समाचार
अब मोबाइलबाटै भारतबाट नेपाल पैसा पठाउन सकिने
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र भारतको बैंक अन असबीच ‘पैसा पठाउने एप्स’ सञ्चालनको सम्झौता गरेको छ । यो सेवा भारतमा रहेका नेपालीहरुलाई लक्षित गरेर ल्याइएको हो ।
जसअनुसार भारतमा रहेका नेपालीहरुले आफ्नो मोबाइल फोन मार्फत चाहेको समयमा नेपालमा पैसा पठाउन सक्छन् । यो सेवा नेपाली आप्रवासी वा भारतका सबै क्षेत्रका नागरिकका लागि पनि उपलब्ध छ । भारतमा बैंकहरू बिदा भएको दिन पनि यो एप्समार्फत ग्राहकहरुले पैसा पठाउने काम गर्न सक्नेछन् ।
यस सेवा प्रयोग गर्नका लागि रकम पठाउनेले आफ्नो जानकारीसहित एप्समा एकपटक रजिस्ट्रेसन गर्नुपर्नेछ, त्यस्तै नेपालमा रकम प्राप्त गर्नेले पनि रजिस्ट्रेसन गर्नुपर्नेछ । । त्यसपछि, भारतस्थित बैंक एकाउन्टबाट सम्बन्धित व्यक्तिले रकम पठाउन सक्नेछ ।
रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले मान्यता दिएका बिएचआईएम, युपिआई, गुगल पे, फोन पिई, पे टाइम, ह्वाटस् एप पे,लगायत डिजिटल मोबाइल पेमेन्ट प्लेफर्महरुमा पैसा पठाउने एप्स चल्ने पनि बैंकले जनाएको छ ।
महामारीको समय यो सेवाले घरबाहिर निस्कनुपर्ने बाध्यता कम गर्ने तथा यो सेवा निकै प्रभावकारी हुने इन्भेस्टमेन्ट बैंकले अपेक्षा गरेको छ । यस सेवामार्फत वर्षमा १२ पटक भारतमा रहेका नेपालीले अधिकतम ५० हजार भारुसम्म नेपाल पठाउन सक्नेछन् ।
समाचार
लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वी च्याट पे सेवा सु…
सञ्चालनमा आयो नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस
नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस सञ्चालनमा आएको छ । मंगलबार श्…
एमएनएसले खरिद गर्यो हाम्रो बजार, नयाँ सीईओमा रोहित तिवारी नियुक्त
नेपालको लोकप्रिय इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड सेकर्स (एमएनएस) इन्भेष्टमेन्ट…
महाशिवरात्रीमा ग्यापुको अफर, एपबाट सामान खरिद गर्दा २०० छूट
लोकप्रिय नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक…
प्रविधिमा महिलालाई सशक्त बनाउन ह्वावेले शुरू गर्यो वुमन डेभलपर्स प्रोग्राम
ह्वावेले आधिकारिक रूपमा ह्वावे वुमन डेभलपर्स प्रोग्राम (एचडब्लुडी) कार्यक्रम शुरू गरे…
८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा
नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको …
एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल
इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल…
मकवानपुर प्रहरीले फेला पार्यो हराएका २२ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवा…
इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ
अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…
इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ
अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…
नेपाल बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने
नेपाल बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती …
पठाओका महिला राइडरको औसत कमाई मासिक करिब तीस हजार
अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जन…
स्याटेलाइट प्रक्षेपण कार्य अध्ययनका लागि छानिए ५ कम्पनी
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्ष…
‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार गर्दै नेपाल क्लियरिङ हाउस
‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार आयोजना हुने भएको …
स्याटेलाइट सम्बन्धि अध्ययन गर्न पाँच कम्पनी छनोट
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्…