कीवर्डहरू -

समाचार

करको दायराभन्दा बाहिर ई-कमर्स, पर्याप्त कानूनी व्यवस्था गरी नियमन गर्न महालेखाको सुझाव 

पर्याप्त कानूनी व्यवस्था गरी ई-कमर्स नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले सुझाव दिएको छ ।

विद्युतीय व्यापार करको दायराभन्दा बाहिर रहेको अवस्थामा पर्याप्त कानूनी व्यवस्था गरी विद्युतीय व्यापारको नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले सुझाव दिएको हो ।

नेपालमा विभिन्न स्वदेशी, विदेशी, अन्तर्राष्ट्रिय ई-कमर्शका साइटहरूमार्फत् वस्तु तथा सेवा प्राप्त गर्न स्वदेशबाट हुने कारोबारको लागि छुट्टै व्यावसायिक कोड नभएकोले अनुगमन गर्न कठिनाइ भएको र विदेशी साइटहरू प्रयोग गरी स्वदेश वा विदेशबाट कारोबार गर्दा ती संस्थाहरू नेपालमा दर्ता नभएको कारणले ती व्यावसायिक करोबारलाई नियमन गर्न नसकिएका कारण वस्तु तथा सेवाको मूल्य र गुणस्तरको निगरानी प्रभावकारी हुन नसकेको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘उपभोक्ताहरूको हित हुन नसकेको तथा विद्युतीय व्यापार करको दायराभन्दा बाहिर रहेको अवस्था छ । विद्युतीय व्यापारलाई स्वच्छ, गुणस्तरीय तथा प्रतिस्पर्धी र उपभोक्ता मैत्री बनाउन पर्याप्त कानूनी व्यवस्था गरी विद्युतीय व्यापारको नियमनलाई प्रभावकारी रूपमा संचालन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

नेपालको विद्युतीय व्यापारको विकास र उपयोग सम्बन्धी राष्ट्रिय रणनीति, २०७६ ले विद्युतीय व्यापारको नियमन, व्यवस्थापन, सहजीकरण तथा उपभोक्ता हित संरक्षणका लागि कानूनी व्यवस्था गर्ने उल्लेख छ ।

त्यस्तै विभागले हाल प्रयोगमा ल्याएको व्यावसायिक फर्म व्यवस्थापन प्रणालीमा सफ्टवेयरबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको आन्तरिक राजस्व विभाग कम्पनी रजिष्टार कार्यालय, उद्योग विभाग, महालेखा नियन्त्रक कार्यालय जस्ता सरकारी निकायहरू प्रणालीसँग आबद्ध गर्न नसकिएको र अनलाइन भुक्तानीलाई प्रणालीसँग आबद्ध गर्न नसकिएको जस्ता पक्षमा सुधार गरी ती प्रविधिको उच्चतम उपयोग गर्न समेत महालेखाले निर्देशन दिएको छ ।

समाचार

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नहुँदा प्रभावकारी भएन एकल विन्दु सेवा

एक विन्दु सेवा पूर्ण अटोमेसन नभएको महालेखाले बताएको छ । महालेखा परीक्षकको ५९ औं …

नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा

नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा प…

मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्…

ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने 

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने…

ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ईस्पोर्ट्सको नाममा रुटिन अफ नेपाल …

४९ लाख खर्चेर स्वास्थ्य सेवा विभागले बनाएको सफ्टवेयर प्रयोगमा आएन

४९ लाख खर्चेर निर्माण भएको इलेक्ट्रोनिक हेल्थ रेकर्ड स्वास्थ्य सेवा विभागले प्रयोगमा नल्…

पूर्णरूपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर महाराजगंञ्जमा

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्व…

प्रभावकारी बन्न सकेन विपन्न वर्गका विद्यार्थीका लागि ल्याएको निःशूल्क डेटा कार्यक्रम

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निषेधाज्ञाको समयमा दूरशिक्षा सहजीक…

क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक

पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्…

एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…

सरकारी डाटा सेन्टरको गुणस्तर निर्धारण भएन्, मान्यता प्राप्त निकायबाट परीक्षण गराउन सुझाव

सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले…

सूचना प्रविधिका लागि बनेको सूचना प्रविधि पार्क अन्य प्रायोजनमा प्रयोग गर्नु हुँदैनः महालेखा

महालेखा परीक्षकको कार्यालयले काभ्रेमा बनेको सूचना प्रविधि पार्कलाई अन्य प्रायोजनमा प्…

नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम …

तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने

महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन…

आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको…