नयाँ प्रविधि
मेटाले ल्यायो नयाँ फीचर : अभिभावकले बच्चाको एआई प्रयोग ट्र्याक गर्न सक्ने
काठमाडौं । Meta ले अभिभावकहरूका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ, जसअन्तर्गत उनीहरूले १८ वर्षभन्दा कम उमेरका आफ्ना बालबालिकाले Facebook, Instagram र Messenger मा रहेको Meta AI कसरी प्रयोग गरिरहेका छन् भन्ने बुझ्न सक्नेछन् ।
कम्पनीका अनुसार यो नयाँ सुविधा ‘Supervision Hub’ भित्र रहेको ‘Insights’ ट्याबमा उपलब्ध हुनेछ । यसमार्फत अभिभावकहरूले आफ्नो बच्चा Meta AI सँग कुन कुन विषयमा कुराकानी गरिरहेको छ भन्ने सामान्य जानकारी हेर्न सक्नेछन् ।
तर Meta ले स्पष्ट गरेको छ, यसमा प्रत्यक्ष च्याटको विवरण देखाइँदैन । केवल विषयगत श्रेणीहरू मात्र देखाइनेछन्, जसले बालबालिकाको गोपनीयता (privacy) पनि कायम राख्नेछ ।
उदाहरणका लागि, यदि बालबालिकाले स्कूल, मनोरञ्जन, जीवनशैली, यात्रा, लेखन वा स्वास्थ्य तथा कल्याणसँग सम्बन्धित विषयमा AI प्रयोग गरेका छन् भने ती श्रेणीहरू देखिनेछन् । जीवनशैली अन्तर्गत फेसन, खाना र छुट्टीजस्ता विषय पनि समावेश हुन सक्छन् । त्यस्तै, स्वास्थ्य तथा कल्याणमा फिटनेस, शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी विषयहरू देखिन सक्छन् ।
कम्पनीले यो सुविधाको उद्देश्य बालबालिकामाथि निगरानी (जासुसी) गर्नु नभई अभिभावक र बालबालिकाबीच डिजिटल गतिविधिबारे संवाद सुरु गर्न सहयोग गर्नु रहेको जनाएको छ । यदि बालबालिका कुनै विशेष विषयमा बढी समय बिताइरहेका छन् भने अभिभावकहरूले त्यसबारे सहज रूपमा छलफल गर्न सक्नेछन् ।
हाल यो सुविधा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र ब्राजिलमा उपलब्ध छ । Meta ले आगामी हप्ताहरूमा यसलाई अन्य देशहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ । यसका साथै Meta ले युवाहरूका लागि सुरक्षित AI प्रयोग सुनिश्चित गर्न ‘AI Wellbeing Expert Council’ नामक विशेषज्ञ समूह पनि गठन गरेको छ । यो पहलले भविष्यमा बालबालिकाका लागि डिजिटल सुरक्षालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नयाँ प्रविधि
डिप्सिकको नयाँ एआई मोडेल सार्वजनिक, विश्व प्रविधि बजारमा हलचल
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन र अमेरिकाबीच प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप …
एआईको सहयोगमा फायरफक्स सुरक्षित : २७१ कमजोरी एकैपटक फिक्स
काठमाडौं । Mozilla ले आफ्नो लोकप्रिय वेब ब्राउजर Mozilla Firefox web browser मा रहेका २७१ वटा सुरक्षा कमजो…
जेमिनी फर होममा नयाँ सुविधा : बिना रोकटोक निरन्तर कुराकानी सम्भव
काठमाडौं । गुगलले आफ्नो “Gemini for Home” सेवामा नयाँ “निरन्तर संवाद” (Continued…
फ्रीबाट प्रिमियमतर्फ ह्वाट्सएप : नयाँ सेवा परीक्षणमा
काठमाडौं । लोकप्रिय म्यासेजिङ एप WhatsApp ले प्रयोगकर्ताको अनुभवलाई थप व्यक्तिगत बनाउन नयाँ सशुल्क सेवा परीक्ष…
माइक्रोसफ्टको नयाँ परीक्षण : एजबाटै विन्डोजका नयाँ फिचर थाहा पाउन सकिने
काठमाडौं । माइक्रोसफ्टले पीसी प्रयोगकर्ताको कार्यक्षमता बढाउन नयाँ तरिका अपनाउँदै अब विन्डोजका नयाँ फिचरहरूबा…
लिंक्डइनले ल्यायो क्रसचेक फिचर : अब एकै प्लेटफर्ममा धेरै एआई मोडेल
काठमाडौं । LinkedIn ले नयाँ क्रसचेक फिचर परीक्षण गरिरहेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले OpenAI, Anthropic, …
भिडियो कल अब झन् रोचक : व्हाट्सएपले ल्यायो एआई ब्याकग्राउन्ड सुविधा
काठमाडौं । WhatsApp ले भिडियो कल अनुभवलाई अझ उन्नत र व्यक्तिगत बनाउन AI Genereted Background प्रयोग गर्ने न…
गूगल जेमिनीमा ‘पर्सनल इन्टेलिजेन्स’ फिचर : सिर्जनामा नयाँ क्रान्ति
काठमाडौं । गूगलले आफ्नो एआई प्लेटफर्म Gemini मा नयाँ फिचर थप्दै डिजिटल सिर्जनात्मकताको अनुभवलाई अर्को तहमा पु…
विन्डोज प्रयोगकर्ताहरूका लागि राहत : सबै गोपनीयता सेटिङहरू अब एकै ठाउँमा
काठमाडौं । आजकल Windows ले बेलाबेलामा सुविधाका लागि भन्दै नयाँ प्रयोग गरिरहेको हुन्छ, जसले कतिपय अवस्थामा …
गुगलको जेमिनी अब म्याकमा : किबोर्ड सर्टकटमै एआई च्याट
काठमाडौं । Google ले म्याक कम्प्युटरका लागि आफ्नो एआई सहायक Gemini को नेटिभ एप सार्वजनिक गरेको छ । यससँगै क…
Google Gemini अब झन् स्मार्ट : तपाईंको Gmail र Photos हेरेर दिन्छ व्यक्तिगत जवाफ!
काठमाडौं । गुगलले आफ्नो AI एप Gemini लाई अझ स्मार्ट बनाएको छ । कम्पनीले ‘Personal Intelligence&rsquo…
गुगल जेमिनाईले ल्यायो ‘नोटबुक’ फिचर, च्याट, फाइल र एआई कार्यप्रवाह व्यवस्थित गर्न सहज
गुगलले आफ्नो जेमिनाई एपमा नयाँ नोटबुक सुविधा सार्वजनिक गरेको छ। यो फिचर प्रयोगकर्ताहरूलाई लामो समयसम्म चल्ने कुराकानी, फाइलहर…
अब तेस्रो पक्षका टुलमार्फत मात्रै क्लड निःशुल्क प्रयोग गर्न सकिने
एन्थ्रोपिकले आफ्नो क्लड एआई (Claude AI) तेस्रो पक्षका एप तथा टुलमार्फत प्रयोग गर्ने प्रयोगकर्ताका लागि अब निःशुल्क सुविधा उपलब्ध नगर…
के हो ‘घोस्ट मर्मर’? ४० माइल टाढाबाटै अमेरिकी एयरम्यानको मुटुको धड्कन पत्ता लगाउने गोप्य प्रविधि
आईतबार (५ अप्रिल) मा, अमेरिकाको स्पेसल फोर्सले इरानमा एक ठूलो र जोखिमपूर्ण अपरेसन गर्यो। यसको उद्देश्य दुई दिनअघि आफ्…
कोपाइलटमा पूर्ण भर नपर्न माइक्रोसफ्टको चेतावनी, ‘मनोरञ्जनका लागि मात्र’ प्रयोग गर्न आग्रह
माइक्रोसफ्टले आफ्नो सेवा सर्तमा उल्लेख गरेको छ कि माइक्रोसफ्ट कोपाइलट केवल मनोरञ्जनका लागि प्रयोग गर्नुपर्ने हो। यसको अर्थ कोपाइलटल…