कीवर्डहरू -

समाचार

नयाँ बर्षको अवसरमा नेपाल टेलिकमको अफर,हजारको रिचार्जमा १५ प्रतिशत बोनस

नेपाल टेलिकमले नयाँ बर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्तालाई प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस , डाटा प्याकेज र नाइट भ्वाइस प्याकमा छुटको अफर ल्याएको छ । टेलिकमले रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई रिचार्ज कार्ड मार्फ़त एक सय र २ सयको रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यस्तै , ५ सय र एक हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र यसको भ्यालिडिटि तीन दिनको हुने जनाइएको छ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० गतेदेखि २०७४ बैशाख १३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।

डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई ०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत एक सय , दुई सय र तीन सय (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी ४ सय एमबी , ८ सय ५० एमबी र १ हजार ५ सय एमबी डाटा भोल्यूम उपलब्ध गराइने छ ।

नाइट डाटा प्याकेज अन्तर्गत दुई सय र तीन सय (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६.५ जिबी डाटा भोल्यूम उपलब्ध हुनेछ । यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एम बी ४.५ पैसा देखि २५ पैसा (करसहित) मात्र पर्नेछ ।

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि अंग्रेजीमा (डाटा) टाइप गरी आपू m लाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्छ । जस्तै : ४०० एमबी डाटा लिनका लागि डाटा ४०० एमवी टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्छ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न (नाइट) टाइप गरी आपू m लाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

त्यसैगरी , नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहलाई ०७३ चैत्र ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँ (कर सहित) मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ । नाइट भ्वाइस प्याक सेवा लिनका लागि (नाइट भ्वाइस) टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

समाचार

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …

के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?


एनएफसी
एनएफस…

मोरङमा विद्यालयको कम्प्युटर चोरी गर्ने ३ जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित श्री मावि भौसाबारी स्कुलको कम्प्युटर चोरी गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कान…

कर्णाली प्रदेशका ८ जेहेन्दार विद्यार्थीलाई एनआइसी एसिया बैंकको छात्रवृत्ति

एनआइसी एशिया बैंकले ६ प्रदेश कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।

उक्त छात्रवृत्ति विद्य…

दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ

८५ कम्पनीको डाटा चोरी गरी क्षति पुर्याएको आरोपमा क्लाउड नेपाल आइटी नामक कम्पनीका सञ्चालक कमल पाठकलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ…

वैशाखदेखि रारामा फ्रि वाइफाइ

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको  नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरे…