समाचार
सामसुङको नयाँ ग्यालेक्सी एस ९ र एस ९ प्लसमा यस्ता छन् फिचरहरु
सामसुङले केहि समय अघि आफ्नो बहुप्रतिक्षित फ्लागशिप स्मार्टफोन,ग्यालेक्सी एस ९ र एस ९ प्लस सार्वजनिक गरेको छ । सामसुङले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेस इभेन्टमा उक्त फोन सार्वजनिक गरेको हो। यी फोनमा फ्रन्ट र ब्याकमा पनि ग्लास राखिएको छ,मेटल फ्रेम,कर्भ्ड एज,वाटर रेसिस्ट्यान्ट तथा वायरलेस चार्जीङ सिस्टम लगायतका बिशेषताहरु यसमा समाबेश छन् ।
ग्यालेक्सी एस ९ मा ५.८ इन्चको स्क्रिन र एस ९ प्लसमा ६.२ इन्चको ठुलो स्क्रिन छ । दुवै स्मार्टफोनहरु ८.५ एमएम मोटाइ र कर्भ्डस्क्रिन सहितको रहेको छ । यी फोनहरुमा,बेजेल लेस,स्टेरियो स्पिकर्स आदि फिचर्स रहेको छ । यो वर्ष एस ९ प्लसमा, एस ९ को तुलनामा धेरै स्टोरेज रहेको छ ।
साथै सामसुङको नोट ८ मा जस्तै यसमा पनि डुअल क्यामेरा फिट गरिएको छ,जसमा टेलीफोटो क्यामेरा समाबेश छ । सामसुङले यी फोनहरुमा डल्बी एटमस स्पिकर जडान गरेको छ। यसकारण ह्यान्डसेटले सिनेम्याटिक साउण्ड उत्पादन गर्द्छ ।
सामसुङले यी दुइ नयाँ ह्यान्डसेटमा फिंगर प्रिन्ट स्क्यानर क्यामेराको ठिक तल पट्टि सारेको छ । फोनको थप सुरक्षाको निमित्त ग्यालेक्सी एस ९ र एस ९ प्लसमा इन्टेलीजेन्ट स्क्यान समेत दिईएको छ । इन्टेलीजेन्ट स्क्यानमा फेस तथा आइरिस स्क्यानर समाबेश छ।
आइफोन एक्समा जस्तै यसमा पनि एनइमोजीको फिचर रहेको छ । यो फिचरले युजरको फेस अनुसारको इमोजी तयार गर्दछ । यसमा इमोजी कार्टुनको स्किन कलर र ड्रेस युजरले आफ्नो इच्छा अनुसारको बनाउन सक्छन् । थप यो फिचरमा युजरले चस्मा,हेयर स्टायल आदि समेत परिवर्तन गर्न सक्छन् । सामसुङले यसपटक अघिल्लो बर्षको ह्यान्डसेटमा रहेको कमिकमजोरीलाई सुधार गरेको छ र उच्चस्तरीय नयाँ प्रबिधिको समेत प्रयोग गरेको छ ।यसकारण सामसुङको यो नयाँ ग्यालेक्सी एस ९ र ९ प्लसले बजारमा आइफोन एक्स सँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ ।
सामसुङ ग्यालेक्सी एस ९ को स्पेसीफिकेशन
सामसुङ ग्यालेक्सी एस ९ मा ५.८ इन्चको सुपर एमोलेड डिस्प्ले र फ्रन्ट र ब्याकमा गोरिल्ला ग्लास ५ प्रोटेक्सन दिईएको छ । यसमा १४४० x २९६० पिक्सेल रेजोलुसन १८.५:९ एस्पेक्ट रेसियोमा छ । एस ९ मोडलमा स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेट प्रयोग भएको छ ।
यसका साथै ४ जीबी र्याम प्रयोग भयेको यो डिभाइमा ६४/१२८/२५६ जीबी इन्टरल स्टोरेज भेरियन्ट उपलब्ध छ । जसलाई २५६ जीबी सम्म बढाउन सकिन्छ । यसको साथै फोनमा क्यामेराको कुरा गर्दा यसमा डबल एपर्चर रहेको छ । रीयरमा एफ/१.५-एफ/२.४ एपर्चर सहितको १२ एमपिको क्यामेरा यसमा छ । यसमा डुअल पिक्सेल पीडीएएफ,ओआईएस,एलइडी फ्ल्याश आदि फिचर्स रहेका छन् । यसका साथै सेल्फीका लागि एफ/१.७ एपर्चर सहितको ८ एमपी क्यामेरा राखिएको छ ।
सामसुङ ग्यालेक्सी एस ९ मा कनेक्टिभीटिमा ब्लटुथ ५.०,ए-जीपीए,३ जी,४जि एलटिइ,युएसबी टाईप सी ३.१ आदी फिचर्स छन् । यसका साथै आईरिस स्क्यानर,फिंगर प्रिन्ट,एक्सेलेरोमीटर,जायरो,प्रोक्सीमिटि कम्पास,हार्ट रेट,एसपीओ २ लगायतका सेंसर यसमा छन् ।
३००० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग भएको यो फोनमा,एकेजी स्टर्रियो स्पिकर,ईन्टेलिजेंट स्क्यान, सामसुङ डीएक्स,एआर इमोजी ,३.५ एमएम हेडफोन ज्याक र आइपिएस ६८ सर्टिफाइड,फास्ट चार्जिङ लगायतका फिचर्स उपलब्ध छन् । बजारमा ग्यालेक्सी एस ९ को मिडनाइट ब्ल्याक,टिटनियम ग्रे ,पर्पल र कोरल ब्लु कलर भेरियन्ट कलरमा उपलब्ध छन् ।
सामसुङ ग्यालेक्सी एस ९ प्लसको स्पेसीफिकेशन :
सामसुङ ग्यालेक्सी एस ९ प्लसमा ६.२ इन्चको ठुलो सुपर एमोलेड डिस्प्ले छ । यसका साथै फोनको अगाडी र पछाडी दुवै साइडमा गोरिल्ला ग्लास ५ को सुरक्षा प्रदान गरिएको छ । सामसुङको यो नयाँ डिभाइसमा १४४० x २९६० पिक्सेलको रेजोलुसन र १८.५ : ९ को एस्पेक्ट रेसियो छ । यसका साथै ५२९ पीपीआइ पिक्सेल डेन्सीटि यसमा छ ।
एन्ड्रोइडको ८.१ ओरियो ओपरेटिङ सिस्टम सिस्टममा चल्ने सामसुङ ग्यालेक्सी एस ९ प्लसमा स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेटको प्रयोग गरिएको छ । यसका साथै ६ जीबी र्याम तथा ६४/१२८/२५६ जीबी इन्टरनल स्टोरेज भेरिएन्टमा यो उपलब्ध छ । जसलाई एसडीकार्डको सहयोगमा २५६ जीबी सम्म बढाउन सकिन्छ ।
सामसुङको यो नयाँ डिभाइसमा क्यामेराको कुरा गर्दा,यसमा डुअल एपर्चर रहेको छ। यसमा १२+१२ मेगपिक्सेलको डुअल रियर क्यामेरा छ,यसमा एफ/१.५ र एफ/२.४ गरि दुइवटा एपर्चरहरु राखिएको छ । रियर क्यामेरामा ओआइएस,फेज डीटेक्सन अटोफोकस,२ x अप्टिकल जुम तथा एलइडी फ्ल्याश जस्ता फिचर्सहरु यो फोनमा समाबेश छ । यसका साथै यो फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ, यसमा एफ/१.७ एपर्चर रहेको छ ।
वाईफाई,ब्लुटुथ ५.०,ए जीपीएस,३ जी,४जि एलटिइ,युएसबि टाइप सी ३.१ आदि कनेक्टिभिटी फिचर्स यो फोनमा छ । साथै सेन्सरहरुमा आइरिस स्क्यानर,फिंगरप्रिन्ट,एक्सेलेरोमिटर,जायरो,प्रोक्सीमिटि,कम्पास,ब्यारोमिटर ,हार्ट रेट एसपीओ २ लगायतका फिचरहरु छन् । यी सम्पूर्ण कुराहरु अपरेट गर्नका लागि यो फोनमा ३५०० इमएएचको नन् रेमुभेबल ब्याट्रीको प्रयोग गरिएको छ ।
यी बाहेक फोनमा एकेजी स्टेरियो स्पिकर,इन्टेलीजेन्ट स्क्यान,एआर इमोजी,३.५ एमएम हेडफोन ज्याक आदि फिचर्स यसमा छ र आइपी ६८ सर्टिफाइड भएका कारण यसमा धुलो तथा पानी यसमा पस्न सक्दैन । यो सँगसँगै यसमा वायरलेस फास्ट चर्जीङ सिस्टम र स्लोमोसन एचडी भिडियो समेत खिच्न मिल्छ ।
सामसुङ ग्यालेक्सी एस ९ प्लस मिडनाइट ब्ल्याक, टिटानियम ग्रे,पर्पल तथा कोरल ब्लु कलर अप्सनमा बजारमा उपलब्ध छ ।
समाचार
कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा
काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अ…
समाचार पढ्न र रेडियो सुन्नको लागि \'संचार\' एप
नेपालमा हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचारहरु पढ्नका साथै पुर्व मेची देखि पश्चिम महाकाली सम्म अनलाईनमा उपलब्ध एफएम…
ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाइ्र्र्र पुरस्कार
ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको