कीवर्डहरू -

ग्याजेट्स

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स एट एक्टिभ नेपालमा

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ, जुन दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको छ ।

डिजाइन: रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ, जसले लामो समय प्रयोग गर्दा पनि दबाब कम हुने भएकोले असहज हुँदैन । यसको हल्का बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र समाउन/बोक्न पनि सजिलो छ ।

ब्याट्री र चार्जिब: यी बड्सले एक पटक चार्ज गर्दा बढिमा ७ घण्टा र चार्जिब केससहित ३७ घण्टासम्म प्रयोग गर्न किन्छ । १० मिनेटको छिटो चार्जले करिब २ घण्टा प्रयोग गर्न मिल्ने ब्याट्री दिन्छ । सुधारिएको ब्याट्री क्षमताका कारण बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता पनि हुँदैन ।

प्रदर्शन (परफर्मेन्स): राम्रो साउण्डका लागि बनाइएका यी इयरबड्समा ठूलो टाइटा नियमयुक्त ड्राइभर राखिएको छ । यो टाइटानियम कोटिब भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट र राम्रो साउण्ड दिन्छ । एएसी कोडेकले अडियो डेटा कम्प्रेस गर्दा पनि आवाजको विवरण जोगाएर राख्छ र गुणस्तर घट्न दिँदैन । त्यसैले तपाईँले स्पष्ट, विस्तृत र गहिरो (इमर्सिभ) ध्वनी पाउनु हुनेछ ।

न्वाइज रिडक्सन प्रविधि: प्रयोगकर्ताले डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोगले अझ स्पस्ट आवाज सुन्न र बोल्न सक्नेछन् । यसको प्रयोगले वरपरको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउँछ । साथै, हावाको आवाज कम
गर्ने प्रविधिले ६ मिटर प्रति सेकेन्डसम्मको हावाको चापमा पनि राम्रो प्रदर्शन गर्दछ ।

स्मार्ट कनेक्टिभिटी: गुगल फास्ट पियरको सहयोगले छिटो र सहज रूपमा कनेक्ट गर्न सकिन्छ । साथै, दुई वटा डिभाइससँग एकैचोटि कनेक्ट हुने सुविधा भएकाले सजिलै स्विच गर्न मिल्छ ।

पानी र धुलो प्रतिरोध: यी बड्स पानीका छिटा र धुलोबाट सुरक्षित छन् । त्यसैले यात्रा, दैनिक आवागमन वा व्यायाम गर्ने समयमा पनि प्रयोग गर्न उपयुक्त छन् ।

उपलब्धता: रेडमी बड्स ८ एक्टिभ कालो र सेतो दुई रंगमा उपलब्ध छ । यसको मूल्य रु. ४,४९९ रहेको कम्पनीले जनाएको छ ।

ग्याजेट्स

सामसंग नेपालको विशेष अफर : रेमिटेन्स पठाउनेलाई बोनस डाटा, इएमआई र क्यासब्याक

काठमाडाैं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रुपमा सशक्त सामसंग नेपालले “सपना…

दुई भागमा छुटिने अनौठो वायरलेस माउस, गेमिङ कन्ट्रोलरको रुपमा पनि प्रयोग गर्न मिल्ने

काठमाडौं । पिक्सेलपाउ ल्याब्सले ‘फेज’ नामक नयाँ वायरलेस माउस सार्वजनिक गरेको छ, जसलाई बीच…

रेजरद्वारा कम लेटेन्सी र छिटो डिभाइस स्विचिङसहित नयाँ गेमिङ इयरबड्स सार्वजनिक

रेजरले नयाँ गेमिङ इयरबड्स सार्वजनिक गरेको छ। कम लेटेन्सी र छिटो डिभाइस स्विचिङ सुविधासहित आएका यी इयरबड्स गेमिङ अनुभवलाई अझ …

नेपाली बजारमा साओमीको ६.८८ इन्च डिस्प्ले र ५२०० एमएएच ब्याट्रीसहित रेड्मी ए–सेभेन सार्वजनिक

साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए–सेभेन सार्वजनिक गरेको छ। उत्कृष्ट डिजाइन र ठूलो डि…

एआई फिचरसहित नेपालमा अनर ‘म्याजिक अफ ८’ सिरिज सार्वजनिक

नेपाली स्मार्टफोन बजारमा प्रविधि र स्टाइलको नयाँ बहस छेड्दै अनरले आफ्नो बहुप्रतिक्षित ‘Magic of 8’ लाइनअप सार्व…

भिभोले नेपाली बजारमा भी ७० सार्वजनिक गर्‍यो, उन्नत क्यामेरा र टिकाउ डिजाइनमा जोड

भिभोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भी ७० सार्वजनिक गरेको छ। कम्पनीले विशेषगरी उच्च गुणस्तरको फोटो तथा भिडियो खिच्न चाहन…

अनर एक्स८०आई सात हजार एमएएच ब्याट्री र मेडिया टेक डाइमेन्सिटी ६५०० प्रोसेसरसहित सार्वजनिक

अनरले आफ्नो एक्स-श्रृंखलामा नयाँ स्मार्टफोन अनर एक्स८०आई थपेको छ। यो फोन ७,००० एमएएचको ठूलो ब्याट्री र मेडिया टेक डाइमेन्सिटी ६५…

नेपालमा इंटेल सिरिज २ र आरटीएक्स ५०५० ग्राफिक्ससहित एसर नाइट्रो भि १५(२०२५) सार्वजनिक

नेपालमा एसरले आफ्नो नयाँ गेमिङ ल्यापटप एसर नाइट्रो भि १५ (२०२५) बजारमा ल्याएको छ। यो नयाँ मोडल आरटीएक्स ३०५०, आरटीएक्स ४०५० र…

सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक गर्दै प्रि-अर्डर खुला गर्‍यो

सामसङ नेपालले आफ्नो लोकप्रिय 'ए' सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाल…

जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक, गेमिङ्गका लागि नयाँ विकल्प

ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो प्रतिष्ठित गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा आधिकारिक रूपमा स…

किचन टेबलदेखि अमेरिकी नेवीसम्म: ११६ वर्षअघि संसारको पहिलो व्यावहारिक हेडफोन कसरी बनाइयो, जान्नुहोस्

अडियो प्रविधिको इतिहास कुनै एक आविष्कारकबाट सीधै संसारसम्म पुगेको कथा होइन। १९औँ शताब्दीको अन्त्यतिर बेलायतको इलेक्ट्रोफोन र प्र…

६५०० एमएएच ब्याट्री र आईपी६५ रेटिङसहित भिभो वाई०५ नेपाली बजारमा सार्वजनिक

नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ। काठमाडौँमा एक कार्यक्रमक…

मेमोरी-स्टोरेज र चिप्सको मागले पीसी बजारमा दबाब, ल्यापटपको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने

पीसी बजारमा ठूलो गिरावट र बढ्दो कम्पोनेन्ट लागतको मार परिरहेको छ, उद्योग विश्लेषकहरूले यी कारकहरूले ल्यापटपको मूल्य लगभग ४० प्र…

प्रिमियम डिजाइन र एआई फिचरसहित नथिङ फोन ४ए नेपालमा

स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो बहुप्रतिक्षित ‘फोन फोर ए’ सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतक…

ग्यालेक्सी बड्स ४ प्रो: प्रिमियम साउन्ड र एआई–सक्षम नोइज क्यान्सलेसन

सामसङले आफ्नो सबैभन्दा उन्नत र परिष्कृत वायरलेस इयरबड्स ‘ग्यालेक्सी बड्स ४ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ।&nbs…