कीवर्डहरू -

टेलिकम

नेपाल टेलिकम र एनसेलले तिर्न थाले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता, १ अर्ब ५० करोड अझै बाँकी

मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले  २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकमले ३५ करोड र एनसेलले ३६ करोड रूपैयाँ २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता बुझाएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदिप पौड्यालले टेलिकम र एनसेलले २१०० मेगाहर्जवाफत फ्रिक्वेन्सी दस्तुर बुझाएको जानकारी दिए । अझै पनि दुई टेलिकम कम्पनीले करिब १ अर्ब ५० करोड रूपैयाँ बढी दस्तुर बुझाउन बाँकी रहेको उनको भनाइ छ । यद्यपी मूल्यांकन हुन भने बाँकी नै छ । 

३५ करोड बक्यौता बुझाएपछि टेलिकमले विदेशी मुद्रा सटही र उपकरण आयातको सुविधा पाइसकेको छ । तर एनसेलले ३६ करोड बक्यौता बुझाएपनि सुविधा पाएको छैन् । एनसेलले केही दिन अगाडि मात्रै बक्यौता बुझाएका कारण टेलिकमले विदेशी मुद्रा सटही र उपकरण आयातको सुविधाका लागि निर्णय हुन बाँकी रहेको पौड्यालले बताए । 

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०६४/६५ मा थ्रीजी सेवा सञ्चालनका लागि नेपाल टेलिकमलाई १५ वर्ष र एनसेललाई १४ वर्षका लागि २१०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको थियो । त्यसबेला फ्रिक्वेन्सीको मूल्य निर्धारण गरिएको थिएन । 

त्यस समय, प्राधिकरणले प्रति मेगाहर्ज वार्षिक १ करोड २० लाख रुपैयाँ दर तोकेको थियो । मेगाहर्ज पियर्ड (आउने र जाने) दरमा यो मूल्य २ करोड ४० लाख रुपैयाँ पुगेको थियो । नेपाल टेलिकम र एनसेल दुवैले १०-१० मेगाहर्ज पियर्ड फ्रिक्वेन्सी लिएका थिए, जसअनुसार उनीहरूले वार्षिक २४ करोड रुपैयाँ भुक्तानी गरेका थिए ।

तर, आर्थिक वर्ष २०७७/७८ देखि फ्रिक्वेन्सी अक्सनमार्फत वितरण गर्ने नीति लिएसँगै २१०० मेगाहर्ज फ्रिक्वेन्सीको वार्षिक मूल्य ३० करोड रुपैयाँ तोकिएको थियो । यसपछि प्राधिकरणले नेपाल टेलिकम र एनसेलले वार्षिक ६ करोड रुपैयाँ कम तिरेको ठहर गर्दै बक्यौता तिर्न ताकेता गर्न थाल्यो । 

नयाँ नीति अनुसार नेपाल टेलिकमले थप ९० करोड र एनसेलले ८४ करोड रुपैयाँ तिर्नुपर्ने देखियो । तर पुरानो बक्यौता तिर्न अटेर गरेपछि प्राधिकरणले २०८० फागुनदेखि विभिन्न सुविधा रोक्का गरेको थियो । 

प्राधिकरणले बक्यौता तिर्न दबाब दिन थालेपछि नेपाल टेलिकम र एनसेलले अक्सनबाट तय गरिएको नयाँ दर पुरानो फ्रिक्वेन्सीमा पनि लागू गरिनु अन्यायपूर्ण भएको भन्दै अदालत पुगेका थिए ।एनसेलले २०७८ पुस २७ गते सर्वोच्च अदालतमा र नेपाल टेलिकमले २०८० माघ २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त मुद्दामा उच्च अदालत पाटनले कात्तिक २१ गते आंशिक आदेश जारी गर्दै, अक्सन अगाडि तोकिएको फ्रिक्वेन्सी दस्तुरमा थप शुल्क तथा जरिवाना लगाउन नपाइने फैसला गरेको थियो । टेलिकमले रिटमा भएको फैसलाको पूर्ण पाठ आउन बाँकी छ । पूर्ण पाठ आएपछि बाँकी रकम भुक्तानी गर्ने टेलिकमले जनाएको छ । 

यता एनसेलले दायर गरेको मुद्दामा भने कुनै फैसला भएको छैन् । टेलिकमले हालेको रिटमा भएको फैसलाकै आधारमा एनसेलले पनि बक्यौता भुक्तानी गरेको बुझिएको छ । 
 

टेलिकम

राजस्वमा टेलिकम सेवा प्रदायकको योगदान निरन्तर घट्दै

पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो। यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीम…

एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतबाट खारेज

एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

एनसेल फाउन्डेसनले एनपीएलका चौका वापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चा…

नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी, समयसापेक्ष कानुन नहुँदा मारमा

झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन्। अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबी…

बजारमा उपलब्ध भए नेपाल टेलिकमका रिचार्ज कार्डहरू

नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा उपलब्ध भएका छन् । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसके…

घट्यो नेपाल टेलिकमको आम्दानी र खुद नाफा, यस्तो छ कारण

नेपाल टेलिकमको आम्दानी र खुद नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा गत वर्षको तुलनामा टेलिकमको आम्दानी र नाफा…

विपद्को घडीमा एनसेलको साथ, ग्राहकलाई परिवार, आफन्तसँग सम्पर्कमा रहन निःशुल्क डेटा

एनसेलले असोज १२ गते शनिबार बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको …

२ करोड २२ लाख ग्राहकले प्रयोग गर्छन् फोरजी, कुन मोबाइल सेवा प्रदायकका कति ?

नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ पुगेको छ ।

नेपा…

एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश गरेको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर…

एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने

एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी च…

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्दे…

सबै जिल्लामा पुग्यो टेलिकमको फाइबर सेवा

नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । साउन ३…

घट्दो अवस्थामा नेपाल टेलिकमको आम्दानी र मुनाफा

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रूपैयाँ कुल आम्दानी गरेको छ । टेलिकमले सार्वजनिक गरेको …

एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्

एनसेलले वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस नआउने समस्या नरहेको जानकारी दिएको छ । एनसेलको नम्बरमा एसएमएस, ओटीपी …

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले, प्रिमियम कन्टेन्टहरुको मज्जा लिन सकिने

एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरुलाई उच्च गुणस्तरको कन्टेन्टह…