कीवर्डहरू -

ग्याजेट्स

रियलमी सी ७५ नेपालमा सार्वजनिक, अहिलेसम्मकै बलियो र विशेषतायुक्त स्मार्टफोन भएको दावी

रियलमीले अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन दावी गरेको रियलमी सी ७५ नेपालमा सार्वजनिक भएको छ । उच्च प्रविधि र कार्यक्षमता प्रदान गर्ने रियलमी सी ७५ कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न डिजाइन गरिएको छ ।

आईपी ६९ रेटेड वाटर एण्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स फिचर पनि रहेको रियलमी सि ७५ जस्तोसुकै परिस्थितिहरूमा पनि भरपर्दो रहनेछ । आर्मसेल ग्लास, उच्च–स्तरको पानी प्रतिरोधी प्रविधि, एआई पावर्ड फिचरहरुका साथमा रियलमी सि ७५ ले स्मार्टफोनको परिभाषा नै बदल्नेछ ।

बलियोपना र अत्याधुनिक प्रविधिको संयोजन रहेको रियलमी सि ७५ ले दृढ़ता र नवीनतामा नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास रहेको छ । आईपी ६९ पानी प्रतिरोधी सुरक्षासहित यो २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमतासहित आउँछ ।

६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङले लामो समयसम्म चल्नुको साथमा छिटो चार्ज हुने सुविधा प्रदान गर्दछ । अत्याधुनिक एआई फिचरहरु, एआई क्लियर फेस र एआई स्मार्ट लुपले फोटोग्राफीले प्रोटक्टीभिटीलाई नयाँ उचाइमा पुर्‍याउने छ । यसमा रहेको आर्मसेल ग्लासले २६० प्रतिशत बढी ड्रप रेजिस्ट्यान्ट तथा ४०० प्रतिशत बढी स्क्राच रेजिस्ट्यान्ट बनाएको छ । 

६.७२ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, अल्ट्रा–स्मूथ र भाइब्रेन्ट डिस्प्लेको साथमा प्रयोगकर्ताले बलियोपना, कार्यक्षमता र डिजाइनको मिश्रण अनुभव गर्न पाउनेछन् । नेपालमा ८ जीबी र्‍‍याम प्लस १२८ जीबी स्टोरेज रहेको रियलमी सी ७५ को मूल्य २६ हजार ९९९ रूपैयाँ र ८ जीबी र्‍‍याम प्लस २५६ जीबी स्टोरेज रहेको फोनको मूल्य २९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

ग्याजेट्स

बर्ली एयर कूलर नेपालमा सार्वजनिक

भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरे…

साओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक, प्रि-बुकिङमा वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क

साओमीले साओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको &lsquo…

एआई सुविधासहितको असुस जेनबुक १४ मा ल्यापटप नेपालमा

नेपालमा असुसले एआई-सक्षम कोपाइलट प्लस पीसीको विस्तारित श्रृंखला सार्वजनिक गरेको छ । नयाँ श्रृंखलामा एएमडी राइजेन एआई ३०० सिरि…

नेपालमा आईपुग्यो नथिङ फोन थ्री ए

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी सम…

साओमीको रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

साओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ, जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायर…

८ जीबी र्‍याम र १२८ जिबी स्टोरेज भेरियन्टको रियलमी सी ६३ नेपालमा, मूल्य २० हजार

रियलमीको रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी सी ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, …

रियलमी नोट ६० र नोट ६० एक्स नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपाली बजारमा भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्…

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै

रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन …

नेपाली बजारमा असुस भी१६ गेमिङ ल्यापटप सार्वजनिक

असुस नेपालले नेपाली बजारमा असुस भी१६ (V3607) गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । १६ इन्चको इन्ट्री-लेभल गेमिङ ल्यापटपमा उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उच्च रि…

रियलमी सी ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै, १ मिनेट चार्जमा १ घण्टा कल

रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्…

एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

टेलिटक प्रालिले आज आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । स्पस्ट डिटेल तथा तुरुन्तै शेयर …

नेपाली बजारमा मोटोरालाका स्मार्टफोन

मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । …

एप्पलले तीन वर्षपछि ल्यायो इन्ट्री लेभलको फोन ‘आईफोन १६ ई’, कति छ मूल्य ?

एप्पलले तीन वर्षपछि अन्ततः इन्ट्री लेभलको आईफोन सार्वजनिक गरेको छ । आईफोन १६ ईले कम्पनीको लाइनअपमा आईफोन एसईलाई प्रतिस्थापन गरेक…

म्याक्सबेसको वायरलेस इयरबड्स बजारमा

नेपाली अडियो ब्राण्ड म्याक्सबेसले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ । 

साओमी १४ टी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुन…