नयाँ प्रविधि
प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू, आईटी करियर, एआई र मेटाभर्स बारे छलफल हुँदै
होटल याक एण्ड यतीमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीले आयोजना गरेको उक्त कन्क्लेभ शुरू भएको हो ।
दोस्रो संस्करणको रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ ।
आइटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजीरहेका र आइटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरुको लागि यो कार्यक्रम महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।
कार्यक्रमको किनोट स्पीकरणको रूपमा प्रोफेसर डा.शसिधर राम जोशीको उपस्थिति रहेको छ । यस कन्क्लेभमा ३ महत्वपूर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन् ।
पहिलो सेसनको छलफलमा एशोसिएट प्रोफेसर डा. बालकृष्ण बल, डा. विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जिब प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन् । पहिलो सेसन नेपालको सन्दर्भमा आईटी रिसर्च र इन्नोभेसन विषयमा छलफल हुनेछ ।
नेपालमा आईटी करियर विषयमा हुने दोस्रो सेसनमा दृष्टि कन्साकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला वक्ताका रूपमा रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिहं, डा.भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहनेछ ।
अन्तिम सेसनमा एआई, ब्लकचेन र मेटाभर्सको विषयमा छलफल हुनेछ । कार्यक्रममा प्यानल डिस्कसनसँगै क्यूएनए सेसन पनि राखिएको छ ।
नयाँ प्रविधि
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अटोमेसन प्रणालीको सुरुवात
ब्लकचेननै त्यो प्रबिधि हो, जसबाट बिटकोईन, इथेरिएम जस्ता क्रिप्टोकरेन्सिहरु बनाईएको …
ह्वावेले जारी गर्यो एआर ह्वाइट पेपर
फाइभजी प्लस एआरको लागि ह्वावेको बेटर वर्ल्ड शिखर सम्मेलनमा ह्वावे क्यारीयर बीजी सीएम…
अटोमेसनको बढ्दो प्रयोग, मानवलाई नै नियन्त्रण गर्ने त होइन ?
आजभोलि ठुल्ठुला सपिङ मल र बैंकका भवनमा ढोका आफै खुन्ने र बन्द हुने गर्छन् ।
गूगलले आफ्नो गूगल म्यापमा नयाँ एआर टूल हालेको छ । गूगलले केही दिन अघि गूगल म्याप…
अलिबाबा क्लाउडले आगामी ३ वर्षमा २८ बिलियन डलर पूर्वाधारमा लगानी गर्ने
अलिबाबा क्लाउडले आगामी ३ वर्षमा २८ बिलियन अमेरिकी डलर भन्दा बढी रकम आफ्नो पूर्वाधा…
क्लाउड स्टोरेजका लागि माइक्रोसफ्ट आजुर : कस्ता छन् विशेषता ?
माइक्रोेसफ्ट आजुर माइक्रोेसफ्टले निर्माण गरेकोे एउटो क्लाउड सर्भिस हो । यो माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरको एक विश्वव्यापी स…
क्लाउड स्टोरेजमा अरुभन्दा कसरी फरक छ गुगल क्लाउड प्लाटफर्म ?
गूगलले प्रदान गरेको गूगल क्लाउड एक क्लाउड कम्प्युटिङ सर्भिसहरुको प्लेटफर्म हो, जुन गूगलले आफ्नो गूगल सर्च, यूट्युबजस्ता प्रडक्ट…
उत्कृष्ट ५ क्लाउड स्टोरेजहरु
प्रयोगकर्ता र विभिन्न संगठनहरुले न्यूनतन खर्च गरेर आफ्नो डाटाहरु सेभ गर्न मिल्ने क्लाउड स्टोरेजहरु खोजिरहेका हुन्छन् । त्यसैगर…
क्लाउड कम्प्युटिङका फाइदा
फ्लपी डिस्क, सिडी, युएसबी फ्लास ड्राइभ जस्ता उपकरणहरु डाटा र फाइल सेयरिङको लागि प्रयोग गरिँदै आइरहेको बेला अब भर्चुअल स्प…