कीवर्डहरू -

स्टार्टअप

इन्स्टग्राममा लोकप्रिय ह्रयासट्गहरु #love र #selfie हुन्, के छन् अन्य रोचक तथ्य, पुरा पढ्नुहोस

बारे रोचक तथ्यहरु
इन्स्टग्राम एउटा निःशुल्क मोबाइल एप हो जसले तपाईलाई फोटो खिच्न, रमाईला फिल्टर ( Filter ) हरु थप्न र साथीभाइ तथा आफन्तजनमाझ सेयर गर्न सुविधा प्रदान गर्दछ । विगत केही वर्षयता इन्स्टग्राम एक प्रभावशाली सोसल नेटवर्कको रुपमा विकास भएको छ । केही अध्ययनका अनुसार अमेरिकाका २३ प्रतिशत किशोर–किशोरीको सबैभन्दा लोकप्रिय सोसल मिडियाको रुपमा इन्स्टग्राम स्थापित भइसकेको छ ।

१. सन् २०१० अप्रिल ६ का दिन आइफोनको एउटा एप्लिकेशनको रुपमा इन्स्टग्रामलाई आधिकारिक रुपमा सार्वजनिक गरिएको थियो । एक महिनाभित्र यसका १० लाख युजर पुगिसकेका थिए ।


२. सन् २०१२ को अपिल महिनामा फेसबुकले आफ्ना लगभग १ अर्व प्रयोगकर्ताका लागि इन्स्टग्राम खरिद गर्याे । विक्रीको समयमा इन्स्टग्रामका जम्मा १३ जना मात्र कर्मचारी थिए ।


३. इन्टग्रामका प्रयोगकर्ताहरुमा महिला ६४ प्रतिशत, पुरुष ३६ प्रतिश र १५–३५ वर्षका युजरहरु ७३ प्रतिशत रहेका छन् ।


४. इन्स्टग्रामको एन्ड्रोइड भर्सन ३ अप्रिल २०१३ मा सार्जजनिक भयो । सार्वजनिक भएको २४ घण्टा भित्रै यो १० लाख पटक डाउनलोड भइसकेको थियो ।


५. जुन २०१३ मा इन्स्टग्रामले छोटो भिडियो अप्लोड गर्न सकिने अप्सन थप्यो । यसको २४ घण्टा भित्र ५० लाखभन्दा भिडियोहरु अप्लोड भए ।


६. अहिले इन्स्टग्राममा सबैभन्दा लोकप्रिय भएका ब्रान्डहरुमा न्यास्नल जिओग्रँफिक, निक र ९जिएजी (ढन्ब्न्) रहेका छन् ।


७. सबैभन्दा बढी लाइक र कमेन्ट प्राप्त गर्ने फिल्टर मेफेअर ( Mayfair ) हो ।


८. सबैभन्दा लोकप्रिय ह्रयासट्यागको रुपमा #love #selfie रहेका छन् ।


९. मोबाइल फोनबाट ट्वीटर चलाउने युजरभन्दा इन्स्टग्राम चलाउने युजर बढी छन् ।


१०. सबैभन्दा बढी इन्स्टग्राम चलाउने समय राति ८ बजेदेखि राति ९ बजेसम्म रहेको छ । ३० प्रतिशत पब्लिकेशन हप्ताको अन्तिम दिन हुने गरेको छ ।


११. इन्स्टग्रामको ५३ प्रतिशत पोष्टमा कम्तिमा एउटा ह्यासट्याग हुनेगरेको छ भने २० प्रतिशत पोस्टमा ६ ओटाभन्दा बढी ह्यासट्याग हुनेगरेको छ ।


१२. इन्स्टग्राम ४८ प्रतिशत प्रोफेसनल युजर रहेकाका छन् भने ४६ प्रतिशत उच्च शिक्षा (डिग्री) हासिल गरेका छन् ।

स्टार्टअप

नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबिच सहकार्य

काठमाडौं असोज, १३  । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमर…

नेपाल दोस्रो स्लो इन्टरनेट कनेक्टिभिटी स्पीड भएको देश


विश्वमा इन्टरनेटको प्रयोग दिन प्रति दिन बढि रहेको छ । यसले सबै वर्गको ध्यान केन्दि«त गराउन सफल भई रहेको छ । बालबच्चा, युवा वर्ग र वृद्धहरुको साथि ए…

यस्तो छ नेपालमा ई–कमर्सको बजार

अहिले अनलाइन सपिङको अवधारणा सामान्य बनिरहेको छ । सूचना, सञ्चार र प्रविधिको बहुआयामिक प्रयोगले मानिस सुविधाभोगी बन्दैछन् । फलतः अनलाइन स्टोरबाट सामान खरिद…

उत्कृस्ट स्टार्टअप र प्रडक्ट छान्न आज रातिसम्म भोट गर्न सकिने

तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समिती…

एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

एन आई सी एशिया बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको आज मिति २०७५ जेष्ठ १७ गते एक समारोहका बिच चन्द्रनि…

कसरी सुरु भयो रोबोट प्रबिधि ?


रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्र भित्र पनि जीवन छ। रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउन…