समाचार
अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा, यसरी गर्नुहोस् प्रयोग
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्यालेन्डर’ विजेट सार्वजनिक गरेको छ ।
एपले शुक्रबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’ का साथै नयाँ ‘न्युज विजेट’ समेत ल्याएको हो ।
यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथिमितिको अपडेट लिन सक्नेछन् । क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो । तर यसपटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन दिइएको छ ।
प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीन ओटा विकल्प पाउनेछन् । जसमा चाडपर्व तथा विशेष दिन, बार मिति, मौसम सहितको पात्रो भएको ठूलो क्यालेन्डर विजेट, सम्बन्धित एक महिनाको पात्रोमा मिति, बार, तिथि र मौसम देखिने मध्यम विजेट र सम्बन्धित दिनको मिति, बार, तिथि र मौसमको जानकारी मात्र देखिने सानो विजेट मध्येबाट रोज्न सकिनेछ ।
त्यस्तै ‘न्युज’तर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचार देखिने ठूलो विजेट गरी दुई ओटा विकल्प रहेका छन् ।
समाचार विजेटमा विभिन्न न्युज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडेट प्राप्त गर्न सकिनेछ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनुसार मिलाएर राख्ने सुविधा समेत यसमा छ ।
कसरी प्रयोग गर्ने ?
यसका लागि शुरूमा आफ्नो आईफोनको होम स्क्रीनको खाली भागमा केही लामो समय थिच्नुपर्छ । यति गरेसँगै स्क्रीनको माथि बायाँ कुनामा प्लस आइकन देखिने छ । त्यसपछि त्यसमा दबाउनुहोस् र अब स्क्रोल गर्दै हाम्रो पात्रा एप छनोट गर्नुहोस् ।
त्यहाँ तपाईले हाम्रो पात्रोका सबै विजेट देख्न सक्नुहुनेछ । जसमध्ये आफुलाई मन परेको विजेट रोजेर तल रहेको ‘एज विजेट’ बटनमा दबाउनुपर्ने हुन्छ ।
समाचार
नवौं विज्ञान दिवसको नाराः ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ…
शनिबार २ घण्टा आरटीजीएस खुला रहने
भोलि शनिबार पनि आरटीजीएस सेवा खुला रहने भएको छ ।
‘विक…
गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने
गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने बताएक…
स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड
स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले बेस्ट डिजिटल बैंकको अवार्ड पाएको छ । बेलायत…
वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप
सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…
बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशत सम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड…
विश्व विद्युतीय गाडी दिवसको अवसरमा निशानले आयोजना गर्यो दक्षिण एसियामा ग्रीन मिशन सेसन
विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजा…
नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी
नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानू…
करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय
एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल…
एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध
एन्ड्रोईड १२ बेटा अब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ । यो भनेको प्रयोगकर्ताहरुका…
ओपो ह्याक २०२१ सम्पन्न
ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्…
चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…
साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा
नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टले काठ…
दराजले सार्वजनिक गर्यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर
दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…
पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा
डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…