कीवर्डहरू -

ग्याजेट्स

उच्च क्षमता र फास्ट चार्जिङसहित साओमीका नयाँ पावर ब्याङ्कहरू नेपालमा, कति छ मूल्य ?

साओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । 

नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ्ग सहितको सोओमी पावर ब्याङ्क ४ आई १०००० एमएएच, ३३ वाटको सोनिक चार्जसहितको साओमी पावर ब्याङ्क ४ आई २०००० एमएएच र २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको साओमी पकेट पावर ब्याङ्क १०००० एमएएच रहेका छन् ।

यी उपकरणहरूले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ्ग क्षमता, बहु–उपकरण चार्जिङ्ग र कम्प्याक्ट डिजाइनहरू प्रदान गर्ने साओमीको दावी छ ।

साओमी पावर ब्याङ्क ४ आई १०००० एमएएच (२२.५ वाट फास्ट चार्ज)
साओमी पावर ब्याङ्क ४ आई. १०००० एमएएच फास्ट पोर्टेबल पावरको आवश्यकता भएका ग्राहकका लागि उपयुक्त हुन्छ । २२.५ वाटको फास्ट चार्जिङ्ग र टाइप सी पोर्टको साथ यस पावर बैँकले स्मार्टफोन, ट्याब्लेटहरू र अन्य ग्याजेटहरू छिटो चार्ज गर्न मद्दत पुर्या‍उँदछ ।

यो कम्प्याक्ट डिभाइस युयसबी–ए र  यूसबी–सी पोर्टसहित उपलब्ध छ जसले एकै पटकमा तीनवटा ग्याजेहरूलाई चार्ज गर्नसक्छ । उच्च सुरक्षा सुविधाहरू उपलब्ध रहेको यो पावर बैँकले धेरै तात्ने र सर्ट–सर्किट जस्तो समस्याबाट सुरक्षा प्रदान गर्दछ ।

साओमी पावर ब्याङ्क ४ आई २०००० एमएएच (३३ वाट सोनिक चार्ज)

अधिक पावर र लामो प्रयोग आवश्यक पर्नेहरूको लागि साओमी पावर ब्याङ्क ४ आई २०००० एमएएच ३३ वाटको सोनिक चार्ज प्रविधिसहित उपलब्ध रहेको छ । दुईवटा १०००० एमएएचको लिथियम–आयन ब्याट्रीहरू सहित यस पावर ब्याङ्कले दिनभरि एकभन्दा धेरै डिभाइसहरुलाई चार्ज गर्न पर्याप्त ऊर्जा प्रदान गर्ने जनाइएको छ ।

यसको टाइप–सी पोर्टले अन्य डिभाइसका साथै पावर ब्याङ्क स्वयंलाई पनि छिटो दुई–तर्फी चार्जिङ्गको अनुमति दिन्छ । मजबुत निर्माण गुणस्तर र १२–लेयरको सेफ्टी प्रोटेक्सनको साथ, यो पावर बैँक लामो समयसम्मको प्रदर्शनको लागि निमार्ण गरिएको कम्पनीले जनाएको छ ।

साओमी पकेट पावर ब्याङ्क १०००० एमएएच (२२.५ वाटको साथ बिल्ट–इन केबल)

बिल्ट–इन टाइप–सी चार्जिङ्ग केबलसहित साओमीको पकेट पावर ब्याङ्कले सुविधा र स्टाइल दुवै प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्प्याक्ट र शक्तिशाली यो १०००० एमएएच पावर ब्याङ्कले २२.५ वाटसम्मको चार्जिङ्ग लिन सक्छ भने यसले एकै पटकमा तीनवटा डिभाइसहरूलाई चार्ज गर्न सक्छ । यसको टिकाउपना र पकेट–साइजको डिजाइनले यसलाई हरेक यात्रामा प्रयोग गर्न सहज सकिन्छ ।  

बजार उपलब्धता

२२.५ वाटको  फास्ट चार्जिङ्गसहितको साओमी पावर ब्याङ्क ४ आई १०००० एमएएच ३ हजार ४९९ रूपैयाँमा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको साओमी पावर ब्याङ्क ४ आई २०००० एमएएच ४ हजार ९९९ रूपैयाँमा उपलब्ध छ । त्यसैगरी २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको साओमी पकेट पावर ब्याङ्क १०००० एमएएच ४ हजार २९९ रूपैयाँमा उपलब्ध रहेको छ ।


 
 

ग्याजेट्स

रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी ट्याब्लेट सार्वजनिक

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजन…

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा चाँडै सार्वजनिक हुने

सामसङले अहिले आफ्नो सबैभन्दा फ्ल्यागशिप सामसङ ग्यालेक्सी एस २५ सिरिजमा काम गरिरहेको छ । यो सिरिजमा सामसङ ग्यालेक्सी एस २५ …

सामसङको ग्यालेक्सी एस २४ एफई स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य, ग्यालेक्सी एस २४ एफईको सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताहरूले प्रिमियम मो…

टिकटकको मालिक बाइटडान्सले चीनमा सार्वजनिक गर्‍यो एयरबड्स, एआई च्याटबटसँग कुरा गर्न सकिने

टिकटकको मालिक बाइटडान्सले चीनमा आफ्नो पहिलो एयरबड्स सार्वजनिक गरेको छ । ‘ओला फ्रेन्ड’ नाममा बाइटडान्सले एआई सुविधा…

कस्तो छ नेपालको पहिलो अफ-रोडर एसयुभी जेइको जेसिक्स ?

एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ-रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । ईभी तथा गाडी…

एआई फिचरसहित ग्यालेक्सी ट्याब १० प्लस र ग्यालेक्सी ट्याब १० अल्ट्रा सार्वजनिक

सामसङ ग्यालेक्सी ट्याब एस १० ग्लोबल मार्केटमा लन्च गरिएको छ। यस सिरिजका दुई ट्याबहरू सामसङ ग्यालेक्सी ट्याब १० प्लस र ग्य…

एप्पललाई उछिन्दै साओमी बन्यो विश्वबजारमा सबैभन्दा बिक्री हुने दोस्रो स्मार्टफोन ब्राण्ड

ग्लोबल स्मार्टफोन बजारमा खरिद गर्ने ट्रेन्डमा ठूलो परिवर्तन देखिएको छ । चिनियाँ स्मार्टफोन कम्पनी साओमी विश्वभर स्मार्टफोन बिक्रीको म…

ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी नेपालमा उपलब्ध

नेपालमा ट्रान्ससेन्डको वाटरप्रुफ प्रोर्टेबल एसएसडी सार्वजनिक भएको छ । नेपालका लागि ट्रान्ससेन्डको आधिकारिक वितरक नागमनी इन्टरनेशनल…

आईएमई पेबाटै अब ईएमआईमा सामसङका स्मार्टफोन किन्न सकिने, यस्तो छ तरिका

डिजिटल वालेट आइएमई पेमार्फत सामसङका सबै प्रकारका मोबाईल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचरबाट जिरो प्रतिशत ब्याजदर इ…

आईफोन १६ सिरिज सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । सोमबार एप्पलले आईफोन १६ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्रो,  आईफोन १६ प्लस…

नेपाली बजारमा सार्वजनिक भयो सामङको एन्ट्री लेभल फोन ‘ग्यालेक्सी ए ०६’, यस्ता छन् सुविधा

नेपाली बजारमा सामसङले ग्यालेक्सी ए ०६ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसङले एन्ट्री–लेभल लाइनअपमा पछिल्लो एडिसनको ग्यालेक्…

उन्नत एआई र फास्ट चार्जिङ सुविधासहित ओप्पो रेनो १२ नेपाली बजारमा सार्वजनिक

ओप्पोले नयाँ एआई फोन रेनो१२ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सा…

अब वानप्लस प्याड गोको ब्याट्रीमा समस्या नआउने, कम्पनीले ल्यायो नयाँ अपडेट

वानप्लसले आफ्नो प्याड गो प्रयोगकर्ताहरूका लागि अक्सिजन ओएस १४.०.०.८०६ अपडेट रिलिज गरेको छ । यो अपडेट ट्याब्लेटमा आइरहेको ब्याट्री…

रेडमी नोट १४ प्रो फाइभजीमा क्वालकमको नयाँ स्नापड्रागन ७ एस जेन थ्री चिपसेट प्रयोग

शाओमी आफ्ना ग्राहकहरूको लागि रेडमी नोट १४ प्रो फाइभजी फोन ल्याउँदैछ । कम्पनीले यस फोनको चिपसेटबारे आधिकारिक जानकारीहरू दिएको…

वानप्लस बड्स प्रो थ्री सार्वजनिक, प्रिमियम अडियो क्वालिटी र सिंगल चार्जमा ४३ घण्टा चल्ने

वानप्लसले आफ्नो नवीनतम फ्ल्यागशिप इयरबड्स वानप्लस बड्स प्रो ३ प्रस्तुत गरेको छ । यी नयाँ बड्स धेरै प्रिमियम फिचरहरूसँग आएका छन् । यस…