कीवर्डहरू -

समाचार

अब हाम्रो पात्रोमै अंग्रेजी सिक्न सकिने

नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अंग्रेजी भाषा समेत सिक्न पाइने भएको छ ।  हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिकाई सुरु गरेको हो ।


यो पोडकास्टले नेपाली प्रयोगकर्तालाई सामान्य र सहज तरिकाबाट अंग्रेजी उच्चारणमा सघाउने कम्पनीको विश्वास छ । विपुल पोखरेलले सञ्चालन गर्ने पोडकास्ट अतिथिहरुका अनुभव सहित अंग्रेजी उच्चारणमा आइपर्ने व्यवहारिक समस्या र त्यसको सही उच्चारणको विषयमाथि केन्द्रीत हुनेछ ।

\"\"

यो पोडकास्टले नेपाली प्रयोगकर्तालाई सामान्य र सहज तरिकाबाट अंग्रेजी उच्चारणमा सघाउने कम्पनीको विश्वास छ । विपुल पोखरेलले सञ्चालन गर्ने पोडकास्ट अतिथिहरुका अनुभव सहित अंग्रेजी उच्चारणमा आइपर्ने व्यवहारिक समस्या र त्यसको सही उच्चारणको विषयमाथि केन्द्रीत हुनेछ ।


कक्षाकोठामा शिक्षकसँग प्रश्न सोध्न, ग्राहकसँग कुराकानी गर्न र विदेशी व्यक्तिहरुसँग पूर्ण आत्मविश्वासका साथ कुरा गर्न यो पोडकास्टले सहयोग पुर्‍याउनेछ । हाम्रोपात्रो इंकका अनुसार हाम्रो पोडकास्ट अन्तर्गत दुई सातामा एउटा नयाँ एपिसोड अपलोड हुनेछ । तीन वटा एपिसोड अपलोड भइसकेको यो पोडकास्ट खास गरी दश कक्षा माथिको अध्ययन गरेका व्यक्तिहरुलाई लक्षित गरी सुरु गरिएको हो ।


‘पोडकास्ट आधारभूत अंग्रेजी सिकाईमा भन्दा पनि अंग्रेजी जानेका तर उच्चारणमा समस्या भएका प्रयोगकर्ता प्रति लक्षित गरेका छौं,’ पोडकास्ट सञ्चालक पोखरेलले भने, ‘अंग्रेजी जानेपनि उच्चारण नमिल्दा विदेशीहरुलाई आफ्नो कुरा बुझाउन नसक्ने समस्या धेरैले भोगिरहेका हुन्छन् । यसबाट त्यस्ता व्यक्तिहरुलाई अंग्रेजी प्रस्ट बुझ्न तथा बोल्न सहयोग पुग्ने आशा लिएका छौं ।’


एन्ड्रोइड प्रयोगकर्ताले हाम्रो पात्रोको मूख्य पेजमा केही तल स्क्रोल गरेर फिचर्ड पोडकास्ट इन हाम्रोपात्रो अन्तर्गत ‘इंग्लिस फर नेपाली  स्पिकर’मा यो पोडकास्ट फेला पार्न सक्नेछन् ।  आईफोन प्रयोगकर्ताले भने हाम्रो विशेष पोडकास्टमा जानुपर्ने हुन्छ । यसका साथै यहाँ क्लिक गरी सोझै वेबसाइटमार्फत पनि पोडकास्ट सुन्न सकिनेछ ।
कम्पनीले पोडकास्टलाई विशेष प्राथमिकताका साथ छुट्टै वेबसाइट पोडकास्ट डट हाम्रोपात्रो डट कम सञ्चालनमा ल्याएको कम्पनीका संस्थापक शंकर उप्रेतीले बताए ।

समाचार

सफ्टवेरिकामा दोश्रो आइओटी प्रदर्शनी हुँदै: अटोनोमस भेहिकल देखि रेस्क्यु ड्रोन सम्म

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका…

आफ्नै सर्च इन्जिन ल्याउँदै ब्रेभ

गोपनीयतामा केन्द्रित रहेको ब्राउजर ब्रेभले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ। यसका लाग…

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग (भिडियोसहित)

मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । मोफसलका युवा समिर फुँयाल,…

फाइभजी सेवाका लागि सेवा प्रदायकलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध हुने

आगामी वर्ष भित्र फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया शुरू ह…

नेपाली आकाशमा अब इन्टरनेट सेवा

विदेशी एयरलाइन्सहरुले अब नेपाली आकाशमा इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । …

प्राधिकरणले सार्वजनिक गर्‍यो इन्फरमेसन सिस्टम अडिटर र क्लाउड अडिटरको सूची 

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागी अडिटर फर्मह…

६७ लाखले फोरजी सेवा प्रयोग गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले करिब ६७ लाख सर्वसाधारणले फोरज…

स्मार्ट सिटी, आईओटी र मसिन टु मसिन कम्युनिकेसनका लागि फ्रिक्वेन्सी व्यवस्था गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन …

३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुग्यो

३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २…

पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्यकता होः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्य…

जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने

आगामी जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम  (एमडीएमएस) कार्यान्वयनमा आउने भएक…

दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारी वर्षकै उत्कृष्ट कर्मचारी घोषित

नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारीलाई उत्कृष्ट कर्मचा…

२३ औं वार्षिकोत्सव मनाउँदै नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो २३ औं वार्षिकोत्सव मनाउँदै छ । प्राधिकरणले सञ्च…

नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा

नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा पुगेको छ। पिकोस्याट ने…

नारी दिवसका दिन महिलाहरुले प्रयोग गर्ने सामानमा ग्यापुले ५० प्रतिशत छुट दिने

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्यापु मार्केटप्लेसले नेपाली महिलाहरूको गौरवशाली …