स्टार्टअप
नेपालमा मोबाइल बैंकिङ प्रति ग्राहकहरुको आकर्षण बढ्दो
नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । एक बर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या करिब सवा १२ लाखले बढेको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो । यसैकारण दैनिक करिब एक लाखको दरले मोबाइल बैंकिङका ग्राहकहरु थपिँदै गएको राष्ट्र बैंकले जनाएको छ ।
गत असोजसम्म २९ लाख ८६ हजार ६ सय ६९ जनाले मोबाइल बैंकिङ सेवा उपयोग गर्दै आएका छन् । २०७३ को तुलनामा यो संख्या ७० प्रतिशतले बढेको हो । त्यस्तै गत बर्षको असोज सम्म भने १७ लाख हजार ५ सय ६६ जनाले मोबाइल बैंकिङको प्रयोग गरिरहेको तथ्यांक प्राप्त भएको थियो । एन्ड्रोईड मोबाइलको बढ्दो प्रयोग सँगै मोबाइल बैंकिङका ग्राहकहरु पनि बढेको बैंकरहरुले बताउँछन् । एउटा व्यक्तिले एक भन्दा बढी बैंकमा खाता खोले जस्तै मोबाइल बैंकिङमा पनि ग्राहकहरुको 'डुब्लिकेसन' भएका कारणपनि यसरि छोटो अवधिमानै धेरै ग्राहकहरु बढेको उनीहरुको तर्क छ ।
मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च तिर्न लगायत अन्य धेरै प्रकारका शुल्क भुक्तानी गर्न सकिन्छ । यस्तै मोबाइल बैंकिङको सुबिधाका कारण आफ्नो खाताको ब्यलेन्स चेक गर्न,कारोबार बारे जानकारी लिन,मोबाइल रिचार्ज गर्न तथा रकम ट्रान्सफर गर्न लगायत अन्य धेरै भुक्तानीका लागि बैंक सम्म पुगिरहनु पर्ने बाध्यता छैन् ।
मोबाइल बैंकिङ सँगै गएको एक बर्षमा इन्टरनेट बैंकिङका ग्राहकहरुको संख्यामा पनि बृद्दि भएको राष्ट्र बैंकले तथ्यांक निकालेको छ । इन्टरनेट बैंकिङ गत असोज सम्म करिब ६ लाख ६८ हजार जना ग्राहकहरुले प्रयोग गरिरहेको पाइएको छ । भने अघिल्लो बर्षमा यसको संख्या ५ लाख १५ हजार ४ सय ६५ थियो । यसैगरि गत बर्षको असोजको तुलनामा यो बर्षको असोज सम्ममा एटिएम,डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या पनि बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
मुलुकभरमा अघिल्लो बर्ष ०७३ को असोजमा एटिएम संख्या १ हजार ९ सय रहेको थियो र सोहि अवधि मा डेबिट कार्ड संख्या ४६ लाख ५७ हजार तथा ५२ हजार क्रेडिट कार्ड संख्या रहेको थियो। तर ०७४ को असोजमा भने २ हजार २ सय ८७ एटिएम संख्या र ५५ लाख ८३ हजार ९ सय डेबिट कार्ड तथा ७५ हजार ४ सय २५ क्रेडिट कार्ड जारि भएको राष्ट्र बैंकको तथ्यांक छ ।
श्रोत: कान्तिपुर् दैनिक
स्टार्टअप
नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षताम…
फुर्सदमा खेल्ने १० मोबाइल गेम
तीन पत्ती गोल्ड
प्ले स्टोरमा ४.६ रेटिंग भएको तीन पत्ती गोल्ड तासको उत्तम आनुभव दिने एन्ड्रोइड गेम हो…
बैंकिङ कारोवारको जोखिम र सुरक्षा
समन्त आचार्य
सन् २०१६ फेव्रुवरिमा हाम्रो छिमेकि मुलुक वङ्गलादेशको सेन्ट्रल वैकवाट ९५१ मिलियन डलर (करीव ९७ …
एनसिआइटीमा ४ वर्षे अपडेटेड ‘बिसिए’ प्रोग्राममा भर्ना सुरु
नेपालको आइटी शिक्षामा लामो समयदेखि योगदान दिइरहेको नेपाल कलेज अफ इन्फर्मेशन आइटी (एनसिआइटी)ले हालै ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चाल…
‘टाइगर ट्राप’ माेबाइ गेम : बाघचाल खेलकाे राेचक भिडन्त !
इसानी टेक्नोलोजीले टाइगर ट्राप (Tiger Trap) …
एसइई परीक्षापछि व्यवसायिक कम्प्युटर तालिम
विकास भुर्तेल
प्रबन्ध निर्देशक, सेगा कम्प्युटर लिङ्क, पाेखरा
एसइईको परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीहरु आफ्नो भविष्यका योजना पनि बन…
हवाट्स एपका रोचक तथ्यहरु
१. ह्वाट्स एपको कूल प्रयोगकर्ता सङ्ख्या अघिल्लो सालको मार्चमा १ अर्व पुगेको छ जसलाई एन्ड्रोइड भर्जनमा काम गर्ने जम्मा ५ जना रहेका छन ।
२. ह्वाट्स एपका स…
अंग्रेजी सिकाउने सफ्टवेयर !
अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए, अग्…
स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?
ऋशभ न्यौपाने, काठमाडौँ ।
पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…
१० ग्लोबल इमर्जिङ टेक्नोलोजी ट्रेन्ड
यो प्रविधिको पछिल्लो आविष्कार हो, जसले समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । शिक्षा, स्वास्थ्य, सूचना, कृषि, यातायात, मौसम, वास्तुकला, रोबो…
स्मार्टफोनको ड्यु क्यामेराले कसरी काम गर्छ ?
श्रृषभ न्यौपाने
मोबाइलको बजार हरिणको चालमा बढिरहेका बेला मोबाइल खरिदकर्ताहरु पनि बढ्दै छन । र, बढ्दो खरिदकर्ताको आकर्षण…
हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका
एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने…