कीवर्डहरू -

समाचार

राजधानीमा मेशिन लर्निङ र डाटा साइन्स विषयमा वर्कसप सुरु

मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपाल र किस्ट कलेजको संयुक्त आयोजनामा बुधबारदेखि दोस्रो संस्करणको ‘नेसनल वर्कसप अन मेशिन लर्निङ एण्ड डाटा साइन्स २०१९’ सुरु भएको छ ।

यो वर्कसप पाँच दिनसम्म चल्ने छ । वर्कशपको उद्घाटन शत्रको प्रमुख अतिथिको रुपमा डा. महावीर पुनले सहभागीहरुलाई कसरी रचनात्मक कार्य गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने भन्ने विषयमा आफ्नो मन्तव्य दिएका थिए ।

\"Image

कार्यक्रमका सहभागीलाई किस्ट कलेजका डाइरेक्टर इन्द्र सुवेदीले किस्ट स्वागत गरे । मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपालको तर्फबाट स्वागत मन्तव्य सुर्य वस्नेतले दिएका थिए भने कार्यक्रमको उद्धेश्यबारे डाटा साइन्टिस्ट डा. झनक पराजुलीले विस्तृत रुपमा प्रकाश पारेका थिए ।

त्रिविका उपप्राध्यापक श्री तेजबहादुर शाहीले सहभागीहरुलाई स्वागत गर्दै आजको युगमा आर्टिफिसियल इन्टेलिजेन्सको महत्व सबै क्षेत्रमा रहेको र यसको बारेमा सबैले बुझ्न जरुरी रहेको भन्दै अबको केही वर्षमा यस क्षेत्रमा लाखौंको रोजगारीको सम्भावना रहेको हुँदा आफ्नो दक्षता बढाउन सहभागीलाई आग्रह गर्दै कार्यक्रमको उद्घाटन शत्रको समापन गरे ।

\"Image

कार्यक्रमको मुख्य वक्ताका रुपमा आएका प्रा.डा. शशीधरराम जोशीले मेशिन लर्निङ के हो, यसको उपयोगिता के छ, यो कहाँ कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए ।

अर्का वक्ता डा. झनक पराजुलीले डाटा साइन्समा प्रयोग हुने भिन्न टूल तथा टेकनिकहरुको बारेमा सहभागीलाई जानकारी गराए । वर्कसपमा देशका विभिन्न भागबाट आएका ५६ जना विभिन्न पेशा क्षेत्रमा कार्यरत सहभागी छनौट गर्न आयोजकलाई निकै गार्हो परेको कार्यक्रम संयोजक सुर्य बस्नेतले बताए ।

‘हामीले अनलाइनबाट निश्चित समय राखी माग आवेदन गरेका थियौं । लगभग ३ सयको हाराहारीमा आवेदनहरु परेको थियो । सबै जना उतिकै योग्य हुनुहुन्थ्यो तर, हामीसँग सिमित सिटको मात्र क्षमता भएका कारण जम्मा ५६ जनालाई सहभागी गराउन सकियो,’ बस्नेतले भने ।

नेसनल वर्कसपको प्रायोजकको रुपमा फयुज मसिन नेपाल रहेको छ ।

\"No

याे पनि पढ्नुहाेस् ः
आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै

समाचार

जिमेलमा भएका अनावश्यक इमेलहरु डिलिट गर्ने सजिलो तरिका

जिमेलमा आएका अनावश्यक इमेलहरुले इनबक्स भरिने समस्याबाट पीडित हुनुहुन्छ होला। ति इमेलहरु एक एक गरेर डिलिट गर्न धेर…

रेडमी नोट सेभेन प्रो नेपाली बजारमा

काठमाडौं। शाओमीले रेडमी नोट सेभेन प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेडमी नोट ७…

ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजीʼ साउन २ देखि, एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुने

काठमाडौं। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा 'एनसीआइटी एक्सपो अन टेक्नोल…

आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका  उत्कृष्ट ११ को घोषणा

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …

मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न ६ महिनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्य…

क्युआर कोड के हो ? कसरी बनाउने ?

काठमाडौं। क्युआर कोडको नाम त सुन्नु भएकै होला। अहिले धेरै काममा धेरै प्रयोगका लागी क्य…

नेपाली युवाले विकास गरेको डिजिटल प्लाटफर्म ʻफिल्ड साइटʼ लाई एक लाख डलर बराबरको पुरस्कार

काठमाडौं । सिंगापुरमा गत जुलाई २७ मा भएको डिजास्टर टेक इन्नोभेसन कम्पिटिशनमा फिल्डसाइट नामक ह्युमेनिटेरियन डिजिटल प्लाटफर्मले पहिलो स्थान हासिल गरेको छ ।&…

ओप्पोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी, ज्वेलरी ह्वाइट रंगमा उपलब्ध हुने

ओप्पोले एफ११ नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ । <…

ओपोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी


काठमाडौं। वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनीओपोले गत…

चाैधरी ग्रुप र हुवावेबीच नेपालमा फाेरजी विस्तार गर्न सम्झाैता

काठमाडाैं । चौधरी ग्रुप (सीजी) र हुवावेबीच नेपालमा फोरजी फोन सेवा विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।

१० करोड अमेरिकी डलरको सम्झौता भ…

नेपालको ʻखल्तीʼले जित्यो संयुक्त राष्ट्रसंघको फिनटेक इन्नोभेसन फन्ड 

काठमाडौं । छोटो समयमा ८ लाखभन्दा बढी प्रयोगकर्ताले मन पराएको नेपालको डिजिटल वालेट खल्तीले अन्तर्राष्ट्रियस्तरको इन्नोभेसन फ…

८ घण्टापछि फेसबुकमा देखिएको समस्याको समाधान

काठमाडौं । ८ घण्टापछि हिजो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका केही फिचरहरुमा आएको समस्या समाधान भएको छ ।

फोटो, भिडियो अरु डाटा लोड न…

नेपाल टेलिकमद्वारा सुनसरीमा सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन वितरण

काठमाडौं। विकट हिमाली क्षेत्रका साना वस्तीमा उपकरण ढुवानीका लागि मात्र पचासौं लाख खर्च …

मोबाइल बाट निःशुल्क कल गरेर विभिन्न जानकारी लिन सकिने ‘एन्टी सुचनाको संसार’

काठमाडौं। नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामो सँग साझेदारी गरी ‘एन्टी सूचना…