कीवर्डहरू -

टेलिकम

६ महिनामा नेपाल टेलिकमको आम्दानी २१ अर्ब ३० करोड, खुद नाफामा गिरावट

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पुस मसान्तसम्म खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार कमाएको छ । टेलिमकले आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिकको वित्तीय विवरण (अडिट नगरिएको) प्रकाशित गर्दै २०८० पुससम्म खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रूपैयाँ गरेको हो । 

गत वर्षको तुलनामा यस वर्षको पुस मसान्तसम्म टेलिकमको खुद नाफा ३२ करोड ३३ लाख ७३ हजार रूपैयाँ घटेको छ । गत आवको सोही अवधि (२०७९ पौष मसान्त) मा टेलिकमले ४ अर्ब २५ करोड ४७ लाख ७६ हजार खुद नाफा कमाएको थियो । 

यस्तै टेलिकमले चालु आवको दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आवको सोही अवधि (२०७९ पौष मसान्त) को कूल आय २२ अर्ब १० करोड ११ लाख ३७ हजारको तुलनामा रु. ७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी हो ।

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको कुल सञ्चालन आय समेत घटेको छ । चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल सञ्चालन आय रु. १७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेकोमा गत आवको सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालन आय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामा रु ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी भएको छ ।

गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आवसोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको कारण टेलिमको बढ्दो ओटीटीको प्रयोग, विद्युत आपूर्ती र मर्मतसम्भार समयमा हुन नसक्नु तथा कम प्रतिफल प्राप्त हुने विकट ठाउँमा सेवा विस्तार औल्याएको छ । 

यस बाहेक सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन र बैंक ब्याजदरमा भएको परिवर्तनका कारण आयमा असर परेको टेलिकमले जनाएको छ । 

टेलिकम

डाटा सेन्टर, आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्दै नेपाल टेलिकम

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमले डाटा सेन्टर, संयुक्त लगानीमा आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना ग…

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना, सबै बस्तीमा गुणस्तरीय सेवा दिने तयारी

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना …

टेलिकमको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न, प्रति शेयर ४० रूपैयाँ नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा पुस २९ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाडौमा सम्पन्न भएको स…

७४ जिल्लामा पुग्यो टेलिकमको अप्टिकल फाइबर

नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ ।  बुधवारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै ए…

एनआईटीभीले नेपाल टेलिकमलाई डिजिटल मार्केटिङ सेवा दिने

नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको छ ।…

सीजी टेलिकमको लाइसेन्स खारेज

सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । नियमानुसार लाइसेन्स नवीकरणका लागि आवेदन नदिदा दूरसञ्चार ऐन अनुसार सीजी टेलिकमको लाइस…

कोशी प्रदेशमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध गराउँदै नेपाल टेलिकम

नेपाल टेलिकमले कोशी प्रदेशमा अप्टिकल फाइबर अन्य दूरसञ्चार सेवा प्रदायकलाई सह-प्रयोगका लागि उपलब्ध गराउने भएको छ ।

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले थाल्यो काम

सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले आज (आइतवार)देखि कार्य प्रारम्भ गरेको छ । 

<…

एनसेल कर्मचारी ट्रेड युनियनले भन्योः कहिल्यै कर नतिर्ने जस्तो भाष्य बनाइ बदनाम गर्न खोजियो

एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्रि प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्…

एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा सरकारले छानबिन गर्ने, अनियमितता भए कडा कारवाही

सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा विस्तृत अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रव…

एनसेलको शेयर खरिद बिक्रीमा लेखा समितिको चासो, तीन निकायसँग माग्यो जवाफ

एनसेलको शेयर खरिद बिक्रीमा संसदको लेखा समितिले चासो देखाएको छ । समितिले एनसेलको खरिद बिक्री बारे बुझ्न आइतबार आन्तरिक राजस्व…

एनसेलको शेयर किनेपछि स्पेक्ट्रलाइट यूकेले भन्योः ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं

स्पेक्ट्रलाइट यूके लिमिटेडले नेपालमा रहेका करोडौ ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । आजियाटा ग्रु…

नेपालबाट बाहिरियो आजियाटा, ६ अर्बमा बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेलको शेयर

मोबाइल सेवा प्रदायक कम्पनीमा एनसेलमा रहेको आफ्नो शयेर आजियाटा ग्रुपले बेलायतको कम्पनी स्प्रेक्टलाइट युकेलाई बिक्री गरेको छ । 

एनसेल आजियाटा …

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ । आजियाटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने न…

जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरू

जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक …