स्टार्टअप
फुजीफिल्मको २४.२ एमपी सेन्सर सहितको एक्स-ए ५ मिररलेस क्यामेरा सार्बजनिक
फुजीफिल्मले कम्पनिकै सबैभन्दा सानो तथा हलुका एक्स सिरिजको मिररलेस क्यामेरा सार्बजनिक गरेको छ । कम्पनिले एक्स-ए ५ संगै एक्ससी १५-४५ एमएम एफ/३.५-५.६ ओआइएस(इलेक्ट्रिक पावर जुम लेन्स) पनि सार्बजनिक गरेको छ । यो कम्पनिले लन्च गरेको मध्ये अहिले सम्मकै सबैभन्दा हलुका तथा सानो जुम अप्सन हो ।
भर्खरै एक्स सिरिजमा भित्रिएको एक्स-ए ५ मा २४.२ मेगापिक्सेलको इमेज सेन्सर रहेको छ । यसका साथै ४ के भिडियो रेकर्डीङ,अटोमेटिक ब्लुटुथ ईमज ट्रान्सफर तथा फेज डीटेक्सन अटोफोकस लगायतका फिचरहरु यसमा रहेका छन् । क्यामेरामा १८० डिग्रीको झुकावको रियर एलसीडी स्क्रिन रहेको छ ।
यसमा नयाँ इमेज प्रोसेसिंङ इन्जिन डेभलप गरिएको कारण कम्पनिले पहिलेका एक्स सिरिजका क्यामेराहरुमा भन्दा प्रोसेसिंङ स्पिड १.५ गुणा बढी भएको दाबि गरेको छ । यो संगै एक्स सिरिजका लेन्सहरु पनि १३ एमएम देखि ६७.५ एमएम सम्मका रहेका छन् । अन चिप फेज डीटेक्सन भएका कारण एक्स-ए ५ सिरिजको क्यामेरामा अटोफोकस अघिल्लो पुस्ताको फुजीफिल्मको एक्स-ए३ क्यामेराको भन्दा दोब्बर छिटो छ ।
३ इन्चको रियर एलसीडी मोनिटर जसलाई १८० डिग्रीमा घुमाउन सकिन्छ,यसका साथै यसले अटोमेटिक रुपमा आई एएफ फंक्सन एक्टिभेट गर्ने भएका कारण यो क्यामेराबाट हाई क्वालिटी सेल्फी पनि लिन सकिन्छ ।
यसमा पोट्रेट इनह्यान्सर मुड रहेको छ,जसबाट आफ्नो आवश्यकता अनुसार स्किनको लेभल पनि बढाउन वा घटाउन सकिन्छ ।
यो क्यामेरामा ४ के क्वालिटीको भिडियो तथा फोटो खिच्नका लागि ४ के फंक्सन रहेको छ । यसमा हाई स्पिड एचडी भिडियो स्पिड फंक्सन भएका कारण यसबाट एचडी भिडियो स्लो मोसन मा पनि लिन सकिने कम्पनिले बताएको छ ।
क्यामेरामा ब्याट्रीको कुरा गर्दा एक्स ए ५ बाट एकपटक चार्ज गरिसकेपछि ४५० वटा सम्म फोटोहरु खिच्न सकिन्छ । यसका साथै क्यामेरामा ब्लुटुथको मद्दतले फोटो तथा भिडियोहरु स्मार्टफोन लगायत अन्य डीभाइसहरुमा अटोमेटिक ट्रान्सफर गर्न पनि सकिन्छ ।
एक्स-ए ५ क्यामेराको मूल्य लेन्स किट सहित ५ सय ९९ तोकिएको छ । त्यस्तै यो क्यामेरा ब्राउन, पिंक ,ब्ल्याक तथा सिल्भर कलरमा उपलब्ध रहेको छ ।
स्टार्टअप
एनआइसीले एसिया बैंकले पनि सुरु गर्यो भाइबर बैकिङ्ग
एन आई सी एशिया बैंकले आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक हरुले सहज रुपमा आफ्नो मोबा…
भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर
कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…
नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…
बजारमा हाइटेक कार
कतिपयलाई कार विलासीताको साधन हुन सक्छ तर त्यही कार कसैका लागि अवश्यकता । सन् १८८० को दशकबाट सुरु भएको कारको सुरुवाति इतिहास अहिले स्वःचालित कारको रुप…
नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षताम…
फुर्सदमा खेल्ने १० मोबाइल गेम
तीन पत्ती गोल्ड
प्ले स्टोरमा ४.६ रेटिंग भएको तीन पत्ती गोल्ड तासको उत्तम आनुभव दिने एन्ड्रोइड गेम हो…