कीवर्डहरू -

अपडेट

सबै कक्षामा स्मार्टबोर्ड, कक्षा ११ र १२ मा कम्प्युटर कोर्ष

शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ। झापाको बिर्तामोड नगरपालिका-२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ बताउँछन् ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ।

उनी भन्छन्, ‘नर्सरीदेखि कक्षा १२सम्‍म सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर २०७५ सालदेखि मोहनमाया माविमा पढाउँदै आएका छौं, जसमा हरेक कक्षाका विद्यार्थीहरु पाठ्यक्रममा आधारित प्राक्टिकलहरु गर्दै आएका छन्। खासगरी ११ र १२ कक्षामा कम्प्युटर कोर्ष नै राखेको छौं।’ साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  ९सीटीईभीटी०को कोर्षहरु पनि पढाउने गरेको उनको भनाइ छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८र७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्‍याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ। जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत सहज भएको प्राविधिक शिक्षक लक्ष्मण ओली बताउँछन्। उनी भन्छन्, ‘ हरेक कक्षामा स्मार्ट बोर्डहरु छन्। त्यो पनि सेक्शन अनुसार फरक फरक छन्। कक्षा ११ र १२ मा त कम्प्युटर र म्यानेजमेन्ट कोर्ष नै अनिवार्य गरेका छौं।’

विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठको दाबी छ ।

उनी भन्छन्, ‘नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको दूरसञ्चार प्राधिकरणको सहयोगमा हामी २४ वटा ब्राण्डेड कम्प्युटर, प्रदेश सरकारबाट ६ वटा कम्प्युट, ७ वटा ल्यापटप र प्रोजेक्टरलगायतका प्राविधिक सामग्री पाएका छौं। यसले विद्यार्थीलाई पढाउन सजिलो भएको छ।हामी प्रविधिमैत्री कक्षामा आधारित भएर अध्यापन गराइरहेका छौं।‘

कक्षा ११ र १२ सीटीईभीटीले प्रदान गरेको कोर्षमा आधारित डिप्लोमा इन सिभिल इन्जियरिङ, डिप्लोमा इन सिभिल इन्जियरिङ ९हाइड्रोपावर० र २४ महिने प्रि डिप्लोमा इन सिभिड्ड इन्जिनिरङयरिङ (विल्डिङ कन्स्ट्रक्शन)का प्राविधिक कक्षाहरु सञ्चालन भइरहेको उनी बताउँछन् ।

यसका साथै अब यो आर्थिक वर्ष २०८०र८१ देखि गणित र सामाजिक शिक्षाको विषयमा पनि प्रविधिमा आधारित भएर पठनपाठन गर्ने तयारी भइसकेको उनको भनाइ छ। प्रविधिमा आधारित विषयबारे भने सम्बन्धित विषयक शिक्षकहरुलाई तालिम दिएर पनि दक्ष जनशक्ति तयार पारिएको प्रधानाध्यापक बताउँछन् ।

उनी भन्छन्, 'हामीले अहिले सम्बन्धित कक्षा र आइसिटीमा रुची राख्‍ने शिक्षकहरुलाई तालिम दिएर दक्ष बनाई उहाँहरुबाटै विद्यार्थीलाई पढाउन थालेका छौं। यसले सहज पनि भएको छ भने शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थी आफैँले आइसिटीको प्रयोग गर्दै नयाँ-नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी देखिएको छ'

इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सिसी क्यामेरा, कम्प्युटर, डिभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्‍याएको विद्यालयका प्रकाशनिक प्रमुख सौरव न्यौपाने बताउँछन् ।

उनी भन्छन्, ‘नेपाल सरकारको संघीय मन्त्रालय, हेल्भेटास र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले संयोजन गरेर प्राविधिक शिक्षा र आइसिटी कक्षाहरु सञ्चालन भइरहेका छन्। यसले शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचारण र आनीबानीमा समेत परिवर्तन आएको छ।’

इभेन्ट परियोजनाले आइसिटी कक्षा सञ्चालनका लागि यो विद्यालयलाई रु ३० लाख ६२ हजार पाँच सय आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ बताउँछन् । विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन्।

उनी भन्छन्, ‘मोहनमाया मावि जिल्लाकै नमूना विद्यालयमध्येमा पर्छ । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार सात सय छ। प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेसँगै यो विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन्।’

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयका रूपमा परिचित छ। यो विद्यालयको शैक्षिक गुणस्तरका विषयमा जानकारी लिन देशका विभिन्न विद्यालयबाट अवलोकनका लागि समेत आउने गरेका छन्। यो वर्षदेखि गणित र सामाजिक शिक्षाको मिनी संग्रहालय बनाउने योजनासमेत रहेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

यस्तै आइसिटीको प्रयोगले विद्यालयमा विद्यार्थीले रमाएर सिक्न पाएको र उनीहरूलाई  प्रविधिको उच्चतम् प्रयोग गर्दै  सिकाउन इभेन्ट परियोजनाले ठूलो सहयोग पुर्‍याएको विद्यालयका अर्का शिक्षक मुकुन्द ढकालले बताउँछन्।

उनी भन्छन्, ‘आइसिटीको प्रयोग विशेष कक्षा (सुस्त श्रवण भएका विद्यार्थी) सञ्चालनका लागि अझ बढी प्रभावकारी देखिएको छ। यो विद्यालयमा आवाससहित सुस्त श्रवण भएका विद्यार्थीलाई समेत पठनपाठन हुन्छ।यसले सबैलाई राहत भएको छ।’

अपडेट

सिटिजन्स बैंकद्वारा कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण

सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदा…

एनआईसी एशिया बैंकको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न …

एनसेलले सम्मान गर्‍यो आईसीएसआईडीबाट भएको कर विवादसम्बन्धि मुद्दाको फैसला

एनसेलले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट…

इसेवाबाट नेपाल टेलिकमको रिचार्ज गर्दा स्कुटर जित्ने अवसर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज ग…

इन्स्टाग्रामले ल्याउँदैछ आफ्नै एआई च्याटबट

मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इ…

कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता

कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आ…

पठाओको फुड फेस्ट सुरू, आकर्षक पुरस्कारसहित अर्डरमा ८० प्रतिशतसम्म छुट

नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले 'अब भान्सामा ताल्चा लगाउँदा…

ग्लोबल स्मार्ट प्लसबाट लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्…

आईटी कम्पनीहरूको संस्था नास आईटीले भन्योः बजेट सकारात्मक छ, सहकार्य गर्न तयार छौं  

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीको हकहितका लागि स्थापना भएको संस्था नेपाल …

ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता श्रेष्ठ हस्तान्तरण समारोहमा नेपाल आउँदै

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभि…

एनसेलले हालेको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित

विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा ए…

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डि…

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो कर्जा प्रदान गर्ने

एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्…

नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस

नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ …