कीवर्डहरू -

अपडेट

विद्युतीय मतदानको तयारीमा निर्वाचन आयोग

नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो ।

निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा जारी महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताए । उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ ।

विदेशमा करिब ४० लाख जनसङ्ख्या नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशस्थित कूटनीतिक निकायमार्फत सङ्कलन गरिएको छ ।

‘कोही नछुटोस् कोही नदोहोरियोस्’ भन्ने नीति यस वर्ष निर्वाचन आयोगले अङ्गीकार गर्दै त्यसलाई निरन्तरता दिन विद्युतीय मतदानको अभ्यासलाई प्राथमिकता दिन खोजिएको हो ।

नेपालमा स्थानीय तहको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए ।

नेपालमा विद्युतीय मतदानको राम्रो अभ्यास नभएकाले विविध खालका चुनौती रहेको दुवाडीले प्रस्ट पारे । उनका अनुसार डिजिटल मतदानका लागि नेपालमा रोबस्ट प्रणाली नहुनु, कमजोर सुरक्षा प्रणाली, ह्याकिङको उच्च जोखिम, सङ्कलित तथ्यहरूको सुरक्षामा चुनौतीलगायतका व्यवस्थापनगत चुनौती विद्युतीय मतदानका समयमा आउन सक्ने औँल्याइएको छ ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कानुनी तथा आर्थिक पक्षको खोजीमा आयोग लागेको सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । गोरखापत्र

अपडेट

जेनेस सँगको सहकार्यमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले क्लाउड कम्प्युटिङ पढाउने

क्लाउड कम्प्युटिङ प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा छ । सन् २०२१ सम्…

सिद्धार्थ बैंकको १९ औं वार्षिकोत्सवः डिजिटल कारोबार गर्दा १५ प्रतिशतसम्म ‘क्यासब्याक’ योजना

सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न…

विश्वको ठूलो प्रविधि प्रदर्शनी सीईएसमा ठूला प्रविधि कम्पनी सहभागी नहुने, आखिर किन ?

अमेजन, फेसबुक र ट्वीटर जस्ता धेरै ठूला प्रविधि कम्पनीले विश्वको ठूलो प्रविधि प्रदर्शन…

कहिलेदेखि पूर्ण कार्यान्वयनमा आउँछ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ? 

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…

सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदाय…

गूगललाई उछिन्दै टिकटक बन्यो विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइट

टिकटक विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बन्न सफल भएको छ । गूगलको शीर्ष स्थानलाई उछि…

होटल याक एण्ड यतीमा आज आइटी कन्क्लेभ हुँदै, भविष्यका प्रविधि बारे छलफल गरिने

होटल याक एण्ड यतीमा आज दिउँसो १ बजेदेखि प्रेसिडेन्सियल आइटी कन्क्लेभ आयोजना हुने भ…

६६४ जनालाई क्लासिक टेकमा रोजगारीको अवसर, यसरी दिन सकिन्छ आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ६६४ जना कर्मचारी मागेको छ । कम्पनीले कर्प…

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला शुरू

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) स…

बिहीबार ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२१’ आयोजना हुँदै

शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को …

बिटकोइन लामो समयसम्म नरहने एक विज्ञको चेतावनी

पछिल्लो समय बिटकोइनले बजार तताएको छ । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा क्रिप्टोकरे…

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता

देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स् कारोवारलाई प्राथमिक…

‘नबिल स्मार्टपोस’ का लागि बैंकले दराज तथा आइमार्कसँग गर्याे सहकार्य

नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौत…

१९ नेपाली विद्यार्थीहरूद्वारा ह्वावेको ग्लोबल फ्ल्यागशिप सीड्स फर द फ्युचर कार्यक्रमको समापन 

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर – ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम– नेपालको स्ना…