समाचार
ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैङ्कको क्यूआर सेवा शुरु
कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा शुरु गरेको छ ।
बैङ्कले व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात क्यूआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको जनाएको छ ।
कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले व्यवसायीहरुलाई सो क्यूआर कोडहरू हस्तान्तरण गरेका हुन् ।
नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैङ्कले आफ्ना ग्राहकहरूका लागि ‘कुमारी स्मार्ट’ नामको मोबाइल एप्लिकेशन प्रस्तुत गरेको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ ।
यस्तो सेवाको प्रयोग गर्दा कुनैपनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैङ्कको क्यूआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको संख्या ७ हजार भन्दा बढी पुगेको बैङ्कले जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
समाचार
सरकारले साझा यातायातमार्फत विद्युतीय बस खरिद गर्ने
साझा यातायातमार्फत विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु भएको छ । सम्झौताअन…
रोलेबल फोनमा वायरलेस चार्जर ल्याउँदै ओप्पो
ओप्पोले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७.५ वाट पा…
साओमी, गूगल र ओप्पोले फोल्डेबल फोनमा सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने
साओमी, गूगल र ओप्पोले फोल्डेबल फोन बनाउन सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने छ…
के हो डिजिटल लर्निङ ? किन छ यसको महत्व ?
डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो । जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ…
संगीत, खेलकुद र शारीरिक अभ्यासका सामानमा ५० प्रतिशत सम्म छुट दिदै इन्फी
नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुला…
क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा विस्तार
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट क…
नासाले सार्वजनिक गर्याे पर्सिभेरेन्स रोभरले खिचेको भिडियो
नासाले हालैमा मङ्गल ग्रहमा रोभर लञ्च गरेको भिडियो तथा रोभरले खिचेको फोटो सार्वजनि…
दराज हाट बजारः ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरहरु
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ देखि दराज हाट बजार सुरु हुने…
भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा
बिलबैङ्कले भैरहवा कान्छी बजारको तरकारी फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्…
दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने
फागुन ११गते देखि सुरु भएखओ दराज हाट बजारमा अभ १ रूपैयाँमा नै डिशहोमको फाईबर न…
अब नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी
नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक …
टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस्: ह्वावेकी क्याथरिन चेन
कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुम…
मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू
गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व …
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ…
नेपाली बजारमा प्रवेश गर्दै स्पोटीफाई
अडियो स्ट्रीमिङ प्लेटफर्म स्पोटीफाई नेपालमा पनि सार्वजनिक हुने भएको छ । नेपालसँगै स्…