टेलिकम
गणतन्त्र दिवसको अवसरमा टेलिकमले अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा
वि.सं. २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आगामी जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि रिपब्लिक डे अफर उपलब्ध गराउने भएको छ । सो अफर आज (२०८१ जेठ १४) देखि प्रारम्भ भई आगामी २०८१ जेठ १६ सम्म लागु हुनेछ ।
यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।
टेलिकम
मुगु जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच
मुगु जिल्लामा नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवा सुरू भएको छ ।
दे…
यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि
नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ ।…
टेलिकमको कुल आम्दानी र सञ्चालन आय घट्यो, खुद मुनाफा बढ्यो
नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार आम्दानी गरेको छ ।&…
नेपाल टेलिकमले प्राप्त गर्यो मोबाइल सेवाको नयाँ लाइसेन्स
नेपाल टेलिकमले मोबाइल सेवाको नयाँ लाइसेन्स प्राप्त गरेको छ ।
शुक्रबार बसेको नेपाल दूरस…
नयाँ एनसेल सेन्टर वीरगञ्जमा
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान ग…
नवीकरण दस्तुर एकमुष्ट २० अर्ब बुझाउने निर्णयप्रति टेलिकमका कर्मचारीहरूको ध्यानाकर्षण
नेपाल टेलिकमका कर्मचारीहरूले नविकरण दस्तुर वापत एकमुष्ट २० अर्ब बुझाउने सञ्चालक समितिको निर्णयमा टेलिकमका कर्मचारीहरूको गम्भीर …
सङ्खुवासभामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालनमा
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँ…
डोल्पामा पनि पुग्यो द्रुत गतिको इन्टरनेट एफटिटिएच सेवा
नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा डोल्पामा विस्ता…
बागलुङको निसीखोलामा टेलिकमको टुजी र फोरजी विस्तार
बागलुङको निसीखोला वडा नं ५ चिहानडाँडामा नेपाल टेलिकमले मोवाइल सेवा पुर्याएको छ । मोवाईल सेवा नहुँदा प्रभावित बनेका त्…
एनटी टिभीमा टेलिकमले लागु गर्यो आलाकार्टा प्रणाली
नेपाल टेलिकमले आफ्नो आईपी टेलिभिजन सेवा एनटी टिभीमा आलाकार्टा शुल्क प्रणाली लागु गरेको छ । आफूले हेर्न चाहेको…
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्र…
खेल र खेलाडीलाई एनसेलको साथ
एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्…
ग्राहकमैत्री बन्दै एनसेल एप
एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको छ । यससँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भ…
नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्री वाइफाई उपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम…
एनसेलको १८ का लागि १८ विकास कार्यका लागि १६५ बढी प्रस्ताव प्राप्त
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका ला…