कीवर्डहरू -

समाचार

इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिलेको छ ।

बुधबार पोखरामा एक कार्यक्रमकाबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने छन् ।

सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने छन् ।


बुधवार भएको कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रशाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताउनुभयो । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उहाँले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताउनुभयो । 


कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राख्नुभयो । डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यू आर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गर्नुभयो ।


इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा जानकारी गराउनुभएको थियो । संघले संचालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताउभनुभयो । 


होटल संघ नेपालका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रबद्र्धन र डिजिटल प्रणालीको विकास र महत्वका बारेमा भनाई राख्नुभएको थियो । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, एफवान सफ्ट समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाइ र संघका महासचिव गणेशराज पहारीले पनि डिजिटल भुक्तानीको महत्वबारे भनाई राख्नु भएको थियो । 


मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।

समाचार

फुडमाण्डुबाट अर्डर गर्दा अब आइएमई पे बाटै पैसा तिर्न सकिने, २५ प्रतिशत सम्म छूटको सुविधा

‘आइएमई पे' र फूडमाण्डुबीच सम्झौता भएको छ । सम्झौता अनुसार अनलाइन फुड डेलिभरी सेव…

नेपालमा फाइभजी परीक्षण गरिने 

नेपालमा फाइभजी परीक्षण हुने भएको छ । हालै बसेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण …

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३,…

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मोरञ्जनात्मक कम…

भोजको वृहत अनलाइन खाना मेला बिहिबार सम्म चल्ने, ७० प्रतिशत सम्म छूटको सुविधा

खानेकुरा अनलाइन अर्डर मार्फत घरघरमा पुर्याउने अनलाइन खाजा स्टोर ‘भोज’ ले आगामी मा…

मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनरमा आइएमई पे

आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर बन्ने…

खल्तीको भाइबर कम्युनिटिमा जोडिँदा आईफोन १२ जित्ने मौका

नेपालको एक लाेकप्रिय डिजिटल वालेट खल्तीले आफ्नो भाइबर कम्युनिटीमा खल्तीमा आइफोन १२…

शेयर बजारमा आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ३३ लाख नजिक

डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३  लाख  नजिक  पुुगेको  छ ।  पछिल्लो समय निरन्तर सुध…

अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको…

सकियो दोस्रो आइओटी एक्सपो, ५ हजारले गरे अवलोकन (भिडियो सहित)

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका…

अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाट…

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

क्यान इन्फोटेक घोषणा कार्यक्रमको अवसर पारेर क्यान महासंघले मिडिया क्षेत्रमा सूचना तथ…

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव, प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृ…

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सेवा

मेगा बैंकले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरुमा क्…

कतार एयरवेजको ‘डिजिटल राहदानी’ मोबाइल एप

कतार एयरवेज ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बनेको छ । …