कीवर्डहरू -

समाचार

नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रहरुमा सुरु गर्यो जीएसएम सेवा

नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सुरु गरेको  छ । टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो । टेलिकमका अनुसार ढोरपाटन नगरपालिका ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ । सो ठाउँ बाग्लुङ सदरमुकामदेखि १२४ किलोमिटरको सडक दूरीमा र करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित छ ।

टेलिकमको जीएसएम सेवाबाट त्यस स्थानका करीब ५०० घरधुरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनिको अनुमान छ । यसका साथै बाग्लुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि समेत सो सेवाले सहयोग गर्ने टेलिकमको दाबी छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

समाचार

सामसुङ एस ९ प्लस अब १२८ जिबी स्टोरेजमा

नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9…

क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु 

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५० पचासभन्दा बढी डिजिटल च्यान…

मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा

नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अ…

प्रविधिको वरदान सुरक्षित गर्न सूचना प्रविधि ऐन ल्याइने : सञ्चार राज्यमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्…

राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?

नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्…

राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?

नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्ती…

सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, भारत लक्षित लगानीमा उत्साहजनक सहभागिता


काठमाडौ । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै गएको छ । एनड्रोइट भर्सनमा गत जनवरीमा नयाँ डिल्लीमा आफ्नो एप सार्वजनिक गरेसगै भारतीय …