ग्याजेट्स
कस्तो छ पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो ?
नेपाली बजारमा इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको इन्फिनिक्स जीटी २० प्रो नेपालमा उपलब्ध भएको हो ।
उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनको साथ स्मार्टफोन बजारलाई परिवर्तन गर्ने दाबी कम्पनीको छ । पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा आवश्यक पर्ने उपकरणहरू यस फोनमा जडान गरिएको कम्पनीको भनाइ छ ।
जीटी २० प्रोमा नेपालको पहिलो मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम अक्ट कोरको साथ उपलब्ध रहेको छ । कम्पनीका अनुसार जीटी २० प्रोमा १८० एमपी ओआईएस मुख्य सेन्सर, २एमपी टेलिफोटो लेन्स र २एमपी म्याक्रो लेन्स सहितको क्वाड-क्यामेरा सेटअप रहेको छ । ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फी र उच्च-गुणस्तरीय भिडियो कल सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
इन्फिनिक्स जीटी २० प्रोले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ, जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ । यो १४४ हर्ज उच्च रिफ्रेस दर र १२० एफपीएसले गेमिङ अनुभवलाई थप जीवन्त बनाउने कम्पनीको भनाइ छ । यसमा पब्जी मोबाइलका लागि ९० एफपीएस र १२० एफपीएस समर्थन, सधैं-चालु एचडीआर र कम-विलम्बता एमईएमसी प्रविधि जस्ता सुविधाहरू प्रदान रहेका छन् ।
यो फोन मेका ब्लु, मेका ओरेन्ज र मेका सिल्भर रंगहरूमा उपलब्ध छ । जीटी २० प्रोले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५डब्लु सुरक्षित चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू रहेका छन् । इन्फिनिक्सको भीसी च्याम्बर कुलिङ प्रविधिले तीव्र गेमिङका क्रममा थर्मल व्यवस्थापन सुनिश्चित गर्दछ ।
जीटी २० प्रोले एन्ड्रोइड १४ आधारित एक्सओएस १४ मा चल्ने छ । फोनमा तीन वर्षको सुरक्षा प्याच अपडेट र दुई एन्ड्रोइड अपग्रेडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
जीटी २० प्रोमा १५ महिनाको वारेन्टी हुने इन्फिनिक्स मोबाइलले जनाएको छ । यसको मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ । नजिकको मोबाइल आउटलेट र अनलाइनमा दराजमार्फत फोन खरिद गर्न सकिने छ ।
ग्याजेट्स
ठूलो गेमको लागि ठुलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर
टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारम…
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक
नेपाली बजारमा भीभो वाई १८ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५६ इन्च आईपीएस एलसीडी भएको भीभो वाई १८ सार्वजनिक भएको हो । …
सामसङको ग्यालेक्सी एम ३५ फाइभजी स्मार्टफोन नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा सामसङको नयाँ फोन ग्यालेक्सी एम ३५ फाइभजी सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षित ग्यालेक्सी एम ३५ सार्वजनिक भए…
एप्पल फोल्डेबल आईफोन कहिले हुनेछ लन्च?
एप्पलको फोल्डेबल फोनको बारेमा लामो समयदेखि चर्चा भइरहेको छ । विज्ञहरूका अनुसार एप्पलले सन् २०२७ अघि फोल्डेबल फोन लन्च गर्ने बारे…
सामसङले घटायो तीन वटा स्मार्टफोनको मूल्य
सामसङ नेपालले तीन वटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए २५ फाइभजी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को …
रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने
जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो …
लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?
रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.…
फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै
नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक …
विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक
विश्वको पहिलो अल्ट्रावाइड ल्यापटप असुस जेनबुक डुओ (२०२४) नेपालमा सार्वजनिक गरिएको छ । यो ल्यापटप डुअल डिस्प्लेसँगै डि…
१० महिनामा २४ अर्ब बढीका स्मार्टफोन आयात
चालु आर्थिक वर्षको २०८०-८१ को १० महिनामा १५ लाख २८ हजार ६४४ थान स्मार्टफोन आयात भएको छ ।
६ हजार एमएएच ब्याट्रीसहित ग्यालेक्सी एम १५ फाइभजी नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सामसङ नेपालले सेग्मेन्टकै अग्रणी सुविधाहरूसहित ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक गरेको छ ।
मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिने माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा
माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) …
क्यारो आईपी टिभीको सेवा सुरू, १ वर्षको प्याकेजमा २०० एमबिपिएसको इन्टरनेटसँगै निःशुल्क सेटअप बक्स
आईपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले आफ्नो सेवा सुरू गरेको छ । क्यारो टिभीमा २०० बढी लाइभ एचडी र एसडी खेल…
विद्युत खपत कम गर्ने माइडियाको फ्यान
सीजी इलेक्ट्रोनिक्सले घरलाई चिसो र आरामदायी राख्न डिजाइन गरिएको माइडियाको फ्यान नेपाली बजारमा सर्वत्र उपलब्ध रहेको जानकारी गराएको छ ।
…अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी २, मूल्य २ लाख ३९ हजार
नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हल…