर्ने बताए । 

१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्छ । ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्छ । डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप (चार्जिङ केससहित) ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ ।

रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । १० एमएम डाइनामिक ड्राइभरको साथमा आउने यस इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव प्रदान गर्छ ।

एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइम (चार्जिङ केससहित) ले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । साथै १० मिनेटको क्विक चार्जले ३ घण्टासम्मको म्युजिक प्लेब्याक प्रदान गर्छ जुन यात्राका क्रममा अत्यन्तै उपयोगी हुन आउँछ ।

नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा शाओमी रिटेल स्टोरहरुमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुनेछ । रेड्मी बड्स ६ लाइटको मूल्य ३ हजार ४९९ रूपैयाँ रहेको छ भने रेड्मी बड्स ६ प्ले १ हजार ९९९ रूपैयाँमा खरिद गर्न सकिन्छ ।

ग्याजेट्स

नेपाली बजारमा असुस भी१६ गेमिङ ल्यापटप सार्वजनिक

असुस नेपालले नेपाली बजारमा असुस भी१६ (V3607) गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । १६ इन्चको इन्ट्री-लेभल गेमिङ ल्यापटपमा उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उच्च रि…

रियलमी सी ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै, १ मिनेट चार्जमा १ घण्टा कल

रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्…

एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

टेलिटक प्रालिले आज आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । स्पस्ट डिटेल तथा तुरुन्तै शेयर …

नेपाली बजारमा मोटोरालाका स्मार्टफोन

मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । …

एप्पलले तीन वर्षपछि ल्यायो इन्ट्री लेभलको फोन ‘आईफोन १६ ई’, कति छ मूल्य ?

एप्पलले तीन वर्षपछि अन्ततः इन्ट्री लेभलको आईफोन सार्वजनिक गरेको छ । आईफोन १६ ईले कम्पनीको लाइनअपमा आईफोन एसईलाई प्रतिस्थापन गरेक…

म्याक्सबेसको वायरलेस इयरबड्स बजारमा

नेपाली अडियो ब्राण्ड म्याक्सबेसले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ । 

साओमी १४ टी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुन…

ईएमआई र इन्स्योरेन्स अफरसहित सामसङ ग्यालेक्सी एस २५ सिरिज अब नेपालमा उपलब्ध

ग्यालेक्सी एस२५ सिरिज शुक्रबारदेखि सबै सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध भएका छन् । 

ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्…

उच्च प्रदर्शन र उत्कृष्ट ब्याट्री लाइफसहित अनर एक्स नाइन सी फाइभ जी नेपालमा चाँडै लन्च हुँदै

नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषतासहित अनर एक्स नाइन सी फाइभ जी चाँडै आउने भएको छ। अनर एक्स नाइन बी फाइभ जीको सफलतापछि सेलट्रोन नेपालल…

नेपालमा ग्यालेक्सी एस २५ सिरिजको प्रि-अर्डर सुरू, कति छ मूल्य ?

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ प्लस र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घ…

घट्यो स्मार्टफोन रेड्मी १३ को मूल्य

शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ …

बिस्पोक एआई ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा

नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बि…

स्मार्टवाच वा स्मार्ट रिङ : सही उपकरण छनोट गर्न यी कुराहरुमा ध्यान दिनुहोस्

यदि तपाईं स्मार्टवाच वा स्मार्ट रिङ किन्न योजना गरिरहनुभएको छ र कुन उपकरण छनोट गर्ने भन्ने विषयमा द्विविधामा हुनुहुन्छ भने, यो ल…

सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक: २०० एमपी क्यामेरा र ७ वर्षको अपडेट ग्यारेन्टीसहित उपलब्ध

सामसंगले आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन नयाँ स्मार्टफोन सामसंग ग्यालेक्सी एस २५, सामसंग ग्यालेक्सी एस २५ प्लस, र सामसंग ग्या…

ग्यालेक्सी एस२५ सिरिज लन्च गर्ने तयारीमा सामसङ

२२ जनवरीमा आयोजना हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गर्ने तयारी…