समाचार
स्याटेलाइट सम्बन्धि अध्ययन गर्न पाँच कम्पनी छनोट
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्ट लिस्ट) मा परेका छन् ।
स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो ।
प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।
प्राधिकरणले गरेको मागअनुसार आशयपत्र बुझाएका कम्पनी मध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार छनोटमा परेका कम्पनीमा फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक, अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेशनल, बेलायतको इकोनोमिक्स लिमिटेड र भारतको केपीएमजी असुर्यानसीटी एण्ड कन्सल्टिङ सर्भिस रहेका छन् ।
प्राधिकरणले गत पुस २७ गते दिउँसो १२ः०० बजेभित्र आवेदन दिन सक्ने गरी पुस १ गते उक्त आवेदन खुलाएको थियो । आशयपत्र पेश गरेका कम्पनीबाट छनोट गरेको प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट गर्नेछ ।
चालीस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिए ।
उनका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा दिनेछ ।
प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भू–उपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ ।
सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।
अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रूचिसहित प्रस्ताव पेश गरेका थिए ।
दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ । रासस
समाचार
३० हजार भन्दा बढि अमेरिकी संस्थाहरु ह्याक
माइक्रोसफ्टको एक्सेन्ज ईमेल सर्भरमा रहेको समस्यालाई प्रयोग गरि ह्याकरहरुले ३० हजार भन्…
टेस्लाले ल्याउँदै फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट
टेस्लाले फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट ल्याउने भएको छ ।
एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पता…
आईप्रोका फिचर फोन नेपालमा
नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिका…
चोरीका ५२ थान मोबाइलसहित ४ जना पक्राउ
चोरीका ५२ थान मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न सिसिटिभी क्यामरा जडान
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रम…
ई-ट्रान्सपोर्टेसनको ग्यारेज प्रतिनिधिहरूसँग अन्तरक्रिया
नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउने अभियान सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसल…
टिकटकमा आयो क्यूएनए फिचर
टिकटकमा प्रश्न उत्तर (क्यूएनए) फिचर उपलब्ध भएको छ । सबै प्रयोगकर्ताका लागि क्यूएनए फि…
भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्दै अल्फाबेट
अल्फाबेटको मुन सट फ्याक्ट्रीले भिडमा पनि आवाज पत्ता लगाउन सक्ने वेयरेबल निर्माण गर्ने…
नेपालमा रियलमी सिक्स आईको मूल्य घट्यो
स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियल…
डिशहोमले मेयर कप २०७७ क्रिकेट प्रत्यक्ष प्रशारण गर्दै
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजीत मे…
गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्युआर भुक्तानी सेवा
एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्…
एक हजार जनालाई रोजगारी दिने देशकै ठुलो आइटी कम्पनी \'एफवानसफ्ट\' १८ औँ वर्षमा प्रवेश
नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा स…
धार्मिक तथा पर्यटकिय स्थलमा अब वाईफाई सेवा
धार्मिक तथा पर्यटकिय स्थलहरुमा वाईफाई सेवा उपलब्ध हुने भएको छ । बिहिबार आयोजित ने…