कीवर्डहरू -

समाचार

आईटी ओलम्पियाड नेपाल आयोजना हुँदै

आइटी ओलम्पियाड नेपाल र सजिलो पेको  प्रमुख आयोजनामा  दोस्रो आइटी ओलम्पियाड प्रतियोगिता २०२२  आयोजना हुने भएको छ ।

विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्न सक्ने अनुमान गरिएको उक्त कार्यक्रम असार २५ गते शुरु भई साउन  १४  गते सकिने छ।

कुनै पनि शुल्क नतिरी प्रतिष्पर्धामा उपस्थित हुन पाउने उक्त कार्यक्रम नेपालका विद्यालायहरुको  शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधार समेत बन्ने  कुरा विज्ञहरु बताउँछन् ।

कार्यक्रममा पूर्व संचार तथा प्रविधि मन्त्री गणेश शाह, आईओई त्रिभुवन विश्वविधालयका प्राध्यापक डा. सुवर्ण शाक्य, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, नेपाल टेलिकमका हरि प्रसाद बस्याल र विज्ञान तथा प्रविधि शाखा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक नवराज पौडेलको बोर्ड अफ ट्रस्टि रहेको उक्त कार्यक्रम नेपालका सातै प्रदेशमा अनलाईन माध्यमबाट हुँदैछ ।

राष्ट्रिय स्तरको प्रतिस्पर्धा उक्त कार्यक्रममा  विभिन्न माध्यमिक विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई प्रतिष्पर्धा गराउन सक्ने छन् भने आफ्ना विधार्थीहरुलाई  प्रविधिको उपयोग र विकासमा समावेश गराई आफ्नो विद्यालयको नाम चिनाउनुका साथै प्रविधिको नविनतामा अग्रसर हुन सक्ने आइटी ओलम्पिएड  नेपालका अध्यक्ष शंकर प्रसाद शर्माले बताए ।

हरेक प्रदेश बाट एक-एक ओटा विद्यालयलाई प्रतिनिधित्व गर्दै उत्कृस्ट सात प्रदेशका ७ विद्यालयका विद्यार्थीहरु राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुग्ने र विद्यार्थीले विभिन्न पुरस्कार तथा राशि पाउनुका साथै राष्ट्रिय परिचय बनाउन समेत सफल हुनेछन् ।

परीक्षाले मापन गरिदै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहयोग पुर्याई प्रविधिमा फड्को मार्ने उदेश्यले शुरु गरिएको कार्यक्रम विभिन्न विद्यालयहरुमा संचालन हुनेछ ।

विद्यालयबाट छानिएका उत्कृष्ट दुई प्रतिस्पर्धी प्रदेश स्तरको प्रतिस्पर्धामा एउटै टिम भई आफ्नो विद्यालयको प्रतिनिधित्व गर्नेछन् । कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरण, नेपाल टेलिकम र आदिम कलेजले प्रायोजन गरेका छन् ।

समाचार

स्टार्टअप वर्ल्ड कप प्रतियोगितामा डिशहोमको सहभागिता

स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा डिशहोम सहभागि हुने भएको छ…

डिपीजी रेजिष्ट्रीमा राहत समावेश, डिजिटल सामग्रीलाई प्रोत्साहन गर्ने

रुम्सानले बनाएको राहत डिजिटल पब्लिक गूड्स एलायन्स डिपीजी रजिष्ट्रीमा राखिएको छ । रा…

सानिमा बैंकको एपबाट क्युआर कोड स्क्यान गरी अन्नपूर्ण केबलकारमा भुक्तानी गर्दा छुट पाइने

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

साइबर ब्यूरोको क्षमता विकासका लागि दक्षिण कोरियाको १ अर्ब अनुदान

नेपाल प्रहरीको साइबर ब्यूरोलाई दक्षिण कारियाले ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब …

खेर गएको प्लास्टिकबाटै निकाल्न सकिन्छ आवश्यक इन्धन, नास्टसँग प्रविधि भएपनि काम अघि बढेन्

हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोग…

प्राधिकरणको बोर्ड सदस्यमा झा र सिटौलो नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको दुईओटा रि…

जिमेलमा अफलाइन फिचर, यसरी पठाउनुहोस् इन्टरनेट नभएपनि इमेल

जीमेलले प्रयोगकर्ताहरुका लागि अफलाइन मोड सार्वजनिक गरेको छ । यसले प्रयोगकर्ताहरुला…

३ लाख ५० हजार इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने साइटविरूद्ध मेटाको मुद्दा

मेटाले आफू जस्तै बनेर ३ लाख ५० हजार ओटा इन्स्टाग्राम प्रोफाइलको डेटा स्क्रेप गर्ने सा…

चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क लिदैनौः इनड्राइभर

चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क नलिने इनड्राइभरले जानकारी दिएको छ ।…

डिशहोमको रिचार्ज गर्ने २ जना ग्राहकलाई एक-एक लाख नगद

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/ए…

असार अन्तिम साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी, निमा एकेडेमी एपबाट पनि थाहा पाउन सकिने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता आउने जानकारी दिएको छ । नति…

आईएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गर्दा बीगमार्टमा २५०० सम्म छुट

आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ ।…

ई-पासपोर्ट छिटो बनाउन कागजपत्र किर्ते

सिन्धुपाल्चोककी कमला तामाङ (नाम परिवर्तन)लाई छिटो विद्युतीय राहदानी बनाउनुपरेको थ…

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि …

एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’, घरैमा बसेर सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ

नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी…