कीवर्डहरू -

समाचार

प्रविधिमा महिलाको पहुँच पुर्याउन आवश्यक : मन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिमा महिलाको पहुँच पुर्याउन आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा नेपाल दूरसञ्चार प्राधिकरणद्धारा आयोजित इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे को अवसरमा बोल्दै उनले डिजिटल प्रविधिको प्रयोगबाट महिलालाई सक्षम बनाउनका लागि सबैभन्दा पहिले सर्वसुलभ रुपमा प्रविधिको पहुँच महिलाहरुमा पुर्याउन आवश्यक रहेको उनले बताए ।

उनले कानूनी हिसाबले महिला र पुरुष बराबरी भए पनि व्यवहारिक रुपमा अझै अन्तर रहेको भनाइ राखे । महिला डिजिटल प्रविधिमा अगाडि आउन सके डिजिटल अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उनले राखे । साथै ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रम हुनुपर्नेमा उनले जाेड दिए ।

उनले यस्तो कार्यक्रम अझै भव्य रुपमा गराउन सकिनेतर्फ संकेत गर्दै नेश्नल आइसिटी डेको अवसरमै यो कार्यक्रम समावेश गराउन सके गर्ल्स इन आइसिटी डे खल्लो नहुने भनाइ राखे ।

तर, गर्ल्स इन आइसिटी डे हरेक अप्रिल महिनाको अन्तिम बिहिबार अन्तराष्ट्रिय दूरसञ्चार युनियनका सदस्य राष्ट्रहरुले मनाउँदै आएका छन् । नेश्नल आइसिटी डे भने मे २ का दिन नेपालमा मनाइन्छ ।

\"Image

कार्यक्रममा सूचना प्रविधि र महिलासम्बन्धी सबैभन्दा धेरै कार्यक्रम गर्ने वुमन लिडर्स टेक्नोलोजी, कार्यक्रमहरुमा सबैभन्दा बढी महिला सहभागी गराउने एसआइसिटी नेपाल, लामो समयदेखि यससम्बन्धी कार्यक्रम गर्दै आएको क्यान महासंघ, धेरै जिल्लामा कार्यक्रम गर्ने रोबोटिक्स एशोसिएसन अफ नेपाललगायतलाई कदरपत्रले सम्मान गरियो ।

साथै सिएसआइटी एशोसिएसन अफ नेपालले पोखरामा आयोजना गरेको ह्याकथन प्रतिस्पर्धाका विजयीलाई पनि सम्मान गरियो । कार्यक्रमको पूर्वाद्र्धमा विहान प्रभातफेरि आयोजना गरिएको थियो ।

\"Image

समाचार

भारतमा टिकटक बन्द हुँदा दैनिक ५ लाख डलर घाटा

भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतराम…

वर्ल्डलिंकले ल्यायाे कर्पोरेट ग्राहकहरुका लागि ‘सेफ नेट’ सेवा

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट&…

इन्टरनेटले बालयौन दुर्व्यवहार बढायो : प्रहरी

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्टरनेट म…

खल्ती डिजिटल वालेट अब नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त

काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्…

जान्नैपर्ने कुरा : के छ सूचना प्रविधि विधेयकमा ?

नेपाल सरकारद्वारा संघीय संसदमा पेश भएको सूचना प्रविधिको सम्बन्धमा बनेको विधेयकलाई लिएर अहिले निकै बहस भइरहेको छ । विभ…

ई–सेवाले ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

<…

कामना सेवा विकास बैंकले सुरु गर्यो आई–बैंकिङ रिलोडेड सेवा

कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरी आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

गल्र्स इन आईसीटि ह्ययाकाथोन पोखरामा चल्दै

सुचना प्रविधिमा महिला सहभागीता वृद्धि गराउने उदेश्यले सिएसआइटि एसोसिएसन अफ नेपालले नेपाल दुर सञ्चार प्रधिकरणको सहकार्यमा गल्र्स इन आइसीटि ह्ययाकाथोन यहि वै…

नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक

नेपाल फोटो पत्रकार समूह एनएफपीजे नेपाल द्धारा आयोजित “नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो …

एनसेलले सर्वोच्च अदालतमा हाल्यो मुद्दा

काठमाडौं। कर तिर्न सात दिने म्याद सकिने १ दिन अगाडी सोमबार एनसेलले ठूला करदाता कार्यल…

फाईभ जी प्रयोग गर्दा डाटाहरु सजिलै ह्याक हुने सक्ने

काठमाडौ। इन्टरनेट विना मानव जीवनको कल्पना गर्न कठिन छ। जुनसुकै काम गर्दा पनि हामिलाई इ…

सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले आर्थिक…

पब्जी माथि प्रतिबन्ध लगाउने निर्णय कार्यन्वयन नगर्नुः सर्वोच्च अदालत

काठमाडौं। विश्वको चर्चित गेम पब्जी माथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले शुक्रबार आदेश दिए…

एनसेलको पहिलो सिम योजना १७ रुपैयाँमै अनलिमिटेड डाटा

काठमाडौं। २०७५ मा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम योजना ल्याएको छ। यो योजना अन्तर्ग…