कीवर्डहरू -

समाचार

आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न

आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न भएको छ ।

प्रविधिको नवीनतामा विशेष ध्यान राख्दै आएको आदिम कलेज र प्रविधिमा युवाको सशक्तिकरणमा काम गर्दै आएको कोड फर चेन्जले उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।

स्थानीय, प्रदेश हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धाको मोडालिटीमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न शहरहरुका माध्यमिक विद्यालयहरुले आफ्ना विधार्थीहरुलाई प्रतिष्पर्धामा सहभागी गराएका थिए ।

आफ्ना विद्यार्थीहरुलाई प्रविधिको उपयोग र विकासमा समावेश गराई आफ्नो विद्यालयको नाम चिनाउनुका साथै प्रविधिको नवीनतामा अग्रसर गराई देशको प्राविधिक फड्कोका लागि एउटा ठुलो योगदान गरेको आयोजकले बताएको छ ।

उक्त कार्यक्रम ७ वटा प्रदेशमा संचालन भएको थियो , जसमध्ये ६ वटा प्रदेश बाट १०,१० विद्यालयाहरुले उपस्थिति जनाई प्रतिष्पर्धा गरे भने ३ नम्बर प्रदेशमा २० वटा विद्यालयहरु बीच प्रतिस्पर्धा भई प्रदेशस्तरको प्रतिस्पर्धामा पुगेका थिए ।

हरेक प्रदेशबाट एक/एक वटा विद्यालयलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ विद्यालयका विधार्थीहरु रास्ट्रियस्तरको प्रतिस्पर्धामा पुगेका थिए ।

उक्त प्रतिष्पर्धाबाट क्रमशः  प्रदेश नम्बर २ को मून लाइट एकेडेमी प्रथम, लुम्बिनी प्रदेशको एपेक्स स्कुल दोश्रो  र सुदुरपस्चिम प्रदेशको लिटल बुद्ध एकेडेमी तेश्रो भएका छन् ।

कार्यक्रम प्रविधिको विकाशको अर्को फड्को भएको बताउँदै विज्ञहरुले उक्त कार्यक्रम नेपालका विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधारसमेत बनेको दावी गरेका छन ।

विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्न सक्ने अनुमानसमेत लगाईएको उक्त कार्यक्रम २०७६ चैत्त ७  मा सुरु भएको थियो भने विभिन्न समस्याका बाबजुद २०७८ भदौ १९ गते भर्चुअल्ली सम्पन्न भएको छ।

परीक्षाले मापन गर्दै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहयोग पुर्याई प्रविधिमा फड्को मार्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविधालय इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. सुवर्ण शाक्य विशिस्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै वक्ताहरुले अबको समय प्रविधिको समय भएकाले ओलम्पियडका आयोजकलाई विशेष धन्यवाद दिदै यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिने सल्लाह दिनुका साथै सधैँ सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

कार्यक्रम आइटी ओलम्पियाड नेपालका प्रेसिडेन्ट शंकर प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो  ।

समाचार

सेल पेको ‘बुबाको लागि स्पेसल उपहार’ योजना, ५ हजारको सामान किन्दा ५०० क्यासब्याक पाइने 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त कम्पनी सेल पेले ‘बुबाको…

नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलको लाइभ अब हाम्रो पात्रोबाट हेर्न सकिने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियो…

एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा…

सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड

सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको ल…

दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने

अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरे…

 भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने 

एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रव…

दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न सजिलो हुने

दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ …

क्युआर कोड स्क्यान गरेरै अब ट्राफिक जरिवाना तिर्न सकिने 

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना …

विन्डोज इन्साइडर प्रोग्रामबाट माइक्रोसफ्टले हटायो केही प्रयोगकर्ता

माईक्रोसफ्टले केही प्रयोगकर्ताहरुलाई विन्डोज इन्साईडर प्रोग्रामबाट निकालेको छ । विन्डो…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट २ महिना निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्…

बर्जरको फेस्टिभ राइड योजना शुरू, उपहारमा बाईक, स्कटर र मोटरसाइकल प्रदान गरिने

दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको…

टेक्नोप्रेनर प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेक…

गूगलले क्रोमबुकमा आफ्नै प्रोसेसर प्रयोग गर्ने

गूगलले आफ्नै आर्ममा आधारित क्रोमबुक प्रोसेसर निर्माण गर्ने भएको छ । यसमा गूगलको आफ्न…

अन्तर्राष्ट्रिय ब्राण्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा

अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली ब…

सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी

सीजी नेटले महिलाहरूलाई लक्षित गर्दै तीजको अफर ल्याएको छ । महिलाहरूको महान पर्व हर…