ग्याजेट्स
नेपालमा उच्च गुणस्तरको क्यामियो फायर १०० इयरबड्स आउँदै, ४० घण्टाको ब्याकअप सुविधा
नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड प्रवेश गर्न लागेको छ । नेपालमा अन्तराष्ट्रिय ब्राण्डहरु कोर्न र रिभरसंग ब्राण्डको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी क्यामियो इन्टरनेशनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय इयरबड्स भित्र्याउन लागेको हो।
कम्पनीले क्यामियो ब्राण्डमा नयाँ उच्चस्तरीय एसेसरिजहरु नेपाली बजारमा ल्याउने भएको छ। युवा प्रयोगकर्ताहरुको चाहना र बजार मागलाई ध्यानमा राखेर नयाँ ईयरबड्स सार्बजनिक गर्न लागेको कम्पनीले जनाएको छ ।
नयाँ क्यामियो फायर १०० इयरबड्समा उच्च गुणस्तरको स्टेरियो एचडी साउण्ड क्वालिटी रहेको छ भने एक पटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिनेछ। यति मात्र नभई यो क्यामियो फायर १०० इयरबड्स ३० दिनको स्ट्याण्डबाई सुविधा रहेको छ। यसले तपाईँलाई कतै बाहिर घुम्न जाँदा चार्जिङ्गको चिन्ताबाट पुरै मुक्त गर्दछ।
इयरबड्सलाई पसिना र धुलोले नबिगार्ने गरी स्वीट एण्ड डस्ट रेसिस्टेन्ट फिचर रहेको छ। क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ नविनतम ब्लूटुथ भर्सन ५.३ रहेको छ। जसले सजिलै तपाईँको स्मार्टफोनसँग कनेक्ट गर्न सक्दछ।
अहिलेका युवाको चाहनाअनुसारको आकर्षक डिजाइन रहेको क्यामियो फायर १०० इयरबड्समा रहेको लो लेटेन्सीले मोबाइल गेम खेल्दा गेमिङ्ग मोड अन गरेर सिधै कनेक्टमार्फत तपाईँलाई गेममा अग्रता हासिल गर्न सहयोग प्रदान गर्दछ।
एआई-इएनसी रहेको इयरबड्सले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गरेर चाहेअनुसारको साउण्ड प्रदान गर्दछ। क्यामियो फायर १०० इयरबड्समा प्रयोगकर्ताको सुबिधाको लागि इयरबड्समा ५० एमएएचको ब्याट्री पावर रहेको छ भने इयरबड्स चार्जिङ्ग बक्समा शक्तिशाली ४०० एमएएचको ब्याट्री प्याक रहेको छ, जसलाई तपाईँले केबल १ घण्टामा नै फुल चार्ज गर्न सक्नुहुनेछ।
ग्याजेट्स
२०० मेगापिक्सेल क्यामेरासहित अनर ९० फाइभजी विश्वव्यापी रूपमा सार्वजनिक हुँदै
२०० मेगापिक्सेल क्यामेरा र ५१२ जीबी इन्टर्नल स्टोरेज भएको शक्तिशाली अनर ९० फाइभजी स्…
एप्पलको आइफोन १५ सार्वजनिक, यस्ता छन् फिचर
एप्पलले नयाँ आईफोन १५ लाई सेपटेम्बर १२ मा भएको लाइभ कार्यक्रममा प्रस्तुत गरेको छ । …
२०० मेगापिक्सेल क्यामेराका साथ रेडमी नोट १३ स्मार्टफोन सार्वजनिक हुने
कम्पनीले रेडमी नोट १३ स्मार्टफोनमा २०० एमपी क्यामेरा उपलब्ध गराउने भएको छ । यहीकार…
ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोन ल्याउँदै सामसङ
दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले ग्यालेक्सी एस २४ अल्ट्रा सार्वजनिक गर्ने तय…
ह्वावेको नयाँ फोल्डेबल स्मार्टफोन मेट एक्स फाइभ सार्वजनिक
चिनियाँ ब्राण्ड ह्वावेले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ह्वावे मेट एक्स फाइभ सार्वजनिक …
नेपालमा फाइभजी उपकरण उपललब्ध गराउने तयारीमा सामसङ
विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैं अग्…
सेप्टेम्बरमा सार्वजनिक हुने स्मार्टफोन
सेप्टेम्बरमा स्मार्टफोन बजारमा धेरै ओटा नयाँ स्मार्टफोन सार्वजनिक हुने भएका छन् । एप्प…
सुतेको समय आइफोन चार्जमा नराख्न एप्पलको आग्रह
तपाईले धेरै पटक सुन्नु भएको होला, फोन चार्ज गर्ने क्रममा सुत्दा दुर्घटना खबर । यस स…
डब्लु सिरिज सार्वजनिक गर्दै सामसङ्ग
सामसङ्गले सेप्टेम्बर १५ मा आफ्नो डब्लु सिरिज सार्वजनिक गर्दैछ । कम्पनीको डब्लु सिरिज च…
स्याटेलाइट कलिङ फिचर भएको ह्वावेको नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक
ह्वावेको नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक भएको छ । कम्पनीले बिना कुनै जानकारी …
शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज…
यी फिचरका साथ एप्पल १५ सिरिज सार्वजनिक हुने
सेपटेम्बर आउन लागेसँगै आइफोन १५ सार्वजनिक हुने समय पनि निकै नजिकिदै गएको छ । एप्…
कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा
कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्…
अगस्ट २९ मा वानप्लसले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने
इलेक्ट्रोनिक कम्पनी वानप्लस आफ्नो पहिलो फोल्डेबल फोनको साथ छिट्टै बजारमा सार्वजनिक हु…
सामसङको ग्यालेक्सी जेड फ्लिप–५ र जेड फोल्ड–५ सार्वजनिक
सामसङले औपचारिक रुपमा ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक गरेको …