कीवर्डहरू -

समाचार

क्यान महासंघको पर्सा शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघले पर्सा शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित गरेको छ । शनिबार काठमाडौंमा आयोजित क्यान महासंघको २७ औं साधारणसभामा क्यान महासंघको पर्सा शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित गरिएको हो ।

क्यान महासंघ पर्सा शाखाका अध्यक्ष दिपक शाहले शाखाले विगत एक वर्षमा गरेको काम, कार्यक्रम र गतिविधिहरूको मूल्याङ्कन गर्दै शाखालाई सम्मानित गरेको बताए ।

उनले भने, ‘कोभिड महामारीको बीचमा पनि हाम्रो शाखालाई सक्रिय राख्दै विभिन्न कार्यक्रमहरू गर्न निरन्तर खट्ने क्यान महासंघ पर्साका सम्पूर्ण कार्यसमिति सदस्य र साधारण सदस्यहरुलाईसमेत धन्यवाद दिन चाहन्छु ।’

‘क्यान महासंघ पर्साले गरेको परिश्रम, महिनेत र लगनशीलताको फलस्वरूप देशको उत्कृष्ट शाखा हामी बन्न सफल भएका छौँ,’ साहले भने ‘हामीले प्राप्त गरेको यस सम्मानले क्यान महासंघ पर्सालाई थप क्रियाशील बनाएर आगामी दिनमा अझै सक्रिय रूपमा काम गर्न प्रोत्साहित गरेको छ।’

‘हामीले यस वर्ष क्यान इन्फोटेक २०२० जस्तो एतिहासीक कार्यक्रम गरेर देखाएका थियौँ,’ उनी भन्छन्, ‘विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा क्यान महासंघ पर्साले कोभिड महामारीको समयमा पनि शैक्षिक कार्यक्रमदेखि सूचना प्रविधि क्षेत्रमा लागेका व्यवसायिहरुको हक हितका लागि आवाज उठाउने कामसम्म गरेको छ ।’


समाचार

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईए…

इन्टरनेटको मूल्य घटाउँदै सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने सम्बन्…

बजेट अभावले चीनमै रोकिए २५ विद्युतीय बस

चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकि…

एनसेल र नेपाल टेलिकमको नाफामा भारी गिरावट

सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको …

शृंखला खतिवडा वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावना दूत

नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले पुर्व मिस नेपाल शृंखला खतिवड…

गूगलले वेयर ओएसको बग फिक्स गर्ने

गूगलले तीन महिना अघिको वेयर ओएसमा भएको बगको समस्यालाई ठिक गर्ने भएको छ । वेयर ओ…

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुक…

पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …

अब एक महिनामै चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …

शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा

शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन …

डिजिटल रूपान्तरणको गतिलाई अगाडि बढाउँदै ह्वावे 

ह्वावेले एचएमएस इकोसिस्टमका लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरक…

ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने

ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेक…

आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ

सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ । <…

म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध

फेसबुकले म्यानमारको मिलिटरी (सैनिक) लाई अनिश्चित समयको लागी प्रतिबन्ध गरेको छ । म…