स्टार्टअप
नेपाल टेलिकमले प्रिपेड मोबाइलका लागि ल्यायो सापटी सेवा
नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने 'नमस्ते क्रेडिट' नामक सेवा सुरु गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको सुभारम्म गर्नुभएको हो ।
नेपालमा पहिलो पटक प्रिपेड सेवा सुरु गरेको नेपाल टेलिकमले आफ्नो चौधौँ वार्षिकोत्सवको अवसरमानै यो सेवाको घोसणा गरेको थियो । शुक्रबारबाट प्रिपेड कार्डबाहक ग्राहकले फोन गर्दा-गर्दै पैसा सकिएमा पनि क्रेडिट लिएर फोन गर्न सक्नेछन् र ग्राहकलाई यो सेवा लिएबापत ब्याज वा कुनै शुल्क लाग्ने छैन ।
नेपालमा अहिलेसम्म एनसेलले मात्रै आफ्ना ग्राहकहरुलाई सापटी दिने सेवा दिँदै आएको थियो ।
नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ । यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘ क्रेडिट टक टाइम ’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।
सेवा लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् । यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘ एक्टिभ ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।
स्टार्टअप
व्हाट्स एपका १० रोचक तथ्य
व्हाटसएप सबै भन्दा धेरै प्रयोग गरिने मेसेजिंग एप हो । यसलाई तपाईहरुले दैनिक रुपमा प्रयोग गरिरहनु भएको भएता पनि यसको भित्रि संचालनको बिषयमा…
सामसुङको फ्ल्यागशिप मोडल ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा
सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा …
कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा
काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अ…