टेलिकम
भाईटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, प्रथमलाई १ लाख पुरस्कार
एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजू-बहिनी, दिदि-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ ।
यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहले भाग लिन सक्ने छन् ।
यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदि-भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ ।
भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ ।
उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदि-भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निणर्ायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् ।
यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समुहले रु १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले रु ७५,००० नगद र तेश्रो हुनेले रु ५०,००० नगद पुरस्कार प्राप्त गर्नेछ ।
“हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । विभिन्न समुह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ । अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।
प्राप्त सबै भिडियोहरु मध्ये छानिएका भिडियोहरु भाईटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ ।
निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समिक्षा र मुल्यांङकन गर्नेछ । यस प्रतियोगिताका विजेताहरु कार्तिक २९ गते भाईटिकाको दिन घोषणा गरिनेछ ।
सहभागी हुन ईच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म थप गरिएको छ । थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिन्छ ।
टेलिकम
एशियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई एनसेलको सम्मान
हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ए…
एकैपटक धेरैलाई दशैंको शुभकामना दिन चाहनुहुन्छ ? टेलिकमको यो सेवा प्रयोग गर्नुस्
बडादशैंको अवसरमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने सामूहिक सन्देश पठाउ…
३५ सयभन्दा बढी ग्राहकलाई एनसेलको १०० रूपैयाँ बोनस ब्यालेन्स
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार…
ग्रामिण क्षेत्रमा एकसाथ टेलिकमको टुजी र फोरजी सेवा
थम्मन थापा
नेपाल टेलिकमले बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा, देउरालीमा नयाँ टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको …
एक महिनामै बढे १ लाख ८० हजार फोरजी प्रयोगकर्ता, कुन सेवा प्रदायकका कति ?
नेपालमा पछिल्लो समय फोरजी प्रयोगकर्ताहरू बढिरहेका छन् । देशभर फोरजी सेवा विस्तार ह…
एसईई दिएकालाई १ रूपैयाँमा एनसेलको पहिलो सीम, रिचार्जमा बोनस ब्यालेन्स र डेटा सुविधा
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्य…
यसरी प्रयोग गर्नुहोस् नेपाल टेलिकमको भीओएलटिई सेवा
नेपाल टेलिकमले सोमाबरबाट फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परी…