ग्याजेट्स
रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक, के के छन् सुविधा ?
शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ ।
यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको हो ।
रेडमी १५ : शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन
रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० एमएएच क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ ।
यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८ वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
यसको ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको र १४४ हर्ज रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । TÜV Rheinland ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, आईपी ६४ सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।
फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा प्रणाली र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली स्न्यापड्रयागन ६८५ चिप, उन्नत हाइपर ओएस २, गूगल जेमिनाइका साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । साथै, यसमा २ टिबीसम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ ।
रेडमी १५ सी : आकर्षक र स्मार्ट
रेडमी १५ सी आफ्नो ७.९९ एमएम स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६००० एमएएच क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।
यसमा ६.९ इन्चको एचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । मिडियाटेक हेलियो जी ८१ अल्ट्रा प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।
रेडमी १५ सीमा पनि १ टिबीसम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् हाइपर ओएस २ र गूगल एआईका सर्कल टु सर्च तथा जेमिनाई जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् ।
साथै, आईपी ६४ सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।
मूल्य र भेरियन्ट
रेडमी १५ तीन आकर्षक रंगमा उपलब्ध छ — स्याण्डी पर्पल, टाइटान ग्रे र मिडनाइट ब्ल्याक । यस्तै, रेडमी १५ सी तीन चम्किला रंगमा उपलब्ध छ — मिडनाइट ब्ल्याक, मुनलाइट ब्लू र मिन्ट ग्रीन ।
रेडमी १५
- ६GB + १२८GB : रु. १८,९९९
- ८GB + २५६GB : रु. २१,९९९
रेडमी १५ सी
- ४GB + १२८GB : रु. १४,९९९
- ६GB + १२८GB : रु. १६,४९९
- ८GB + २५६GB : रु. १८,९९९
ग्याजेट्स
ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-बुकिङ खुला
सामसुङ नेपालले ग्यालेक्सी जेड सिरिजका दुई प्रमुख फ्ल्यागशिप स्मार्टफोन — ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ &mdas…
ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर खुला
सामसङ नेपालले आफ्नो अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘जेड फ्लिप ७’ को प्रि-अर्…
अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक
अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट,…
नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक, के के छन् सुविधा ?
ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए फाइभ सार्वजनिक गरेको छ। असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनि…
सीजी इलेक्ट्रोनिक्सको नयाँ टेलिभिजन सार्वजनिक, हेर्ने मात्र नभई गाउन पनि सकिने
नेपाली उपभोक्तालाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले नेपालकै पहिलो क्युएलईडी कारावके टेलिभिजन सार्वजनिक गरेको छ। ५५ इन्चको सीजी…
भिभोबुक एस १४ सिरिजका ल्यापटप नेपालमा
प्रख्यात प्रविधि ब्रान्ड असुसले आफ्नो नयाँ भिभोबुक एस १४ (S3407CA/VA) सिरिजको ल्यापटप नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि अ…
स्मार्टफोन शाओमी १४ टीको मूल्य घट्यो, अबको मूल्य कति ?
विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । ला…
औपचारिक रूपमा नेपाल प्रवेश गर्यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक
भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि&nbs…
नेपालमा सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, मूल्य ७ हजार ३९९ रूपैयाँ
सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गरेको छ । बड्समा&…
इन्फिनिक्स जीटी–३० प्रो नेपालमा सार्वजनिक
र्टफोन निर्माता इन्फिनिक्सले नेपालको बढ्दो मोबाइल गेमिङ बजारलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘जीटी ३० प्रो’ सार्व…
शाओमी प्याड ७ र रेड्मी प्याड २ नेपालमा
साओमीले नेपाली बजारमा दुई अत्याधुनिक ट्याब्लेट शाओमी प्याड ७ र रेड्मी प्याड २ को नेपालमा उपलब्ध भएको छ।
रियलमी १४ फाइभजी र रियलमी १४ टी फाइभजी स्मार्टफोन नेपालमा, कति पर्छ मूल्य ?
चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ मोडेल रियलमी १४ फाइभजी र रियलमी १४ टी फाइभजी स्मार्टफोन सार्वज…
अनर ४०० फाइभजी सिरिज सर्वोच्च शिखर सगरमाथाबाट सार्वजनिक
अनरले आफ्नो नयाँ स्मार्टफोन सिरिज 'अनर ४०० ५जी' विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सार्वजनिक गरेको छ। ‘अनरको एआई श…
सामसङ टेलिभिजन तथा होम एप्लायन्समा पनि अब इन्स्टा फाइनान्स सेवा
अबदेखि नेपाली उपभोक्ताले सामसङ टेलिभिजन तथा होम एप्लायन्स खरिद गर्दा इन्स्टा फाइनान्स सेवा लिनका लागि केवल नागरिकता प्रमाणपत्र न…
इन्फिनिक्स हट ५० प्रो प्लस नेपालमा सार्वजनिक
इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम मोडेल हट ५० प्रो प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उन्नत …