समाचार
उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ र उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न, अनुसन्धान तथा विकास गर्न र पेटेन्ट हेल्प डेस्क स्थापना गर्न सम्झौता गरिएको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले बताए ।
सम्झौतासँगै नास्टमा अब प्याटेन्ट हेल्प डेस्क स्थापना हुनेछ । ‘नास्ट र उद्योग मन्त्रालयको प्रतिनिधिबीच रहेने गरी प्याटेन्ट हेल्प डेस्ट स्थापना हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘कसरी जाने भन्ने कार्यविधि बनेको छैन् तर प्याटेन्टका लागि सपोर्ट सिस्टम नास्टमा स्थापना गरेर जाने सहमति भएको छ ।’
प्राज्ञिक व्यक्तिहरूले प्याटेन्ट दर्ताको काम प्राज्ञिक क्षेत्रमा हुनुपर्ने माग उठाइरहेका थिए । अब उक्त माग पनि सम्बोधन भएको छ । प्राज्ञिक संस्थामा प्याटेन्ट दर्ता अझ प्रभावकारी हुने नास्टको विश्वास छ ।
साना तथा मझौला व्यवसायलाई प्रविधि विकास गर्ने, समस्यालाई सम्बोधन गर्ने र अनुसन्धानसँग जोड्न नास्ट र मन्त्रालयबीच सहमति भएको छ ।
साना तथा मझौला उद्योगमा देखिएका विभिन्न समस्याहरू समस्या समाधान गर्न समेत उद्योग मन्त्रालयसँग सम्झौता भएको ढकाले बताए ।
समाचार
एमआरपी पोसपोर्टको म्याद एक वर्षभन्दा कम भए मात्रै ई-पासपोर्ट बनाउन पाइने
एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ…
आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध
एप्पलको आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उ…
अब अनलाइनमै बाघचाल खेल्न सकिने, सातवर्ष अघि बन्द भएको ‘बाघचाल डटनेट’ यसरी भयो पुनर्जीवित
बाघचाल, सानो छँदा तपाईहरू धेरैले खेल्नु भएको होला । रणनीतिक चालका साथ खेलिने ब…
निमा एकेडेमीको मनसुन अफर, कक्षा १ देखि १० कक्षासम्मका कोर्षमा ३० प्रतिशतसम्म छुट
गुरू पूर्णीमाको अवसरमा अनलाइन लर्निङ प्लेटफर्म नीमा एकेडेमीले मनसुन अनलाइन एडुफेस्…
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने
एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्ष…
जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको पहिलो रंगीन तस्बिर खिच्न सफल
जेम्स वेब स्पेस टेलिस्कोपको ईमेजले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य खिचेको छ । १४ वर्…
आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त
आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश र…
नेपालको पहिलो हेल्थ ह्याकाथन ललितपुरमा आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता
काठमाडौं । स्वास्थ क्षेत्रमा देखिएका विभिन्न अभाव तथा समस्याहरुको डिजिटल समाधान खोज्…
मस्कले अब ट्विटर नकिन्ने, मस्कविरुद्ध अदालत जाँदै ट्विटर
एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर…
प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, डिम्याट, मेरो शेयरदेखि भिडियो केवाईसीसम्मको सुविधा
प्रभु क्यापिटलले प्रभु क्यापिटल मोबाइल एप सार्वजनिक गरेको छ । सबै सेवाहरु एकै प्लेट…
एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार गर्दै टेक वेबिनार नेपाल
टेक वेबिनार नेपालले एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार आयोजना…
साथीमार्टको टिकटक च्यालेन्ज, १ मिनेटको भिडियो बनाएर ५० हजार रुपैयाँ जित्ने मौका
नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्य…
आईतबारदेखि एक्सन स्पोर्ट्स च्यानलमा चाईनिज सुपर लिग
आईतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् च्यानेलमा चाईनिज सुपर लिग हेर्न पाउने छ…
दराजले आयोजना गरेको ‘दराज समिट’ सम्पन्न
दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन असार १९ गते याक एण्ड यति होटल काठमाड…
मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?
मोबाइल सेवाको गुणस्तर मापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सु…