कीवर्डहरू -

ग्याजेट्स

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेष गरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो ।

फ्ल्यागशिप स्तरका गेमिङ फिचर, उन्नत कुलिङ प्रणाली तथा शक्तिशाली ब्याट्री क्षमतासहित यस स्मार्टफोनले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । हाइ स्पिड र उत्कृष्ट प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको यस फोनमा १.५के १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिंग इण्डस्ट्रिमै पहिलो पटक प्रयोग गरिएको बिल्ट-इन कुलिङ फ्यान, तथा ८० वाट फास्ट चार्जिङसहितको ६,२१० एमएएच डुअल-सेल ब्याट्री उपलब्ध छ ।

यी विशेषताले लामो समयसम्म स्मुथ गेम प्ले, प्रभावकारी हिट म्यानेजमेन्ट तथा अविरल गेमिङ अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ । लन्चका अवसरमा जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले नुबिया नियो ५ जीटी ५जी नेपालका बढ्दो मोबाइल गेमर समुदायलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने उद्देश्यले विकास गरिएको बताए ।

अत्याधुनिक कुलिङ प्रणाली, छिटो प्रतिक्रिया दिने कन्ट्रोल तथा शक्तिशाली ब्याट्रीका साथ यसले उचित मूल्यमा प्रिमियम गेमिङ अनुभव प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरे । त्यसैगरी शंकर ग्रुप तथा जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले गेमिङ स्मार्टफोनको बढ्दो मागलाई ध्यानमा राख्दै यस स्मार्टफोनले नेपाली उपभोक्तालाई नवीन प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट मूल्यको संयोजन प्रदान गर्ने बताए ।

null

१२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध नुबिया नियो ५ जीटी ५जी को मूल्य रु. ७७,९९९ निर्धारण गरिएको छ । यो स्मार्टफोन नेपालभर जगदम्बा मोबाइल्स प्रा.लि. मार्फत उपलब्ध हुनेछ भने ग्राहकहरूले ०% ब्याजदरको ईएमआई सुविधा मार्फत पनि यो खरिद गर्न सक्नेछन् ।

यसै महिनाको सुरुवातमा जेडटिईले ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा ‘नुबिया नियो ५ ५जी’ पनि नेपाली बजारमा सार्वजनिक गरेको थियो, जसको मूल्य रु. ५५,९९९ रहेको छ । युनिसोक टी९३०० अल्टिमेट चिपसेट, ६.८ इन्चको १२० हर्ट्ज डिस्प्ले, ५० मेगापिक्सेल एआई डुअल रियर क्यामेरा तथा ४५ वाट बाइपास चार्जिङसहितको ६,०५० एमएएच ब्याट्री जस्ता विशेषता यसमा रहेका छन् ।

जेडटिईले यसअघि रेडम्याजिक ११ प्रो पनि सार्वजनिक गरिसकेको छ । यी स्मार्टफोनहरूको आगमनसँगै जेडटिईले नेपालमा आफ्नो गेमिङ स्मार्टफोन पोर्टफोलियोलाई थप सुदृढ बनाएको छ ।

ग्याजेट्स

रियलमीद्वारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधासहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । …

उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन साओमी १७टी सार्वजनिक गरेको छ । उत्क…

एप्पलले छाडेन आइफोन ११ को साथ, आईओएस २७ अपडेट सुनिश्चित

काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा मोबाइल अपरेटिङ सिस्टमको कार्यसम्पादन सुधार गर्नुका साथै एप्पल इन्टेलिजेन्…

नक्कली स्मार्टफोन र एक्सेसरीज पहिचान गर्ने सजिलो तरिका

काठमाडौं । कल्पना गर्नुहोस्, तपाईंले एउटा नयाँ स्मार्टफोन किन्नुभयो र पछि थाहा भयो कि त्यो नक्कली रहेछ । …

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? र्याम र क्यामेराभन्दा पहिले यी कुरा हेर्नुहोस्

काठमाडौं । नयाँ स्मार्टफोन किन्नु अब केवल धेरै र्याम वा सबैभन्दा राम्रो क्यामेरा छान्ने जत्तिकै सजिलो रहेन…

नेपालमा साओमी १७ टीको प्रि-अर्डर खुला, रेड्मी बड्स र साओमी ट्याग नि:शुल्क पाइने

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी १७ टीको प्रि-अर्डर खुला गरेको छ । …

सामसङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर, आकर्षक छुटसँगै फाइनान्सिङ सुविधा

काठमाडौं । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक विशेष एक्सचेन्ज अभि…

आकर्षक डिजाइन र पर्फमेन्ससहित शाओमीको नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक

काठमाडौं ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७" सार्वजनिक गरेको…

सामसङ नेपालको ‘Samsung Saving Days’ अफर सार्वजनिक, पाइन्छ यस्ता सुविधा

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि लक्षित गर्दै ‘सामसङ सेभिङ डेज’ (Samsung Saving…

एआई ध्वनि शुद्धीकरणदेखि स्मार्ट ट्र्याकिङसम्म, साओमीका नयाँ डिभाइस सार्वजनिक

काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआईमा आधारित दुई नयाँ इन्टरनेट अफ थिंस (एआईओटी) उपकरण साओम…

गूगल आइ/ओ २०२६ मा जेमिनी-सञ्चालित एन्ड्रोइड एक्सआर स्मार्ट ग्लास सार्वजनिक, फिचरयुक्त दुई नयाँ श्रेणी घोषणा

काठमाडौं । मंगलबार आयोजना गरिएको गूगल आइ/ओ २०२६ कीनोटका क्रममा गूगल र स्यामसङ्गले आफ्ना नेक्स्ट-जेनेरेस…

मोटोरोलाका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा द…

सामसङ ग्यालेक्सी S26+ मा रु २३ हजार क्यासब्याक अफर

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी S26+ ले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । जसले ग्राहकहरुलाई अ…

२ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए ६ सी सार्वजनिक

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए ६ सी’ सार्वजनिक गरेको छ । आकर्षक प्रिमियम…

मोबाइलपछि अब ल्यापटपमा एआईको नयाँ फिचरहरु उपलब्ध, यी स्मार्ट फिचर्सले बदल्दैछन् काम गर्ने तरिका

काठमाडौं । मोबाइलपछि अब ल्यापटपमा पनि थुप्रै एआई फीचर्स आउन थालेका छन् । एआई फीचर्सले केवल प्रविधिलाई आ…