स्टार्टअप
विन सर्भर कम्युनिटीले \'ग्लोबल अजुर बुटक्याम २०१८\' आयोजना गर्दै
विन सर्भर कम्युनिटीले युनिग्लोब कलेजको सहयोगमा 'ग्लोबल अजुर बुटक्याम २०१८' आयोजना गर्ने भएको छ ।आइटी प्रोफेसनल तथा सफ्टवेयर डेभलपरहरुलागि उक्त इभेन्ट आयोजना हुन लागेको हो । 'ग्लोबल अजुर बुटक्याम २०१८' मा पाँचौ बर्षको लागि रजिस्ट्रेशन खुला गरिएको छ ।
विश्वभरका आइटि प्रोफेसनलहरुले अजुर तथा क्लाउड कम्प्युटिंग सिक्न चाहन्छन । यसैक्रममा विनसर्भर कम्युनिटी नेपालले यो अजुर बुटक्याम इभेन्ट एप्रिल २१,२०१८ मा आयोजना गर्न लागेको हो ।
आईटि प्रोफेसनल तथा आइटी अर्गनाइजेसनलाई मध्यनजर गर्दै यो इभेन्ट पुरै दिन अजुर सम्बन्धि टेक्नीकल सेसन राखिएको छ । यो इभेन्ट माइक्रोसफ्ट अजुर ट्रेनिंग किटमा आधारित सेसन र ल्याब सहित मिक्स हुनेछ ।
यो इभेन्टले आइटी कम्युनिटीका प्रोफेसनलहरुलाई फाइदा पुर्याउँछ । सेसनले भने सर्विस फिचरको रुपमा इन्फ्रास्ट्रक्चर,डाटा सेन्टर, DevOps , Azure Intelligence आदिमा मा बढी ध्यान पुर्याउंछ ।
एप्रिल २१,२०१८ मा हुने Global Azure Bootcamp 2018 इभेन्ट काठमान्डौको युनिग्लोब कलेजमा सम्पन्न हुनेछ भने क्याममा सहभागि हुनको लागि यो लिंक मा https://onedrive.live.com/survey?resid=1FBEFCC54D3402F!316586&authkey=!AERE6dlACGjzDl4 गएर रजिस्ट्रेसन गर्न सकिन्छ । यसका साथै बूट क्यामको लागि रजिस्ट्रेसन निशुल्क रहेको छ ।
स्टार्टअप
व्हाट्स एपका १० रोचक तथ्य
व्हाटसएप सबै भन्दा धेरै प्रयोग गरिने मेसेजिंग एप हो । यसलाई तपाईहरुले दैनिक रुपमा प्रयोग गरिरहनु भएको भएता पनि यसको भित्रि संचालनको बिषयमा…