कीवर्डहरू -

अपडेट

एआई प्रविधिले यस्तो बनायो बहाव चलचित्रको पोस्टर

विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता आर्टिफेसिएल इन्टिलिजेन्ट(एआई) को छुट्टै स्थान छ। 

केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ। गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन्। इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ। 

च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरू निर्माण गर्ने काम गर्छ। यसै प्रविधिमार्फत नेपाली चलचित्रको पोस्टरसमेत तयार गरिएको छ। 

प्रिक्सा टेक्नोलोजीले डेभलप गरेको रिरी (एआई) बाट चलचित्र ‘बहाव’ को पोस्टर तयार गरिएको छ। मुख्य पात्र सुरक्षा पन्तको तस्बिर र कथावस्तुको जानकारी राखिएपछि रिरीले तयार गरेको पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ। परीक्षणमै रहेको रिरीमार्फत तयार भएको पोस्टर कथावस्तुको भावअनुसार नै रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिए । 

'केही नयाँ गरौँ भन्ने भावले एआईको सहायताले पोस्टर तयार गर्यौँ। परीक्षणमै रहेको आएको नतिजाले हामी उत्साहित छौँ”, निर्माता पौडेलले भने, 'यसले आगामी दिनमा आत्मनिर्भर चलचित्रकर्मीलाई सहायता पुग्नेमा विश्वस्त छु। प्रविधिसँगै अगाडि बढ्ने क्रममा गरिएको परीक्षण सफल भएको छ।' 

उनले रिरी अहिले परीक्षणमै रहेकाले सार्वजनिक सेवाका निमित उपलब्ध नभएको जानकारी दिए । निर्माता पौडेलले यस अगाडि नेपाल सरकारबाट प्रदान गरिने ‘राष्ट्रिय पुरस्कार’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । 

परीक्षण सफल भएमा आगामी दिनमा प्रिक्साले निःशुल्क वा शुल्क निर्धारण गरेर सेवा दिने तयारी गरिरहेको जानकारी दिएको छ।

चैत २४ देखि प्रदर्शन हुने ‘बहाव’ को प्रचारशैली भौतिकको तुलनामा डिजिटल प्रविधिमा बढी केन्द्रीत देखिएको छ। 
प्रमोद कँडेल निर्देशित ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गरेका छन् । 
 

अपडेट

अभानी नेपालकी सह–संस्थापक शर्मालाई ‘समिट वमन अफ द इयर २०२३’ को उपाधि

ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा शुक्रबार ‘समिट वुमन अफ द इयर…

डिजिटल बैंकिङ पनि अब वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्ने

अब डिजिटल बैंकिङ सेवा पनि वित्तीय साक्षरता कार्यक्रम हिस्सा बन्‍न पुगेको छ । नेपाल …

ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?

सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थप…

साओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग

नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्…

टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्

नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले …

विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा…

डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने

डिशहोम आईपीटिभीमा एचडी गुणस्तरसहित आईपीएल हेर्न सकिने भएको छ । ग्राहकको चाहनालाई…

सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुँदै, ५० लाख बढी पुरस्कार 

खानेपानी तथा ढल निकास विभाग र एशियाली विकास बैंकको आयोजनामा तथा नेपाल विज्ञान …

अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने

के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो  ? र तपाई सवारीको कागजात ट्राफिक प्रहर…

ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सि…

लगानीकर्तालाई वित्तीय जानकारी र प्राविधिक विश्लेषण दिने प्लेटफर्म मनि मित्र सार्वजनिक

सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको आइडियाप्रेन…

एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने

एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ  । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल…

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच 

एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्य…

अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ

अनलाइन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । काठमाडौं …