कीवर्डहरू -

समाचार

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव, प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।

‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ।

यही प्रविधिको कारखाना खोले मल आपूर्तिको दिगो समाधान हुने समितिको निष्कर्ष छ। यस्तै, कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि भई मुलुकको आर्थिक विकासमा योगदान पुग्ने प्रतिवेदनमा उल्लेख छ।

समितिले रासायनिक मल उत्पादन गर्न विश्वव्यापी रूपमा प्राकृतिक ग्यास, थर्मोकोल र वाटर इलेक्ट्रोसिस प्रविधि प्रचलनमा रहेको उल्लेख गरेको छ। यीमध्ये प्राकृतिक ग्यास प्रविधिमा जाँदा सरकारले उपलब्ध गराउनुपर्ने अनुदान बचत हुन सक्ने निष्कर्ष निकालिएको छ।

समितिले प्राकृतिक ग्यास प्रविधिको कारखाना खोल्न सुरु लगानी १ खर्ब ३ अर्ब र  वाटर इलेक्ट्रोसिस प्रविधिमा १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको छ। थर्मोकोल प्रविधिमा जान वातावरणीयलगायत कारण उपयुक्त नहुने सुझाव समितिले सरकारलाई दिएको छ। सार्वजनिक निजी साझेदारी मोडालिटीमा स्थापना गर्ने परियोजना सञ्चालन गर्न उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काललाई प्राकृतिक ग्यास प्रविधिमा जान उपयुक्त देखिए पनि कच्चा पदार्थ नेपालमा उपलब्ध हुने भएकाले वाटर इलेक्ट्रोसिसबारे पनि अध्ययन गर्न सुझाव दिए। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा रहेको छ ।

समाचार

बैशाख २८ गतेदेखि \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै

सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिएको क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ …

प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त 

काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डीनमा प्रा.डा. मनिष पोखरेल नियुक्त हुनुभएको छ ।


कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइ…

अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा पूर्वी न…

शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने

अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्‍याउने 'भोज' ले सुरु गरेको अनलाइन खाना म…

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात …

गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने

गूगलले गूगल म्यापलाई अझै राम्रो बनाउन नयाँ फिचर ल्याउने भएको छ ।

<…

सुरू भयो सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी (फोटोफिचर)

सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी आजबाट शुरू भएको छ । कम्प्युटिङ सोलु…

कोरोना खोपको बारेमा गलत जानकारी दिने  ३० हजार भिडियो युट्युबबाट डिलिट

युट्युबले कोरोना खोपको बारेमा गलत जानकारी फैलाउने ३० हजार भिडियोलाई डिलिट गरेक…

कृषि हाट बजार धनगढीमा अब क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिने

सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको…

थाईल्यान्डमा ह्वावेले पायो डिजिटल इन्टरनेसनल कर्पोरेसन अफ द इयरको अवार्ड 

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिट…

आजदेखि सफ्टवेरिका कलेजमा आइओटी प्रदर्शनी, ५ हजारले अवलोकन गर्ने अपेक्षा

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्टवेरिक…

अब स्वीकृति नलिएरै घरायसी प्रयोजनमा फ्रिक्वेन्सी प्रयोग गर्न सकिने

घरायसी प्रयोजनमा  उपयोगी  हुने  निश्चित  ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग ग…

१०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्टमा काम गर्दै टेस्ला

टेस्लाले टेक्ससमा १०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्ट विकास गरिरहेको छ । ब्लुमबर्गक…

प्रविधि क्षेत्रको विकासका लागि पञ्च वर्षिय योजना ल्याउँदै चीन

चिनियाँ प्रविधि उद्योग अमेरिकाको व्यवसायिक तनाव र आर्थिक अनिश्चितताका कारणले एकदमै…

साओमीको नयाँ सर्भिस सेन्टर धनगढीमा

साओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको सञ्चालनमा ल्याएको छ । उक्त सर्भि…