नयाँ प्रविधि
माइक्रोसफ्टको नयाँ विन्डोज ११ अपडेट : कसरी गर्ने इन्स्टल र के छन् नयाँ फिचर ?
काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ का लागि नयाँ Optional Update सार्वजनिक गरेको छ, जसले अपरेटिङ सिस्टमलाई अझ छिटो र सहज बनाउने बताइएको छ । यो अपडेटमा “Low Latency Profile” नामक नयाँ फिचर समावेश गरिएको छ, जसले केही परिस्थितिमा पीसीको कार्यक्षमता सुधार गर्दै सिस्टमलाई अझ बढी responsive बनाउने कम्पनीको दाबी छ ।
विन्डोज सेन्ट्रलका अनुसार यो अपडेट माइक्रोसफ्टको गोप्य “Windows K2 Project” अन्तर्गत आएको पहिलो कदम हो । उक्त प्रोजेक्टको मुख्य उद्देश्य सन् २०२७ सम्म विन्डोज ११ को कार्यक्षमता निरन्तर सुधार गर्दै प्रयोगकर्ता अनुभवलाई अझ उत्कृष्ट बनाउनु हो ।
नयाँ अपडेटले एप लन्च गर्ने गति तथा कोर सिस्टम अनुभवलाई अझ छिटो बनाउने बताइएको छ । साथै Start Menu, Search र Action Center जस्ता प्रमुख फिचरहरू पनि बढी उत्तरदायी (responsive) हुने जनाइएको छ । यो सुधार “Low Latency Profile” नामक फिचरमार्फत गरिएको हो ।
कुनै महत्वपूर्ण काम सुरु हुँदा यसले केही सेकेन्डका लागि CPU लाई पूर्ण क्षमतामा सञ्चालन गरेर प्रदर्शन (performance) मा वृद्धि गर्छ । यसले सिस्टममा हुने lag र stutter कम गर्न मद्दत गर्ने तथा पीसीलाई अझ स्मूथ रूपमा चलाउने बताइएको छ ।
माइक्रोसफ्टका अनुसार यो फिचर macOS र Linux मा पहिलेदेखि प्रयोग हुँदै आएको प्रविधिसँग मिल्दोजुल्दो छ, जसले सिस्टमलाई छिटो र बढी responsive बनाउने काम गर्छ ।
अपडेट कसरी गर्ने ?
यो अपडेट हाल optional तथा preview stage मा रहेकाले सबै प्रयोगकर्ताको डिभाइसमा स्वतः इन्स्टल हुँदैन ।
यदि तपाईंले अहिले नै प्रयोग गर्न चाहनुहुन्छ भने:
- Settings खोल्नुहोस्
- Windows Update मा जानुहोस्
- Advanced options → Optional updates चयन गर्नुहोस्
- KB5089573 अपडेट छनोट गरी इन्स्टल गर्नुहोस्
माइक्रोसफ्टले जनाएको छ कि विन्डोज ११ को यो नयाँ अपडेट सबै प्रयोगकर्तामा क्रमिक रूपमा उपलब्ध भइरहेको छ । त्यसैले अपडेट इन्स्टल गरेपछि performance boost तुरुन्तै नदेखिन सक्छ । सुधार अनुभव गर्न केही हप्ता लाग्न सक्ने कम्पनीले जनाएको छ ।
“Low Latency Profile” बाहेक यो अपडेटमा audio performance, Task Manager तथा Camera app मा पनि सुधार गरिएको छ । माइक्रोसफ्टका अनुसार यसको पूर्ण rollout जुन २०२६ सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ ।
नयाँ प्रविधि
एआई कलरले अब घर पालुवा जनावरको भाषा अनुवाद गर्ने दाबी
काठमाडौं । यदि तपाईंको घरमा कुनै घर पालुवा जनावर छ भने, तपाईंले कहिल्यै न कहिल्यै त्यससँग कुरा गर्ने …
मेटाले घटाउँदै १० प्रतिशत जनशक्ति, बढाउँदै एआईमा अर्बौं लगानी
काठमाडौं । मेटाले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी तीव्र बनाउने रणनीतिसँगै कर्मचारी कटौतीको अर्को चरण …
फेसबुकभन्दा फरक अनुभव दिन मेटाको नयाँ प्रयास, ‘फोरम’ एप परीक्षणमा
काठमाडौं । पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल प्रयोग गर्ने तरिका तीव्र रूपमा बदलिएको छ । मानिसहरू अब केवल फ…
अब माइक्रोसफ्ट पावरपोइन्टमा पनि च्याटजिपिटी प्रयोग गर्न सकिने
काठमाडौं । ओपनएआईले च्याटजिपिटीलाई अब माइक्रोसफ्ट पावरपोइन्टसँग जोडेको छ । अब प्रयोगकर्ताले सामान्य भाषामा नि…
गुगल प्लेमा ‘जेमिनी इन्टेलिजेन्स’ सुविधा : अब नयाँ एप खोज्न एआईसँग प्रश्न सोध्न सकिने
काठमाडौं । यस वर्षको Google I/O मा Google Play का लागि धेरै अपडेटहरू घोषणा गरिएका छन् । अधिकांश नयाँ सुव…
अब डिस्कोर्डमा हुने कुराकानी थप गोप्य र सुरक्षित
काठमाडौं । डिस्कोर्डले अब आफ्नो voice र video call लाई पूर्ण रूपमा सुरक्षित बनाएको छ । कम्पनीले वर्षौँदेखिको …
गूगलले एआई मोडमा आधारित नयाँ विज्ञापन फिचर ल्याउँदै
काठमाडौं । गूगलले सर्चलाई एआई-आधारित अनुभवमा रूपान्तरण गर्दै अब एआई विज्ञापन पनि ल्याउने तयारी गरेको छ । कम्…
अब माइक्रोसफ्टमा लगइन गर्न एसएमएस कोड नआउने, विकल्प के होला ?
काठमाडौं । माइक्रोसफ्टले व्यक्तिगत खाताहरुका लागि SMS भेरिफिकेसन प्रणाली बन्द गर्ने घोषणा गरेको छ । माइ…
गूगल आइ/ओ २०२६ मा जेमिनी ३.५ सिरिज र जेमिनी ओम्नी सार्वजनिक, एआई क्षमतामा ठूलो छलाङ
काठमाडौं । मंगलबार आयोजना गरिएको गूगल आइ/ओ २०२६ इभेन्टमा सबैले कम्पनीले प्रयोगकर्ता र उद्यमहरूका लागि …
माइक्रोसफ्ट एजमा कोपाइलट मोड हट्दै, एआई फिचर अब सिधै ब्राउजरमै
काठमाडौं । माइक्रोसफ्ट एजमा रहेको कोपाइलट मोड हटाउँदै माइक्रोसफ्टले एआई सुविधाहरूलाई अब सिधै ब्राउजरमै समाव…
ओपनएआईको कोडेक्स : अब मोबाइलबाटै कोडिङ र सर्भर व्यवस्थापन गर्न सकिने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले आफ्नो शक्तिशाली कोडिङ टुल ‘कोडेक्स&…
नि:शुल्क स्टोरेज घटाउने तयारीमा गुगल, अब नयाँ प्रयोगकर्ताले ५ जिबी मात्रै पाउने
काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनीमध्ये एक गुगलले आफ्ना नयाँ प्रयोगकर्ताका लागि उपलब्ध गराउँदै आएको निःशुल्…
डेस्कटप झन् सजिलो : एक क्लिकमै सबै विन्डो गायब हुने नयाँ सुविधा
काठमाडौं । विन्डोजका लागि नयाँ नि:शुल्क एप PeekDesktop ले म्याकजस्तै सुविधा उपलब्ध गराएको छ । यसले डेस्कटपको…
गोपनीयता र सुरक्षालाई प्राथमिकता दिँदै एप्पलले बनाउँदै नयाँ एआई प्रणाली
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो एप स्टोरलाई ‘एजेन्टिक एआई’ प्रणालीका लागि खुला गर्…
ओपनएआईको ‘डिप्लोयमेन्ट कम्पनी’ले आउटसोर्सिङ बजारमा तरंग, नेपालजस्ता सेवा-आधारित अर्थतन्त्रमा पनि नयाँ दबाब
काठमाडौं । ओपनएआईले आफ्नो नयाँ डिप्लोयमेन्ट कम्पनी अघि सारेपछि विश्वको आउटसोर्सिङ-आधारित आईटी सेवा उद्यो…