अपडेट
धेरै समय मोबाइल चलाउँदा समस्यै समस्या
हामीले आफ्नै घरमा आफ्नो बच्चाहरुले घण्टौंसम्म मोबाईल चलाएको देखेका छौं । एक हिसाबले हेर्दा हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो ध्यानलाई तान्ने एक प्रकारको चुम्बक भइसकेको छ ।
निःशुल्क चलाऊने समाजिक सञ्जाल वास्तवमा निःशुल्क नभएर हाम्रो समय र व्यक्तिगत गोपनीयताको ठूलो मुल्य चुकाउनु परिरहेको छ । अझ अचम्म त यसबाट पैदा हुने समस्याहरुको बारे हामी धेरैलाई थाहै छैन ।
डोपामिन मोबाईल चलाउँदा हाम्रो शरीरमा उत्पन्न हुने एक प्रकारको उत्साह पैदा गर्ने हर्मोन हो । यसको लत निकोटिन, अल्कोहल, धुम्रपान, कोकिन लगायतको सेवन गर्दा पैदा हुने जस्तै छ ।
अझ साना साना बालबालिकाहरूको हातमा मोबाईल फोन दिनु र उनीहरुलाई यसको लत लाग्न दिनु लामो समयको दृष्टिकोनमा कुलतमा फसाउनु जस्तै हो । अर्थात एकतर्फ उनीहरु यसको लतमा फसिसकेका छन् र उनीहरुलाई यो नै थाहा छैन की यसबाट बाहिर कसरी निस्किने । यो वास्तवमा गम्भिर बिषय हो, जसको समाधान अपरिहार्य बनिसकेको छ ।
नेटफ्लिक्समा एउटा डकुमेन्ट्री छ ‘दी सोसिअल डिलेमा’ । यदी तपाईंले यो डकुमेन्ट्री हेर्नु भएको छैन् भने एकपटक अवश्य हेर्नु होला । यो डकुमेन्ट्रीमा हामीले फ्रीमा चलाऊने सोसिअल मिडिया साइट जस्तै फेसबुक, इन्स्टाग्राम ह्वाट्सएप, ट्विटरहरुको व्यापार मोडेल र अल्गोरिदमको बारेमा संक्षिप्त जानकारी दिएको छ ।
यसमा प्रयोगकर्ता जस्तै तपाईं र हामी नै यी ‘बिग टेक’ अर्थात ठूलो टेक कम्पनीको प्रडक्ट भएका छौ । यी कम्पनीहरुले हामीले सर्च गरेका हरेक कुराहरुलाई सङ्कलन गरेर राख्छन् र एउटा मोडेल तयार गर्छन् ।
प्रत्येक व्यक्तिको मोडेल उनीहरुको सिस्टममा राखेर तिनिहरुको अर्को चाल के हुनसक्छ, त्यो अनुमान लगाउँछन र त्यही प्रकारको विज्ञापन तपाईंलाई देखाउँछन् ।
यहाँ विज्ञापन मात्र होइन, आफ्नो प्लेटफर्ममा तपाईंलाई राखिराख्न अर्को भिडियो सिफारिस गरेर तपाईंको ध्यानलाई नियन्त्रण गर्दछन् र तपाईंलाई धेरै समय बिताएको पत्तै लाग्दैन । र तपाईंको बहुमुल्य समय पनि बर्बाद हुन पुग्छ ।
यस्तो तरिकालाई मनोविज्ञानको क्षेत्रमा ‘र्याबिट होल’ भनिन्छ । यो भनेको एक जटिल विचित्र वा कठिन अवस्था वा स्थितिलाई एउटा प्वालको रूपमा कल्पना गरिनु हो, जसमा कोही झर्छ ।
अझ अहिलेका सामाजिक सञ्जालका कम्पनीहरुले एटेन्सन इन्जिनियरहरु आफ्नो कम्पनीमा राख्न थालेका छन् जसलाई थाहा छ कि कोही व्यक्ति कुन प्रकारले जुवाको लतमा पर्न सक्छन् ।
उनीहरुको काम कसरी तपाईंको ध्यान धेरै समय सम्म आफ्नो प्लेटफर्ममा राख्नु भन्ने हुन्छ । यी इन्जिनियरहरुले बनाएको कोड एआईद्वारा कार्यान्वयन गरिन्छ र एआईको कुनै भावना हुँदैन । केवल लक्ष्य हुन्छ र त्यो लक्ष्य भनेको तपाईंको ध्यानलाई आकर्षित गर्नु हो ।
अहिले इन्टरनेटमा एउटा शब्द देख्न सकिन्छ, ‘नोमोफोबिया’ । अर्थात सेलुलर फोन सम्पर्क बाहिर हुने डर । छोटो समयसम्म पनि यदी कसैको हातमा मोबाईल फोन छैन् भने चिन्तित हुने, डर महसुस गर्ने, एक्लोपन महसुस गर्ने र बोर हुने समस्या देखिन्छ ।
पसिना आउने, झर्किने, रिसाउने जस्ता समस्याहरु पनि आजकालका बच्चाहरुमा देख्न सकिन्छ । हामीले प्रयोग गर्ने मोबाईलहरु दिनप्रतीदिन आकर्षक बन्दै गइरहेका छन् । त्यसले पनि हामी प्राय धेरैले स्मार्टफोन प्रयोग गर्छौं । स्मार्टफोन चलाउनुमा केही गलत छैन् । तर यसको लत लाग्नु नराम्रो बानी हो ।
मोबाईल चलाउँदा यसले केही पलको लागि खुशी त दिन्छ तर भित्री सन्तुष्टी दिदैन । त्यसको सट्टा केही क्षणको मात्रै आनन्द दिन्छ । मोबाईलमा घण्टौंसम्म गेम खेल्नु भन्दा साचिक्कै मैदानमा गएर साथीहरुसँग फुटबल, क्रिकेट खेल्नुमा बेग्लै मज्जा छ । मोबाईलमा जति खेले पनि सन्तुष्ट भइदैन् ।
किनभने त्यो भर्चुअल हो । अवास्तविक कुराहरुले सन्तुष्टि दिन सक्दैनन् । र मानिस यही सन्तुष्टि पाउन मोबाईलमा भौतारी रहन्छ ।
मनमा अझ बढी स्क्रोल गर्न मन लाग्छ, अझै धेरै भिडियोहरु हेर्न मन लाग्छ । कसैले पनि मोबाईल सिधा भएर चलाएको देखिन्न, सबैजना घाँटी झुकाएर नै चलाउँछन् ।
लामो समयसम्म यसरी घाँटी झुकाएर मोबाईल चलाउँदा हाम्रो शरीरमा समस्याहरु आइपुग्छन् । यसले शरीरको मुद्रा त बिगारदिएको छ नै साथै यसको कारण चक्कर आउनु, संतुलन बिग्रिनु, डरको महसुस हुने, घाँटी दुख्ने जस्ता समस्या देखा पर्छन् ।
वास्तविक दुनियाँमा त कमसेकम केही चिजको सीमा त छ तर अनलाइन दुनियाँमा कुनै सीमा छैन् । मोबाईल फोनको लतको कुनै रोक छैन् ।
हामी अहिले भर्चुअल दुनियाँमा बाचिरहेको छौं, जहाँ जेसुकै गरेपनि खालिपन नै महशुस हुन्छ । त्यसैले डिप्रेसन, चिन्ता, तनाव, एक्लोपन जस्ता मानसिक समस्याहरु पनि बढ्दै छन् ।
अपडेट
सन् २०२२ को तेस्रो त्रैमासमा टेस्लाले बनायो ३ लाख ६५ हजार कार
सन् २०२२ को तेस्रो त्रैमासिकमा टेस्लाले ३ लाख ६५ हजार ९२३ कार निर्माण गरेको छ । को…
सामाजिक सञ्जालका प्रयोगकर्ता जिम्मेवार नबन्दा गैरकानुनी क्रियाकलाप बढेः डा. गिरी
नेकपा माओवादी केन्द्रको विज्ञान तथा प्रविधि विभागका सदस्य एवं सूचना प्रविधि विज्ञ डा…
भारतमा सुरू भयो फाइभजी सेवा, ऐतिहासिक दिन भएको प्रधानमन्त्री मोदीको भनाइ
भारतमा फाइभजी सेवा सुरू भएको छ । छैटौं इन्डिया मोबाइल कंग्रेस २०२२ मा भारतका प्र…
दशैंको बिदामा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउन प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किल…
समयमै बिल तिर्न सघाउने इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर, कसरी गर्ने प्रयोग ?
इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर सार्वजनिक भएको छ । यो फिचरबाट अब आफुले सेड्युल गरे…
भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट
कोभिड १९ बाट प्रभावित (अभिभावक गुमाएका) भई शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबाल…
पुनः गूगल प्ले स्टोरमा उपलब्ध भयो इसेवा
ईसेवा मोबाइल एप गूगल प्ले स्टोरमा उपलब्ध भएको छ । गूगल प्ले स्टोरबाट शुक्रबार दिउँस…
नेपाली बिजनेस नेतृत्वका लागि आयोजना गरिएको ‘एड्भान्स लिडरसीप’ कार्यक्रम सम्पन्न
नेपाली बिजनेस नेतृत्वका लागि ‘एड्भान्स लिडरसीप’ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको…
स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआवद्धता, अब एक अर्काका क्युआरबाट भुक्तानी गर्न सकिने
स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल …
पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई ल…
भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथ…
आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स, डिजिटल इकोसिस्टम विकास गर्न सहकार्य
नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आइसिटी अवार्ड २०२२ मा शीर्ष प्रायो…
हेटौंडाको \'डिजास्टर रिकभरी केन्द्र\' आगलागी पश्चात पुनः सञ्चालनमा
हेटौँडाको डिजास्टर रिकभरी केन्द्रमा गत ४ दिन अगाडि भएको आगलागी पश्चात केन्द्र पुनः …
लाराभेल प्रोग्रामिङ सिकाउँदै योङ माइन्ड्स, उद्योग र एकेडेमियाबीचको दूरी कम गर्ने लक्ष्य
याेङ माइण्ड्सले लाराभेल प्रोग्रामिङमा लागेका आईसिटी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित …