कीवर्डहरू -

नयाँ प्रविधि

एआईबाट कसको जागिर गुम्छ ? कसको गुम्दैन ?

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरिकाबाट हेर्न थालिएको छ । 
एआईले काममा सहज बनाएको छ भने एआईकै कारण धेरैले रोजगारी समेत गुमाउनु परेको छ । एआईकै कारण ठूला ठूला कम्पनीहरूले कर्मचारी कटौती गरिरहेको खबर हामीले सुनिरहेका छौं । 

विभिन्न अन्तर्राष्ट्रिय तथ्यांक अनुसार एआईका कारण भविष्यमा लाखौं मानिसले रोजगारी गुमाउने छन् । बजारमा च्याटजीपीटी, गूगल बार्ड, कोपाइलट, एर्नी जस्ता एआई टुल आएपछि यसमा अझै बल पुगेको छ । 

प्रसिद्ध लगानी बैंक गोल्ड्म्यान स्याक्सले प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख भए अनुसार, एआईले आगामी केही वर्षमा ३० करोड पूर्णकालीन रोजगारीलाई विस्थापित गरिदिन सक्ने छ । 
एआईले करिब करिब एक चौथाइभन्दा बढी मानिसको जागिर खोस्ने आँकलन गरिएको छ । अमेरिकाको प्रतिष्ठित एमआईटी र बोस्टन विश्वविद्यालयको प्रतिवेदनमा एआईले सन् २०२५ सम्ममा २० लाखभन्दा बढी उत्पादन क्षेत्रका कामदारहरूलाई विस्थापित गर्ने अनुमान गरिएको छ । 

एआईबाट कस्ता कस्ता रोजगारी गुम्न सक्नेछन् ? 

प्रतिष्ठित सर्वेक्षण कम्पनी प्यु रिसर्चले हालै गरेको अनुसन्धान अनुसार, एआईका कारण सर्वाधिक जोखिममा परेका मानिसमा बजेट विश्लेषक, डेटा इन्ट्री गर्नेहरू, कर सम्बन्धी कागजात तयार पार्नेहरू, टेक्निकल राइटर, वेब डेभलपरहरूको जागिर गुम्ने देखिएको छ । 

त्यसैगरी यसको थोरै मात्र असर पर्नेमा असर पर्नेहरूमा प्रमुख कार्यकारी अधिकृतहरू, चिकित्सकहरू, घरभित्रको साजसज्जा गर्ने इन्टिरियर डिजाइनरहरू, संस्थाका लागि लगानी जुटाउने फन्डरेजरहरू र सेल्स म्यानेजरहरु छन् । 

null

एआईले टेलिमार्केटिङ, बूककीपिङ गर्ने लेखापाल, रिसेप्सनिस्ट, कम्प्युटर सपोर्ट दिनेहरू, मार्केट रिसर्च विश्लेषक, विज्ञापन क्षेत्रका विक्रेताहरू, रिटेल क्षेत्रमा काम गर्नेहरूको जागिरमा पनि असर पार्ने देखिन्छ । डेटा विश्लेषण गर्नेहरूलाई एआईले प्रतिस्थापित गर्ने सम्भावना बढी रहेको विज्ञहरूको भनाइ छ । 

त्यस्तै, ग्राहकहरूसँग संवाद गर्ने कस्टमर सर्भिस रिप्रेजेन्टेटिभलाई पनि एआईले विस्थापित गर्नेछ । किनकी पश्चिमी मूलुलमा आजकाल कुनै कम्पनीमा मानिसले फोन अठाएर ग्राहकसँग कुरा गर्न छाडिसकेका छन् । 

लेखापालहरूको काम पनि एआईले खोस्ने देखिएको छ । किनकी एआईले कम्पनीको सबै विवरण सही र छिटो गरिदिन्छ । त्यसैले पनि कम्पनीमा पैसा दिएर कर्मचारी राख्न छोडिसकेका छन् । 
यस बाहेक एआईले तपाईको रोजगारी खोस्ने मात्रै होइन्, यसले नयाँ रोजगारी सिर्जना समेत गर्नेछ । पछिल्लो समय एआईले गर्दा प्रम्प्ट इन्जिनियरिङ रोजगारी सिर्जना भएको छ । यसबाट मानिसहरूले महिनामा लाखौं आम्दानी गरिरहेका छन् । 

वर्ल्ड इकोनोमिक फोरमका अनुसार सन् २०२७ सम्ममा विश्वव्यापी रूपमा ६९ मिलियन नयाँ रोजगारी सिर्जना हुने र ८३ मिलियन रोजगारी गुम्ने अनुमान गरिएको छ । 

एआईले क–कसको रोजगारी खोस्न सक्दैन ? 

एआईले विशेष गरी पटक पटक दोहोरिने कामलाई अटोमेट गर्नेछ । हुनत क्रियटिभिटीवाला काम पनि केही हदसम्म गर्न सक्ने एआई टुल बजारमा आउन थालिसकेका छन् । तर पनि शिक्षकहरूको जागिर एआईले खोस्न सक्दैन । किनकी शिक्षकले विद्यार्थीलाई अध्ययनमा मन लगाउनका लागि गर्ने प्रयास एआईबाट सम्भव छैन । कुनै कुनै कुरामा विद्यार्थीलाई शिक्षक स्वयंले मोटिभेट पनि गर्नुपर्ने हुन्छ । 

null

त्यस्तै, वकिल र न्यायधिशको काम पनि एआईले गर्न सक्दैन भने कुनै पनि संस्था वा कम्पनीका निर्देशक, व्यवस्थापक र प्रमुख कार्यकारी अधिकृतलाई पनि एआईले पूर्ण रूपमा विस्थापित गर्न सक्दैन । मनोचिकित्सक, लेखक, मशिन लर्निङ इन्जिनीयर, एआई इन्जिनीयर, डेटा साइन्टिस्ट, कम्प्युटर भिजन इन्जिनीयर, नेचुरल ल्यांग्वेज प्रोसेसिङ इन्जिनियर जस्ता विशिष्ट प्राविधिक काम गर्ने मानिसका लागि राम्रो हुने देखिएको छ ।

यी काम गर्नेलाई एआईले सहयोग गर्नेछ तर पूर्ण रूपमा विस्थापित गर्न सक्ने छन् । एआईले जब खोस्छ भनेर चिन्ता गर्नेभन्दा पनि भविष्यमा आवश्यक पर्ने नयाँ नयाँ सीप सिकेर आफुलाई अगाडि बढाउनुहोस् । 

 

 

नयाँ प्रविधि

ब्लकचेन मिटअप सम्पन्न, ब्लकचेन प्रविधि बारे छलफल

बबरमहलको क्याफे कोड्समा ब्लकचेन मिटअप सम्पन्न भएको छ । क्लक बि बिजनेश टेक्नोलोजीको स…

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको  निर्माण गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत ट…

मेटाको एआई साम सार्वजनिक, फोटो र भिडियो भित्र रहेका वस्तुहरु फेला पार्न सक्ने

मेटाले फोटो तथा भिडियोभित्र रहेका विभिन्न वस्तुहरु फेला पार्न सक्ने आफ्नै एआई प्रविध…

अब एआईले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य समेत स्केच गर्न सक्ने 

अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धिमताले मानिसको मस्तिष्कमा चलिरहे…

एआईका कारण ३०० मिलियन रोजगारी धरापमा

जेनरेटिभ एआईले ३०० मिलियन रोजगारीलाई धरापमा पारेको छ । गोल्डम्यान स्याक्सले सार्वज…

एआर/भीआरमा काम गर्दै एप्पल 

एप्पलले अगुमेन्टेड तथा भर्चुअल रियालिटी हेडसेटमा काम गरिरहेको खुलेको छ । आगामी ज…

किन आवश्यक छ ब्लकचेन प्रविधि ?

ब्लकचेन र एनएफटीले अहिले एकदमै धेरै प्रभाव पारिरहेको छ । ब्लकचेन अहिले एकदमै बढी…

भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने   

भाइबरले नयाँ च्याटबट एआई एण्ड क्रियटको सुरूवात गरेको छ । प्रयोगकर्ताहरूलाई एआई टेक्…

किन आवश्यक छ क्लाउड कम्प्युटिङ ?

क्लाउड कम्प्यूटिङ अर्थात पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको प्रविधि । इन्टरनेटबाट भर्च…

सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो लोन अटोमेसन सिस्टम, छोटो समयमै अब ग्राहकलाई ऋण प्रदान सक्ने

सेञ्चुरी कमर्सियल बैंकले ऋण अटोमेसन सिस्टम (क्रेडिट एक्स) सुरू गरेको छ । लोन अटोमे…

आईओटीका लागि ८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी निःशुल्क छुट्याउने समितिको निर्णय

काठमाडौं । आईओटी अर्थात् इन्टरनेट अफ थिङ्सका लागि फ्रिक्वेन्सी जारी गर्ने सरकारको प्रक्…

अर्बन बगैँचाः अब आईओटीमार्फत अटोमेट हुन्छ हावामा हुने खेती

काठमाडौं । काठमाडौंका सबै जसो घरमा देखिने एउटा समान कुरा भनेको कौसी खेती हो ।…

सिंहदरबारका सबै सरकारी कार्यालयमा अब अटोमेसन सिस्टम, स्थानीय निकायमा पनि लैजाने तयारी

काठमाडौं । अब नेपाल सरकारका सम्पूर्ण निकाय तथा कार्यलयहरुले अनिवार्यरुपमा एकिकृत …

आईओटी डिभाइसमा सेक्युरिटीको  समस्या

घरबाट काम गर्दा आईओटी डिभाइसहरुमा सेक्युरिटी समस्या पाइएको छ । सन् २०२६ सम्ममा आईओ…

अबको भविष्यः मेटाभर्स

कल्पना गर्नुहोस् त तपाईंले म्यासेन्जरमा भिडियो कल मोबाईलको स्क्रीनमा होइन, वास्तविक द…