अफर
कात्तिक २५ बाट सुरु हुुँदै दराजको ११ः११ सेलको छैटौँ संस्करण
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेदेखि सुरु हुने यो सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोड सम्मको छुट पाउनेछन् ।
यो सेलमा ग्राहकरुले निःशुल्क डेलिभरी, रु १०,००० सम्मको मेगा भाउचर, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत रु९९९ भन्दा माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरुले सिजि ब्राण्डको वाशिङ्ग मशिन जित्ने मौका पाउनेछन् । साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्।
दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “११ः११ सेल मात्र नभएर उत्साह र उमङ्ग हो । हाम्रो वर्षैको कडा मिहिनत र परिश्रमबाट ११ः११ सेललाई विशेष बनाउन सफल भएका छौं । यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारहरुलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो । आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरु यो वर्षको ११ः११ बाट धेरै भन्दा धेरै लाभान्वित हुनुहुनेछन् ।”
यो सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीहरुले साथ दिएका छन् । यो वर्षको सेलमा ८ वटा ब्राण्डहरु दराजसँग डाइमण्ड पर्टनरको रुपमा आवद्ध भएका छन् । जसमा अल्टिमा लाइफस्टाईल (Ultima Lifestyle), मसल बलेज (Muscle Blaze), हाडा लाबो (Hada Labo), भ्यासलिन् (Vaseline), सेटाफिल (Cetaphil), गोल्डस्टार (Goldstar), वाउ स्किन साइन्स (WOW Skin Science), र जुभारा (Zuvara)। यसका साथै हाई फ्युचर (HiFuture), फिलिप्स (Phillips), फ्यान्सिरा (Fancyra), एडिडास (Adidas), मामाअर्थ (Mamaearth), पल्म (Plum), र फ्यान्टेकहरु (Fantech) छन् ।
नेपालका प्रख्यात बैंकहरुले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन् । नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एन आई सी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक,ज्योति विकास बैंक, र सांग्रिला डेभलपमेन्ट बैंकहरु यो वर्षको ११ः११ सेलसँग आवद्ध भएका हुन् ।
यो वाहेक दराजले डिजिटल वालेट आइएमई पे संग पनि सहकार्य गरेको छ। कार्तिक २५ गते राति १२ बजे देखि १२ः३० बजे सम्म आईएमई–पे द्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत अधिक्तम रु ५०० र बिहान ८ बजेबाट ८ः३० सम्म १५ प्रतिशत अधिक्तम रु २५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सेलमा उमङ्ग थप्न गायिका सुवानी मोक्तानले कार्तिक २४ गते राति १० बजे दराज लाईभ मार्फत कार्यक्रम सञ्चालन गर्नेछिन्। यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रशारण गरिने छ ।
यो कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नोत्तरहरु समावेश छन् जहाँ दर्शकहरुले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरु जित्न सक्ने जनाइएको छ ।
अफर
डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने
दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ । तिहार र छठ…
ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, डिजिटल दक्षिणा दिदा १० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिन…
रियलमीको दसैँ फोटो कन्टेस्ट सुरू, विजेतालाई आकर्षक पुरस्कार
सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दसैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ…
होटेल एन्ड होमको वेबसाइटबाट होटल बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ । यसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपाल भित्रका …
एनसेलको दशैं अफर, ब्यालेन्स रिचार्ज गर्दा डेटा बोनस पाइने
चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस…
नेपाल लाइफको दशैंलक्षित टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार
नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ? नामक टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरु…
गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यासब्याक
सैँलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिश…
नमस्ते पेमार्फत उडान टिकट बुकिङ गर्दा २ सय रुपैयाँसम्म क्यासब्याक
यस दशैँमा नमस्ते पेमार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्…
इसेवाको दशैं तिहार अफर, कारोबार गर्दा टुर प्याकेज, स्मार्टफोन र ३ वटा मोटरसाइकल जित्ने मौका
नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले नेपालीहरूको महान चाड दशैँ तिहारलाई मध्यनजर गर्दै इसेवा डिजिटल उत्सव हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।…
प्लस साइज नेपाल डटकमको ‘ज्याकपट सेल’, हरेक दिन ५ जनाले पाँच रूपैयाँमै सामान पाउने
फेसन ब्राण्ड अनलाइन सपिङ प्लेटफर्म प्लस साइज नेपाल डटकमले दशैंको अवसरमा नयाँ अफर ‘ज्याकपट सेल’ ल्याएको छ ।
ज्याकप सेल अन्तर्गत प्…
इभो स्टोर र नयाँ पुरानोबीच सहकार्य, पुराना फोन नयाँ आइफोनसँग साट्ने अवसर
आफ्ना पुराना स्मार्टफोनहरू विक्री गर्नका लागि सजिलो एप नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इ…
डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने
दसैँको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने भएका छन् । घटस्थापनाको …
नेपाल टेलिकमको दशैं अफर, ७८९ रूपैयाँमा ३० जीबी डेटा, ६०० मिनेट कल र २०० एसएमएस
नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुक…
जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’, सहभागीले स्मार्टवाचदेखि टिभीसम्म जित्न सक्ने
नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले जिडब्लुएमका प्…
साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने
साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्र…