समाचार
स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने
स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने भएको छ । सूचना प्रविधि विभागले ७५३ स्थानीय तहका लागि एउटै टेम्पेलेटमा निर्माण गरेको मोबाइल एपमा अब कर तिर्ने र करको विवरण हेर्ने सुविधा थप भएको हो ।
हाल कर प्रणालीमा २१ वटा स्तानीय तह आवद्ध भएका छन् । हाल काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, धुलिखेल नगरपालिका, कीर्तिपुर नगरपालिका, गोदावरी नगरपालिका आवद्ध भएका छन् ।
त्यस्तै कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तिलोत्तमा नगरपालिका, नमोवुद्ध नगरपालिका, बेलौरी नगरपालिका, बर्दघाट नगरपालिका, बनेपा नगरपालिका, पुनर्वास नगरपालिका, धनगढीमाइ नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र छथर जोरपाटी गाउँपालिका पनि आवद्ध भएका छन् ।
यसरी करको विवरण हेर्ने तथा भुक्तानी गर्ने प्रायोजनका लागि सेवाग्राही/करदाताले सम्बन्धित स्थानीय तहबाट उपलब्ध गराएको प्रयोगकर्ता विवरण प्रयोग गर्नुपर्नेछ ।
आगामी दिनमा स्थानीय तहसँग सम्बन्धित विभिन्न करहरूको भुक्तानीका साथै अन्य सेवाहरू समेत थप गर्दै सबै स्थानीय तहलाई आवद्ध गराउँदै लग्ने विभागले जनाएको छ । यस मोबाइल एपको माध्यमले स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका रहने विभागले बताएको छ ।
स्थानीय तहको मोबाइल एपबाट नागरिकले सम्बन्धित स्थानीय तहले प्रदान गर्ने सेवा, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरूको विवरण, महत्वपूर्ण स्थान, आपतकालिन नम्बर, सुझाब तथा गुनासो पेस गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोर संवाद लगायत अन्य सूचना तथा जानकारी सजिलै पाउन सक्छन् ।
विभागले तयार पारेको स्थानीय तहको एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
समाचार
एयर कन्डीसनलाई प्रतिस्थापन गर्न अल्ट्रा ह्वाईट रङ्गको निर्माण
अल्ट्रा ह्वाईट रङ्गले घरमा रंग लगाएमा एयर कन्डीसन पनि नचाहिने भएको छ । सेतो रङ्गले …
आइएमईको दशैं अफर, विदेशबाट पठाएको रकम आईएमई पेमा पाउँदा रकम डबल
आइएमईले दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि…
एनसीएचएल आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनस…
जनगणनामा प्रविधिको प्रयोग
केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छवटा स्थानीय तहम…
स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुँदै
स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुने एलन मस्क…
६०० चिनियाँ ब्राण्डमाथि अमेजनको प्रतिबन्ध
अमेजनले ठगी कम गर्न ६०० चिनियाँ ब्राण्डहरुलाई प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजा…
इजरायलद्वारा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या
इजरायलले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या …
सीएसआईटी एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्ष भन्छन, ‘आइटी काउन्सिल गठन गर्न पहल गर्छु’
कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालको नयाँ कार्य…
टेलिकमको संविधान दिवस अफर, ६० रूपैयाँमा हजार एमबी डेटा
नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा ट…
गोदरेजको सामान खरिदमा ३१ प्रतिशतसम्म क्यासब्याक, साथमा निःशुल्क होम डेलिभरी
इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम…
तीन स्टार्टअप कम्पनीलाई प्रदान गरियो एनवाईईएफ स्टार्टअप अवार्ड
नेपाल योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड २०२१ का …
आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा
आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटा…
तिनकुनेको महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकले सहयोग गर्यो २ थान कम्प्युटर
हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान क…
‘के एआईले जागिर खान्छ ?’ विषयमा शनिबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी
शनिबार साँझ ‘के एआईले जागिर खान्छ ?’ विषयमा वेबिनार आयोजना हुने भएको छ । ड्यानस…
ई-कमर्श कम्पनी बिज बजारले शुरू गर्यो आफ्नो सेवा, सामान खरिदमा ७० प्रतिशतसम्म छुट
नेपाली अनलाइन शपिङ बजारमा नयाँ कम्पनी प्रवेश गरेको छ । केही समय अगाडि बेटा परीक्…